2026-08-07 07:17 AM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

अब बस्ती विकास गर्दा त्यहाँ बस्नेहरुका लागि आयआर्जनको वातावरण निर्माण गर्नुपर्ने : प्रकाशमान सिंह

काठमाडौँ | उपप्रधानमन्त्री एवम् सहरी विकासमन्त्री प्रकाशमान सिंहले अब बस्ती विकास गर्दा त्यहाँ बस्नेहरुका लागि आयआर्जनको वातावरण निर्माण गर्नुपर्ने बताएका छन्। राष्ट्रिय आवास कम्पनी लिमिटेडको १७औं वार्षिक साधारणसभालाई सम्बोधन गर्दै उनले बस्ती मात्र बनाएर नहुने भन्दै त्यहाँ बस्नेहरुका लागि आर्थीक अवसर सिर्जना गर्नुपर्नेमा जोड दिए।

‘व्यवस्थित आवास बनाँदा बनाउनका लागि मात्र बनाएर हुँदैन भन्ने कुरा योभन्दा अघिको उदाहरणबाट पाठ सिक्नुपर्छ। जग्गा विकास पनि गर्नु छ। न्यूनतम रुपमा मानिसहरुलाई आवश्यक पर्ने आयआर्जन गर्नसक्ने गरी अब बस्ती विकास हुनुपर्छ’, उनले भने। त्यस्तै, उनले बस्ती विकास गर्दा सो स्थानको मौसमलाई ध्यान दिएर र स्थानीय मौलिक स्रोतसाधनकै प्रयोग गरेर बनाउनुपर्ने पनि बताए। त्यस्तै उपप्रधानमन्त्री सिंहले सरकारले राष्ट्रिय आवपास कम्पनीलाई विशेष महत्व दिलाएको पनि बताए।

सरकारको आगामी आर्थीक वर्षको नीति तथा कार्यक्रममा व्यवस्थित आवास र जग्गा विकासको विषय पर्नुले पनि सरकारले प्राथमिकतामा राखेको भन्दै व्यवस्थित वस्ती विकासमा कम्पनीको भूमिका प्रभावकारी बनाउनुपर्नेमा जोड दिए। बस्ती विकास गर्दा समुदायलाई आवश्यक पर्ने विषयहरुमा ध्यान दिँदा राम्रो हुने भन्दे त्यसतर्फ ध्यान दिन कम्पनीलाई सुझाव दिए।‘जनताको अपेक्षा धेरै छ । कम्पनीमा रहेका कमजोरी हटाएर जनअपेक्षाअनुसार काम गर्नततर्फ ध्यान दिनुहोला,’ उपप्रधानमन्त्री सिंहले भने।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
टिपरले स्कुटरलाई ठक्कर दिँदा गम्भीर घाइते भएकी स्कुटरमा सवार युवतीको मृत्यु सरकारले नेपाली सेनालाई सस्तो बनाउने काम गर्‍यो : मिराज ढुंगाना ‘ब्लु बस’ महिलालाई छुट्याउन होइन, सुरक्षित बनाउन : मन्त्री बादी राष्ट्रियसभामा सङ्क्रामक पशु रोग नियन्त्रण विधेयक, २०८३ पेस १३.८२ अंकले घट्यो नेप्से, ४ अर्ब ६२ करोडको कारोबार ‘बीमा छ, सेवा छैन’ : स्वास्थ्य बीमाको अवस्थामाथि सांसद देवकोटाको कडा प्रश्न गृहमन्त्री सुधन गुरुङले मागे माफी निर्मला पन्त हत्या प्रकरणबारे गृहमन्त्रीको आग्रह: “यो विषय सदनमा पटक–पटक नउठाउनुस्” दुःख नभएको मानिस हुँदैन, दुःखलाई नै बल बनाएर अघि बढ्नुपर्छ: गृहमन्त्री गुरुङ राप्रपाले ३७ वर्षसम्म राजाको नाममा भोट संकलन गर्‍यो: धवलशमशेर जबरा ग्यासको अभाव र कालोबजारी भए फोन गर्न उद्योग मन्त्रालयको आग्रह आज राष्ट्रियसभाको बैठकमा गृहमन्त्री गुरुङले जवाफ दिने पेट्रोल ट्यांकर दुर्घटनामा परी भएको आगलागी नियन्त्रणमा ग्वार्कोमा बस दुर्घटना हुँदा एक जनाको मृत्यु, १० जना घाइते एकैदिन ८ हजारले बढ्यो सुनको मूल्य, कति पुग्यो ? काठमाडौँसहित ३० जिल्लामा आकस्मिक बाढीको जोखिम साइप्रसमा नेपाली दूतावास स्थापनाका लागि दवाव दिन तीन हजार जनाले गरे प्रत्यक्ष हस्ताक्षर अनावश्यक ग्यास भण्डारण नगर्न निगमको आग्रह, दुई साताभित्र अभाव अन्त्य हुने दाबी आगामी सोमबारदेखि ‘हामी सुन्छौँ’ अभियान सञ्चालन गर्दै रास्वपा फ्री भिसा–फ्री टिकटको नीति १० वर्षदेखि कागजमै सीमित छ: श्रममन्त्री यादव