३० मंसिर २०८२, सोमबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

आज किराँत समाज सुधार दिवस

२४ बैशाख २०८२, बुधबार १५:२३

काठमाडौँ | किराँत धर्मावलम्बीले ‘सत्यधर्म मुचुल्का’ को पाठ पारायण एवं व्यवहारमा लागू गरी आज ९५ औँ किराँत समाज सुधार दिवस मनाउँदैछन् ।

विसं १९८८ वैशाख २४ गते पाँचथरको लोब्रे चौरमा १६ आँै राष्ट्रिय विभूति महागुरु फाल्गुनन्दको सक्रियतामा किराँत धर्ममा सुधारका सात बुँदामा ‘सत्यधर्म मुचुल्का’ जारी गरिएको थियो । त्यही सम्झनामा प्रत्येक वर्ष वैशाख २४ गते देशभरका किराँत धर्मावलम्बीले समाज सुधार दिवस मनाउने गरेका किराँत ज्योतिष सङ्घका अध्यक्षसमेत रहनुभएका किराँत धर्मगुरु चन्द्रकुमार शेर्माले राससलाई जानकारी दिनुभयो ।

किराँत मन्दिरमा रक्तबलि दिएर पूजा नगर्ने, न्वारान, विवाहलगायत किराँत धर्मावलम्बीका संस्कारमा जाँडरक्सी, मासु निषेध गर्ने, किराँतको बसोबास भएको प्रत्येक गाउँमा मन्दिर स्थापना गर्ने, किराँत लिपिमा मुन्धुम पढाउने पाठशाला सञ्चालन गर्ने, छोरीको विवाह छिन्दा पैसा नलिने, किराँत समुदायमा बच्चा जन्मँदा पाँचदेखि सात दिनसम्म सूतक बार्ने, बाबुआमाको काजक्रिया १० दिनसम्म गरी ११ औँ दिनमा चोखिने गरी समाज सुधारका बुँदा सार्वजनिक गरिएको थियो ।

एक वर्षमा अरु सुधारका तीन बुँदा थपिएको शेर्माले जानकारी दिनुभयो । थपिएका बुँदामा उत्तरायण हुने माघ १ गते उँभौली, दक्षिणायत हुने साउन १ गते उँधौली पर्व मनाउने र जहाँसुकै धान नाच ननाच्ने निर्णय पनि किराँत महासभाबाट भएको थियो ।

विसं २०७८ को जनगणना अनुसार १० लाखभन्दा बढी किराँत समुदाय देशभर बसोबास गर्छन् । पूर्वी पहाडी जिल्लामा किराँत समुदायको बाक्लो उपस्थिति छ । सुधारको घोषणा गरिएको शताब्दी वर्ष विशेष मनाउने गरी नयाँ सुधारका बुँदा तयार गर्ने गरी गृहकार्य समेत सुरु भइसकेको धर्मगुरु शेर्माले बताउनुभयो ।

किराँत समुदायमा सुधारको घोषणा गर्नुहुने महागुरु फाल्गुनन्दलाई विसं २०६६ मङ्सिर १६ गते पाँचथरमा तत्कालीन प्रधानमन्त्री माधवकुमार नेपालले १६ औँ राष्ट्रिय विभूति घोषणा गर्नुभएको थियो ।

यसैगरी विसं १९८८ वैशाख २४ गते किराँत धर्मगुरुहरुको महासभा बसी ‘सत्यधर्म मुचुल्का’ जारी भएको पाँचथरको रानीटारको शिरमा रहेको लोब्रेकुटीमा विसं २०७१ वैशाख २४ गते किराँत समाज सुधार स्तम्भ तत्कालीन प्रधानमन्त्री सुशील कोइरालाले अनावरण गर्नुभएको थियो । यो ठाउँलाई किराँत धर्मावलम्बीले पवित्र तीर्थस्थलका रुपमा मान्ने गर्छन् । महागुरु फाल्गुनन्द कुटी बनाई तपस्या गर्नुभएको स्थलका रूपमा पनि यो ठाउँ परिचित छ ।

लोब्रे कुटी भएको स्थल रमणीय ठाउँमा रहेकाले धार्मिक पर्यटकीय स्थलका रुपमा समेत विकास गर्न सकिने किराँत समुदायका अगुवाको माग छ ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
एनपीएल–२ : लुम्बिनीले जित्यो उपाधि राजनीतिक सङ्क्रमण अन्त्य गर्दै समयमा निर्वाचन सम्पन्न गराउनुपर्छ: महामन्त्री बुर्लाकोटी विगतका गल्तीबाट शिक्षा लिँदै एकीकृत पार्टी बनाउन लागेका छौँ: संयोजक प्रचण्ड एनपिएल ःसुदूरपश्चिमले लुम्बिनीलाई दियो ८६ रनको सामान्य लक्ष्य सुदूरपश्चिमविरुद्ध रोहित पौडेलले लिए ह्याट्रिक विकेट एसिया कप क्रिकेटः नेपाल श्रीलङ्कासँग पराजित केपी शर्मा ओलीले एमाले अजम्बरी रहेको बताए एमाले महाधिवेशनको भव्य उद्घाटन अमेरिकामा मौसमी फ्लु प्रकोप ः अस्पताल भर्ना र मृत्युको सङ्ख्या बढ्दो मेसीलाई हेर्न नपाएपछि कोलकोतामा फ्यानहरुको हङ्गामा ट्रम्पको मध्यस्थता पछि पनि थाइल्यान्ड–कम्बोडिया तनाव कायमै विद्यालयलाई ४२ थान कम्युटर प्रदान थाइल्याण्ड–कम्बोडिया सीमा विवादः हवाई आक्रमण जारी एमाले महाधिवेशनस्थलमा कार्यकर्ताको भीड एनपिएलले नेपाल शान्त, सुन्दर र सक्षम छ भन्ने सन्देश दिएको छ : प्रधानमन्त्री सपना बोकेर गोवा पुगेका सविन नाइटक्लबमै अस्ताए एनपिएल : उपाधिका लागि सुदूरपश्चिम र लुम्बिनी भिड्दै एमालेको ११औँ महाधिवेशन आजदेखि सुरु हुँदै पूर्वराजाको ‘भान्जा’ भन्दै ४८ जनालाई ठगी गर्ने सिंह पक्राउ, यसअघि नै दर्ता भएका थिए सात मुद्दा नवनियुक्त भूमिमन्त्रीद्वारा पदवहाली