साउन ३०, इटहरी । नेपाली काँग्रेस सभापति एवं प्रधानमन्त्री शेरबहादुर देउवाले बाढीको चपेटामा परेका सबैलाई आपत्कालीन सहयोग उपलब्ध गराउने कार्यमा कुनै कन्जुस्याइँ नगर्न स्थानीय प्रशासनलाई निर्देशन दिनुभएको छ ।

आज पूर्वी पृतना मुख्यालय इटहरीमा पुगेर यस क्षेत्रमा बाढीले पु¥याएको क्षतिबारे नेपाली सेना तथा स्थानीय प्रशासनबाट जानकारी लिनुभएपछि प्र्रधानमन्त्री देउवाले आपत्कालीन सहयोग उपलब्ध गराउन निर्देशन दिनुभएको हो ।

प्रधानमन्त्री देउवाका साथमा रक्षामन्त्री भीमसेनदास प्रधान, गृहमन्त्री जर्नादन शर्मा तथा अन्य उच्च पदस्थ कर्मचारी हुनुहुन्छ ।

प्रधानमन्त्रीसहितको टोली सुनसरी जिल्लाका बाढीपीडितको अवस्था, राहत वितरण, सुरक्षा व्यवस्था र पुनःस्थापनाका लागि भइरहेका कामबारे बुझ्न यहाँ आएको हो ।

इटहरीस्थित पूर्वी पृतना मुख्यालयमा पूर्वाञ्चलका बाढीपीडितको अवस्थाका विषयमा टोलीबाट जानकारी लिने काम भएको सुनसरीका प्रमुख जिल्ला अधिकारी गोपालप्रसाद पराजुलीले जानकारी दिनुभएको छ ।

टोली वर्षा र बाढीबाट प्रभावित भएका र डुबानमा परेका स्थानको हेलिकप्टरबाट निरीक्षण गरेर पूर्वी पृतनामा पुगेको बताइएको छ ।

यसैगरी, उपप्रधानमन्त्री एवं संघीय मामिला तथा स्थानीय विकासमन्त्री विजयकुमार गच्छदार, अर्थमन्त्री ज्ञानेन्द्रबहादुर कार्की, वाणिज्यमन्त्री मीन विश्वकर्मा र संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्री जीतेन्द्र देवसहितको टोलीले सुनसरी सदरमुकाम इनरुवा क्षेत्रमा बाढीले पु¥याएको नोक्सानीका विषयमा जानकारी लिन आजै अपरान्ह आइपुग्ने जानकारी सुनसरी प्रशासनले दिएको छ ।

August 14, 2017
अछाम - ACM, अर्घाखाँची - AGK, इलाम - ILM, उदयपुर - UDP, ओखलढुङ्गा - OKL, कन्चनपुर - KNC, कपिलवस्तु - KPL, काठमाडौँ - KTM, काभ्रेपलान्चोक - KVP, कालिकोट - KLK, कास्की - KSK, कैलाली - KLL, खोटाङ्ग - KTG, गुल्मी - GLM, गोरखा - GRK, चितवन - CTW, जाजरकोट - JKT, जुम्ला - JML, झापा - JP, डडेलधुरा - DDL, डोटी - DT, डोल्पा - DLP, तनहुँ - TNH, ताप्लेजुङ्ग - TPL, तेह्रथुम - TRT, दाङ्ग - DNG, दार्चुला - DCL, दैलेख - DLK, दोलखा - DLKH, धनकुटा - DNK, धनुषा - DNS, धादिङ्ग - DHG, नवलपुर - NWL, नुवाकोट - NWK, पर्बत - PBT, पर्सा - PRS, पश्चिमी रुकुम - RKM, पाँचथर - PCT, पाल्पा - PLP, प्युठान - PTN, बझाङ्ग - BJN, बर्दिया - BRD, बाँके - BNK, बाग्लुङ्ग - BGL, बाजुरा - BJR, बारा - BR, बैतडी - BTD, भक्तपुर - BKT, भोजपुर - BJP, मकवानपुर - MKW, मनाङ्ग - MNG, महोत्तरी - MHT, मुगु - MG, मुस्ताङ्ग - MST, मोरङ्ग - MRG, म्याग्दी - MGD, रसुवा - RSW, राजनीति, रामेछाप - RMC, रुपन्देही - RPD, रोल्पा - RLP, रौतहट - RTH, लम्जुङ्ग - LMG, ललितपुर - LLT, सङ्खुवासभा - SKW, सप्तरी - SPT, सर्लाही - SLH, सल्यान - SLN, सिन्धुपाल्चोक - SDP, सिन्धुली - SDL, सिराहा - SRH, सुनसरी - SNS, सुर्खेत - SKT, सोलुखुम्बु - SLK, स्याङ्गजा - SNJ, हुम्ला - HML
प्रधानमन्त्री देउवाद्वारा बाढीग्रस्त क्षेत्रका निरीक्षण
By kit
4 मिनेट पढाइ