१ पुष २०८२, मंगलवार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

तिलोत्तमा नगरपालिका ‘सहयोगापेक्षी सडकआश्रित मानवमुक्त’ घोषणा

२३ बैशाख २०८२, मंगलवार १८:१७

काठमाडौँ | मानवसेवा आश्रमको सहकार्यमा तिलोत्तमा नगरपालिका ‘सहयोगापेक्षी सडकआश्रित मानवमुक्त’ घोषणा भएको छ ।

आश्रमको ‘मिसन २०८२’ अभियानअन्तर्गत आज पहिलो सहयोगापेक्षी सडकआश्रित मानवमुक्त पालिका घोषणा गरिएको हो । यससँगै अब तिलोत्तमामा कोही पनि बेसहारा, बेवारिसे, अशक्त र अनाथ भई बस्नुपर्ने अवस्था अन्त्य भएको आश्रमका केन्द्रीय अध्यक्ष रामजी अधिकारीले बताउनुभयो ।

यसअघि नै प्रदेशमा गण्डकी र कर्णाली तथा जिल्लामा मकवानपुर ‘सहयोगापेक्षी सडकआश्रित मानवमुक्त’ घोषणा भएका छन् भने पालिकामा भरतपुर महानगरपालिका, बुटवल उपमहानगरपालिका, गोरखा नगरपालिका र काठमाडौँको बूढानीलकण्ठ नगरपालिका यस्तो घोषणा भइसकेका छन् ।

आज यहाँ आयोजित कार्यक्रममा लुम्बिनी प्रदेशका सामाजिक विकासमन्त्री जन्मजय तिमिल्सिनाले शिक्षाको गुणस्तर वृद्धि गरे मात्र समाज रूपान्तरण गर्न सकिने बताउनुभयो । तिलोत्तमा नगर प्रमुख रामकृष्ण खाँणले सबैको सहयोगले यो काम सम्भव भएको बताउनुभयो । आश्रमका अध्यक्ष अधिकारीले २०८२ सालभित्र स्थानीय तह हुँदै सबै प्रदेश र मुलुकलाई नै सहयोगापेक्षी सडकआश्रित मानवमुक्त घोषणा गर्ने तयारी रहेको बताउनुभयो ।

कार्यक्रममा लुम्बिनी प्रदेशका सामाजिक विकास मन्त्री, तिलोत्तमा उपप्रमुख जागेश्वरदेवी चौधरी, प्रमुख प्रशासकीय अधिकृत नारायण अर्याल, विभिन्न राजनीतिक दलका प्रतिनिधि र सराकोर भएका सरकारी निकायका प्रमुख तथा प्रतिनिधिहरूको उपस्थिति रहेको थियो ।

आश्रमको तिलोत्तमा सेवा केन्द्रले हालसम्म ७१७ को उद्धार, ३७२ जनाको पारिवारिक तथा सामुदायिक पुनस्र्थापना गराइसकेको छ । तीमध्ये १२८ जनाको निधन भएको आश्रमको तथ्याङ्कमा उल्लेख छ । हाल तिलोत्तमा सेवा केन्द्रमा १३९ जना आश्रित छन् ।

मानवसेवा आश्रमले कोही पनि मानिस बेवारिसे भएर सडकमा जीवन बिताउन नपरोस् भन्ने उद्देश्यले १३ वर्षदेखि सहयोगापेक्षी सडकआश्रित मानवहरूका लागि उपचार र उपचारपछि खाना, नाना, छाना र शिक्षाको व्यवस्थापन गर्दै आएको छ । आश्रमले हालसम्म मुलुकभरबाट ११ हजार ४३६ जनाको उद्धार गरिसकेको छ र तीमध्ये महिला चार हजार ३४८ र पुरुष सात हजार ८५ जना उद्धार भएका जनाएको छ ।

यस्तै, आजसम्म आश्रमले पाँच हजार ५८२ जना आश्रितलाई सुखद पारिवारिक पुनर्मिलन तथा सामुदायिक पुनःस्थापना गरिसकेको छ । यस अवधिमा एक हजार ५१२ जनाको निधन भएको आश्रमका अध्यक्ष अधिकारीले बताउनुभयो ।

आश्रमले मुलुकलाई सहयोगापेक्षी सडकआश्रित मानवमुक्त नेपाल घोषणा गर्न मिसन–२०८२ अभियान सञ्चालन गरिरहेको छ । आश्रमले स्थानीय तह, मुलुकका सातवटै प्रदेश हुँदै यही वर्षमा सिङ्गो नेपाललाई ‘सहयोगापेक्षी सडकआश्रित मानवमुक्त’ घोषणा गर्ने योजना रहेको जनाएको छ । घोषणापश्चात्का क्रियाकलाप कार्यान्वयनलाई प्रभावकारी बनाउने सङ्कल्पसहित हाल सात प्रदेशका २० जिल्लामा २६ वटा सेवा केन्द्रमार्फत ७७ वटै जिल्ला र विदेशमा बेलायत, कतार, अष्ट्रेलियामा यस्ता मानवहरूको उद्धार र मानवोचित व्यवस्थापन गर्दै आइरहेको छ ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
सभापति देउवा र नेता कोइरालाबीच भेट पाँच महिनामा आठ प्रतिशत विकास खर्च, राजस्व लक्ष्य ७८ प्रतिशतमा खुम्चियो भारतमा बस दुर्घटना, चार जनाको मृत्यु, ५०भन्दा बढी घाइते सतुङ्गलमा मोटरसाइकल दुर्घटना हुँदा एकको मृत्यु काठमाडौँ र ललितपुरबाट लाखौँको धनमाल चोरी एमाले महाधिवेशन : उम्मेदवारको अन्तिम नामावली सार्वजनिक सुनको मूल्य घट्यो रुद्रकली र खगेन्द्रप्रसाद भैरहवा पुगे : भोलि कतार उड्दै एमालेको नयाँ नेतृत्वका लागि आज मतदान : ८० विद्युतीय उपकरण प्रयोग गरिँदै भारतीय रुपैयाँ दुई सय र पाँच सय दरका नोट २५ हजारसम्म ओसारपसार गर्न पाइने चार महिनामा करिब सात खर्ब रेमिट्यान्स भित्रियो हुलाक सेवालाई आधुनिक, व्यावसायिक र प्रतिस्पर्धी बनाइनुपर्छ : सञ्चारमन्त्री खरेल चालु खाता र शोधनान्तर बचतमा, मुद्रास्फीति वान्छित सीमाभित्र ‘दुई सय ८ रोपनी सार्वजनिक जग्गा फिर्ता’ सामान्य अङ्कले बढ्यो नेप्से परिसूचक एमाले अध्यक्षमा ओली र पोखरेलको उम्मेदवारी दर्ता कतार लैजाने तयारीमा खगेन्द्र प्रसाद र रूद्रकली हात्ती अष्ट्रेलियाको बोन्डी समुद्र तटमा भएको गोली हानाहानमा १६ जनाको मृत्यु, ४० घाइते स्रोत नखुलेको चार लाख बढी रकमसहित एक पक्राउ नेपाली शान्ति सैनिकको अदलीबदली