साउन ३०, चितवन । नारायणगढ मुग्लिन सडकखण्डको पाँचकिलोमा गए राति पहिरो खसेपछि सो सडक अवरुद्ध बनेको छ । 

जिल्ला प्रहरी कार्यालय चितवनका प्रहरी उपरीक्षक द"/> Sajha Sawal - Nepal's Number 1 News Portal for Labor Migration, Employment Sector and More... साउन ३०, चितवन । नारायणगढ मुग्लिन सडकखण्डको पाँचकिलोमा गए राति पहिरो खसेपछि सो सडक अवरुद्ध बनेको छ । 

जिल्ला प्रहरी कार्यालय चितवनका प्रहरी उपरीक्षक द"/>

2026-10-21 03:46 PM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

नारायणगढ मुग्लिन सडक पुनः अवरुद्ध

साउन ३०, चितवन । नारायणगढ मुग्लिन सडकखण्डको पाँचकिलोमा गए राति पहिरो खसेपछि सो सडक अवरुद्ध बनेको छ । 

जिल्ला प्रहरी कार्यालय चितवनका प्रहरी उपरीक्षक दीपक थापाका अनुसार राति १० बजेबाट सो ठाउँमा पहिरो खसेको हो । रातको समयमा पहिरो पन्छाउन नसकेपछि अहिले बिहानबाट पहिरो पन्छाउन शुरु गरिएको छ । 

सो सडकमा शुक्रबार दिउँसो २ बजेपछि ठाउँ–ठाउँमा पहिरो खसेपछि अवरुद्ध बनेको सडक आइतबार साँझ ५: १५ बजे पहिरो पन्छाएर यातायात आवागमन शुरु भएको थियो । दुई दिनदेखि सवारी जाममा रहेका साधन सडकबाहिर निस्कन नपाउँदै पुनः पहिरो खसेपछि यात्रुहरु अलपत्र परेका छन् । 

सौराहाका पर्यटकको उद्धार 

यसैगरी अविरल वर्षाले बाढी पसेपछि जिल्लाको सौराहास्थित पर्यटकीय होटलका पर्यटकलाई आइतबार उद्धार गरिएको छ । राप्ती र बूढीराप्ती खोला सौराहामा शनिबार साँझबाट पसेपछि अधिकांश होटल डुबानमा परेका थिए । 

सबै होटलको पहिलो तलामा पानी पसेपछि पर्यटकलाई माथिल्लो तलामा राखिएको थियो । उद्धारमा नेपाली सेना, सशस्त्र प्रहरी, जनपथ प्रहरी, स्थानीय र होटल व्यवसायी जुटेका थिए । उद्धारमा सक्रिय इलाका प्रहरी कार्यालय रत्ननगरका निमित्त प्रमुख प्रहरी निरीक्षक अभय विक्रमका अनुसार दिउँसो ट्याक्टर, गाडी, हात्ती, ¥याफ्टिङ डुङ्गामा राखेर केही पर्यटकलाई रत्ननगर र नारायणगढका होटलमा पठाइएको थियो । बिहान बाघमारा मध्यवर्ती सामुदायिक वनबाट ३० जना पर्यटकको उद्धार गरिएको उहाँले बताउनुभयो । 

प्रमुख जिल्ला अधिकारी नारायणप्रसाद भट्टले सबै क्षेत्रबाट पर्यटकको उद्धार गरिएकाले यकिन तथ्याङ्क भने आई नपुगेको बताउनुभयो । सयजना भन्दा बढीलाई उद्धार गरिएको अनुमान गरिएको छ । 

आइतबार साँझ पानीको सतह घट्दै गएपछि कतिपय पर्यटक भने होटलमै रहेको र उनीहरुलाई सुरक्षित रुपमा राख्न र खुवाउन सकिने अवस्था सिर्जना भएको क्षेत्रीय होटल सङ्घ सौराहाका अध्यक्ष सुमन घिमिरेले जानकारी दिनुभयो । 

पर्यटकीय क्षेत्र सौराहासमेत रहेको रत्ननगर नगरपालिकाका प्रमुख नारायण वनले मानवीय क्षति नभए पनि कुखुरा, बंगुर, बाख्रा लगायतका पशु चौपाय भने धेरै सङ्ख्यामा मरेको बताउनुभयो । उद्धार र राहत वितरण कार्य तीव्र रुपमा भइरहेको जानकारी दिँदै उहाँले क्षति न्यूनीकरणका लागि हरसम्भव प्रयास भइरहेको बताउनुभयो । 

सौराहामा दुई सय नेपाली, दुई सय भारतीय र दुई सय अन्य मुलुकका पर्यटक रहेको अनुमान गरिएको थियो । पर्यटक आगमन शुरु भएसँगै होटलमा बाढी पसेपछि व्यवसायी चिन्तित बनेका छन् । रासस 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
युरोपका ६ देशमा प्रदर्शन चर्कियो, फ्रान्समा १८ सय पक्राउ, इटालीमा विद्यालय कब्जा दसैँमा काठमाडौँ उपत्यकाभित्र सशस्त्र प्रहरीको निःशुल्क बस सेवा कांग्रेसका ३५ वर्ष मुनिका ७ युवा केन्द्रीय सदस्यमा निर्वाचित मलेसिया जाने श्रमिकसँग अतिरिक्त शुल्क असुलेको आरोपमा चार जना पक्राउ बाढीले बगाएको आरुघाट पुलको मर्मत सुरु, दसैँअघि सञ्चालन गर्ने लक्ष्य कर्णालीमा नुहाउने क्रममा १२ वर्षीया बालिका बेपत्ता रोजगारीको मूल्य काम गरेको समयले होइन, आम्दानीले निर्धारण गर्छ : ओली खगेन्द्र सुनारको अडिओ प्रकरणमा रास्वपाले गठन गर्‍यो छानबिन समिति संसद् आरोप–प्रत्यारोपमा केन्द्रित हुँदा जनसरोकारका मुद्दा कमजोर बने : खुश्बु ओली भदौमा मात्रै भित्रियो २ खर्ब २१ अर्ब रुपैयाँ रेमिट्यान्स पोखरामा मोटरसाइकलको ठक्करबाट पैदलयात्रीसहित दुई जनाको मृत्यु देउवा पक्षको महाधिवेशनमा केन्द्रीय नेतादेखि सांसदसम्म स्वतः प्रतिनिधि हुने व्यवस्था काठमाडौँको रानीपोखरीमा पुरुषको शव फेला पढाउने भन्दै भारत लैजाँदै गरिएका २५ बालबालिका सीमाबाटै फर्काइए दसैँ मनाउन काठमाडौँ छाड्नेको संख्या साढे २ लाख नाघ्यो विरोध प्रदर्शनमा सहभागी भएपछि इमरान खानलाई भारत छोड्न आदेश कांग्रेस महाधिवेशन : केन्द्रीय कार्यसमितिको सम्पूर्ण नतिजा आज रातिसम्म आउने नवरात्रको पाँचौँ दिन आज स्कन्दमाताको पूजा आराधना गरिँदै दुई तिहाइ बहुमत हुँदैमा सरकारका सबै निर्णय सही हुँदैनन् : अमरेश सिंह सुनचाँदीको मूल्यमा गिरावट, सुन तोलाको २ लाख ८८ हजार ४०० रुपैयाँ