2026-08-07 06:07 AM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

कुलमान हटाउँदा नेकपा माओवादीका अध्यक्षलाई मुटुमै गोली लागेको जस्तो भएको छ : योगेश भट्टराई

काठमाडौँ | सत्तारुढ नेकपा एमालेका सचिव योगेश भट्टराईले नेपाल विद्युत प्राधिकरण्का कार्यकारी निर्देशक कुलमान घिसिङलाई हटाउँदा नेकपा माओवादी केन्द्रका अध्यक्षलाई मुटुमै गोली लागेको जस्तो भएको टिप्पणी गरेका छन्।

मंगलबार प्रतिनिधिसभाको बैठकमा बोल्दै उनले आफूले पनि प्रधान सेनापति हटाएको सम्झिन आग्रह गरे। ‘म कमरेड प्रचण्डलाई भन्न चाहान्छु,तपाईंले त प्रधान सेनापति नै हटाउनु भएको थियो त, एकपल्ट सम्झिनु त प्रधान सेनापतिलाई कसरी हटाउनुभयो?,’ भट्टराईले भने, ‘अस्तिको कार्यकालमा काम गरिरहेको मुख्यसचिवलाई हटाउनुभयो। हुँदै नभएको सुरक्षा सल्लाहकार पोष्ट खडा गर्नुभयो। अनि अर्को मुख्य सचिव ल्याउनु थियो।’

यस्तै काम केपी ओली सरकारले गर्दा विरोध गरेको भन्दै उनले भने, ‘अनि केपी ओली सरकारले एउटा सहसचिवलाई हटाएकोमा यस्तो चिन्ता किन? तपाईंकै मुटुमा गोली लागेको जस्तो किन भएको छ?यो त मुटुमै गोली लागेको जस्तो भइराखेको छ उहाँलाई।’कर्मचारीलाई हटाउने सरकारको अविशिष्ट अधिकार रहेको भन्दै उनले सरकारसँग तालमेल नमिलेपछि एउटा सहसचिव हटाएको बताए। ‘केही कर्मचारीलाई सरकारले हटायो, त्यो सरकारको अभिशिष्ट अधिकार पनि हो,’ भट्टराईले भने, ‘कर्मचारी सरकारको मातहत हो, त्यो समीक्षा गर्न सकिन्छ।’उनले थपे, एउटा सहसचिव तहको कर्मचारी हो। सरकारसँग उसको टुयुनिङ मिलेन। उसको एउटा बन्दोबस्ती भयो।’

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
टिपरले स्कुटरलाई ठक्कर दिँदा गम्भीर घाइते भएकी स्कुटरमा सवार युवतीको मृत्यु सरकारले नेपाली सेनालाई सस्तो बनाउने काम गर्‍यो : मिराज ढुंगाना ‘ब्लु बस’ महिलालाई छुट्याउन होइन, सुरक्षित बनाउन : मन्त्री बादी राष्ट्रियसभामा सङ्क्रामक पशु रोग नियन्त्रण विधेयक, २०८३ पेस १३.८२ अंकले घट्यो नेप्से, ४ अर्ब ६२ करोडको कारोबार ‘बीमा छ, सेवा छैन’ : स्वास्थ्य बीमाको अवस्थामाथि सांसद देवकोटाको कडा प्रश्न गृहमन्त्री सुधन गुरुङले मागे माफी निर्मला पन्त हत्या प्रकरणबारे गृहमन्त्रीको आग्रह: “यो विषय सदनमा पटक–पटक नउठाउनुस्” दुःख नभएको मानिस हुँदैन, दुःखलाई नै बल बनाएर अघि बढ्नुपर्छ: गृहमन्त्री गुरुङ राप्रपाले ३७ वर्षसम्म राजाको नाममा भोट संकलन गर्‍यो: धवलशमशेर जबरा ग्यासको अभाव र कालोबजारी भए फोन गर्न उद्योग मन्त्रालयको आग्रह आज राष्ट्रियसभाको बैठकमा गृहमन्त्री गुरुङले जवाफ दिने पेट्रोल ट्यांकर दुर्घटनामा परी भएको आगलागी नियन्त्रणमा ग्वार्कोमा बस दुर्घटना हुँदा एक जनाको मृत्यु, १० जना घाइते एकैदिन ८ हजारले बढ्यो सुनको मूल्य, कति पुग्यो ? काठमाडौँसहित ३० जिल्लामा आकस्मिक बाढीको जोखिम साइप्रसमा नेपाली दूतावास स्थापनाका लागि दवाव दिन तीन हजार जनाले गरे प्रत्यक्ष हस्ताक्षर अनावश्यक ग्यास भण्डारण नगर्न निगमको आग्रह, दुई साताभित्र अभाव अन्त्य हुने दाबी आगामी सोमबारदेखि ‘हामी सुन्छौँ’ अभियान सञ्चालन गर्दै रास्वपा फ्री भिसा–फ्री टिकटको नीति १० वर्षदेखि कागजमै सीमित छ: श्रममन्त्री यादव