३० मंसिर २०८२, सोमबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

मुख्य समाचार

भारतले पाकिस्तानमा आक्रमण गरेपछि क्षेत्रीय सुरक्षालाई मध्यनजरगर्दै नेपालको सीमा क्षेत्रमा उच्च सतर्कता

२५ बैशाख २०८२, बिहीबार १३:२४

काठमाडौँ । भारतले पाकिस्तान र पाकिस्तान प्रशासित कश्मीरमा आक्रमण गरेपछिको विकसित क्षेत्रीय सुरक्षा परिस्थितिलाई मध्यनजर गर्दै सशस्त्र प्रहरी बल, नेपालले सीमा क्षेत्रमा उच्च सतर्कता अपनाएको छ।

अवैध घुसपैठ रोक्न सीमा सुरक्षाको प्रमुख जिम्मेवारी पाएको सशस्त्र प्रहरीले भारतीय समकक्षी सशस्त्र सीमा बल (एसएसबी) सँगको सहकार्यमा संयुक्त गस्ती, पट्रोल र सूचना आदान–प्रदानलाई तीव्रता दिइएको सह-प्रवक्ता शैलेन्द्र थापाले जानजकारी दिए। सीमा क्षेत्रमा चौबिसै घण्टा पट्रोलिङ गर्न एक बीओपीबाट अर्को बीओपीसम्म निरन्तर गस्तीको व्यवस्था गरिएको छ। अनाधिकृत घुसपैठ नियन्त्रण र निगरानीका लागि प्रधान कार्यालयबाट सबै बाहिनीपतिहरूलाई विशेष निर्देशन जारी गरिएको छ।

बाहिनी मुख्यालयहरूले सुरक्षा योजना बनाई कार्यान्वयन गरिरहेका छन्। आवतजावत गर्ने व्यक्तिको परिचयपत्र जाँच गरी अभिलेख राख्ने, सम्भावित संवेदनशील स्थानमा निगरानी र सूक्ष्म रूपमा सूचना संकलन गर्ने कार्य पनि भइरहेको छ। सह-प्रवक्ता थापाका अनुसार सीमा क्षेत्र व्यवस्थित गर्न र अवैध गतिविधि रोक्न नेपाल प्रहरी, राष्ट्रिय अनुसन्धान विभाग, स्थानीय जनप्रतिनिधि र सर्वसाधारणसँग समन्वय गरी सूचना आदान-प्रदान र निगरानीलाई कडाइ गरिएको छ।

नेपाल-भारत सीमामा परम्परागत आवतजावतलाई सहज बनाउँदै असहजता र हैरानी नहोस् भन्नेमा पनि सशस्त्र प्रहरी सचेत छ। साथै, शहरी क्षेत्रका महत्वपूर्ण स्थानहरूमा सुरक्षा निगरानी पनि बढाइएको छ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
एनपीएल–२ : लुम्बिनीले जित्यो उपाधि राजनीतिक सङ्क्रमण अन्त्य गर्दै समयमा निर्वाचन सम्पन्न गराउनुपर्छ: महामन्त्री बुर्लाकोटी विगतका गल्तीबाट शिक्षा लिँदै एकीकृत पार्टी बनाउन लागेका छौँ: संयोजक प्रचण्ड एनपिएल ःसुदूरपश्चिमले लुम्बिनीलाई दियो ८६ रनको सामान्य लक्ष्य सुदूरपश्चिमविरुद्ध रोहित पौडेलले लिए ह्याट्रिक विकेट एसिया कप क्रिकेटः नेपाल श्रीलङ्कासँग पराजित केपी शर्मा ओलीले एमाले अजम्बरी रहेको बताए एमाले महाधिवेशनको भव्य उद्घाटन अमेरिकामा मौसमी फ्लु प्रकोप ः अस्पताल भर्ना र मृत्युको सङ्ख्या बढ्दो मेसीलाई हेर्न नपाएपछि कोलकोतामा फ्यानहरुको हङ्गामा ट्रम्पको मध्यस्थता पछि पनि थाइल्यान्ड–कम्बोडिया तनाव कायमै विद्यालयलाई ४२ थान कम्युटर प्रदान थाइल्याण्ड–कम्बोडिया सीमा विवादः हवाई आक्रमण जारी एमाले महाधिवेशनस्थलमा कार्यकर्ताको भीड एनपिएलले नेपाल शान्त, सुन्दर र सक्षम छ भन्ने सन्देश दिएको छ : प्रधानमन्त्री सपना बोकेर गोवा पुगेका सविन नाइटक्लबमै अस्ताए एनपिएल : उपाधिका लागि सुदूरपश्चिम र लुम्बिनी भिड्दै एमालेको ११औँ महाधिवेशन आजदेखि सुरु हुँदै पूर्वराजाको ‘भान्जा’ भन्दै ४८ जनालाई ठगी गर्ने सिंह पक्राउ, यसअघि नै दर्ता भएका थिए सात मुद्दा नवनियुक्त भूमिमन्त्रीद्वारा पदवहाली