३० मंसिर २०८२, सोमबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

जदगुल्ला जलविद्युत आयोजनाको टेन्डर प्रक्रियामा मिलोमतो भएको भन्दै ऊर्जामन्त्री खड्कामाथि छानबिनको माग

२५ बैशाख २०८२, बिहीबार ११:४४

काठमाडौँ । प्रमुख प्रतिपक्षी नेकपा माओवादी केन्द्रका सांसद अमनलाल मोदीले डोल्पाको जगदुल्ला जलविद्युत आयोजनाको टेन्डर प्रक्रियामा मिलोमतो भएको भन्दै ऊर्जामन्त्री दीपक खड्कामाथि छानबिन गर्न माग गरेका छन्।

बिहीबार प्रतिनिधिसभाको आकस्मिक समयमा बोल्दै उनले यसको मूल्य पहिले नै लिक भइसकेको समेत बताए। ‘त्यो सार्वजनिक खरिद नियमावली पनि विपरित छ, यो विषय अख्तिारमा पनि गएको छ,’ मोदीले भने, ‘यो विषयमा सम्बन्धित मन्त्रीसहित मिलोमतो भएको हुनाले यसको छानबिन गर्नुपर्छ।’ जगदुल्ला जलविद्युत आयोजनाको टेन्डरमा आयोजनाका कार्यकारी निर्देशाक र ऊजामन्त्रीको मिलोमतो भएको सञ्चारमाध्यममा आएको उनको भनाइ छ।

‘जदगुल्ला जलविद्युत आयोजनाको टेन्डर प्रक्रियामा धेरै मिलोमतो भइरहेको सवालमा धेरै सञ्चारमाध्यममा प्रकाशित भइरहेको छ,’ मोदीले भने, ‘यसमा मूल्य पहिले नै लिक भइसकेको थियो। जगदुल्लाको आर्थिक प्रस्ताव गर्दा ऊर्जा मन्त्रालयका मन्त्री र जगदुल्ला जलविद्युतको कार्यकारी निर्देशकको मिलेमतोमा टेन्डर प्रक्रियमा सामेल भएको छ भन्ने कुरा विभिन्न सञ्चारमाध्यममा आइरहेको छ।’

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
एनपीएल–२ : लुम्बिनीले जित्यो उपाधि राजनीतिक सङ्क्रमण अन्त्य गर्दै समयमा निर्वाचन सम्पन्न गराउनुपर्छ: महामन्त्री बुर्लाकोटी विगतका गल्तीबाट शिक्षा लिँदै एकीकृत पार्टी बनाउन लागेका छौँ: संयोजक प्रचण्ड एनपिएल ःसुदूरपश्चिमले लुम्बिनीलाई दियो ८६ रनको सामान्य लक्ष्य सुदूरपश्चिमविरुद्ध रोहित पौडेलले लिए ह्याट्रिक विकेट एसिया कप क्रिकेटः नेपाल श्रीलङ्कासँग पराजित केपी शर्मा ओलीले एमाले अजम्बरी रहेको बताए एमाले महाधिवेशनको भव्य उद्घाटन अमेरिकामा मौसमी फ्लु प्रकोप ः अस्पताल भर्ना र मृत्युको सङ्ख्या बढ्दो मेसीलाई हेर्न नपाएपछि कोलकोतामा फ्यानहरुको हङ्गामा ट्रम्पको मध्यस्थता पछि पनि थाइल्यान्ड–कम्बोडिया तनाव कायमै विद्यालयलाई ४२ थान कम्युटर प्रदान थाइल्याण्ड–कम्बोडिया सीमा विवादः हवाई आक्रमण जारी एमाले महाधिवेशनस्थलमा कार्यकर्ताको भीड एनपिएलले नेपाल शान्त, सुन्दर र सक्षम छ भन्ने सन्देश दिएको छ : प्रधानमन्त्री सपना बोकेर गोवा पुगेका सविन नाइटक्लबमै अस्ताए एनपिएल : उपाधिका लागि सुदूरपश्चिम र लुम्बिनी भिड्दै एमालेको ११औँ महाधिवेशन आजदेखि सुरु हुँदै पूर्वराजाको ‘भान्जा’ भन्दै ४८ जनालाई ठगी गर्ने सिंह पक्राउ, यसअघि नै दर्ता भएका थिए सात मुद्दा नवनियुक्त भूमिमन्त्रीद्वारा पदवहाली