2026-08-07 06:13 AM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

समसामयिक विषयमा सांसदहरुद्वारा ध्यानाकर्षण

काठमाडौँ | प्रतिनिधिसभाको आजको बैठकको शून्य समयमा भाग लिँदै सांसदहरुले विभिन्न समसामियक विषयमा आफ्ना धारणा राख्नुभएको छ ।

सांसद भगवती चौधरीले सुनसरीको गढी गाउँपालिका पर्यटनको राम्रो सम्भावना बोकेको क्षेत्र भएकाले यथेष्ट बजेट विनियोजन गर्न आग्रह गर्नुभयो । सांसद भानुभक्त जोशीले सहिद दशरथचन्द स्वास्थ्य विज्ञान विश्वविद्यालयका सबै संरचना तयार भइसकेकाले छिटो विधेयक पारित गर्नुपर्ने बताउनुभयो ।

सांसद भीमप्रसाद आचार्यले तिलौराकोट उत्खनन् र पुनःनिर्माणको पखाइमा रहेकाले सरकारी पहल बढाउनुपर्नेमा जोड दिनुभयो ।

सांसद मनिष झाले जनकपुरधाममा परिकल्पना गरिएको अन्तरराष्ट्रिय रङ्गशालाको निर्माणकार्य ढिलो भएकाले यथासक्य छिटो सम्पन्न गर्न सरकारको ध्यानाकर्षण गर्नुभयो ।

महोत्तरी जिल्लाको मनरा शिसवा नगरपालिका र सामसी गाउँपालिका खडेरीको चपेटामा परेको उल्लेख गर्दै त्यहाँ सिँचाइ व्यवस्थाका लागि आवश्यक बजेट विनियोजन गर्न सांसद महेन्द्रकुमार रायले ध्यानाकर्षण गराउनुभयो ।

त्यसैगरी सांसद महेशकुमार बर्तौला नेपालमा पनि स्मार्ट सार्वजनिक यातायातको रूपमा ‘पोडवे’ सञ्चालन गर्न सकिने सम्भावना रहेको बताउनुभयो । उहाँले हेटौँडा–काठमाडौँको बन्द भएको ‘रोपवे’कै संरचनालाई आधारमान्दै त्यसलाई विशेष प्राथमिकतामा राख्नुपर्ने धारणा व्यक्त गर्नुभयो ।

सांसद महेश बस्नेतले मुलुकको पहाडी जिल्लाको सुख्खाग्रस्त विभिन्न स्थानमा लिफ्ट खानेपानी प्रणाली सञ्चालन भएपनि यसको विद्युत महसुल महङ्गो भएकाले खानेपानी प्रयोगको हकमा विद्युत् महसुल कम गर्नुपर्ने बताउनुभयो ।

सांसद माधव सापकोटाले धान रोप्ने तयारी भएको समयमा किसानले पर्याप्त मल नपाएको भन्दै मलको व्यवस्था गर्न अनुरोध गर्नुभयो । उहाँले किसानले बेचेको दूधको पैसा डिडिसीले छ महिनादेखि नदिएकाले तत्काल किसानलाई भुक्तानी दिइयोस् भन्नुभयो ।

सांसल मीना तामाङ र मुक्ताकुमारी यादवले भारत र पाकिस्तानबीच तनावको स्थिति सिर्जना भएको र त्यसको प्रभाव नेपाललाई पनि पर्नसक्ने भएको चर्चा गर्र्दै आफ्ना नागरिकको जिउज्यानको सुरक्षाका पक्षमा आपसी सहमतिका साथ सबै राजनीतिक दल एक ठाउँमा उभिनुपर्ने धारणा व्यक्त गर्नुभयो ।

सांसद मेनकाकुमारी पोखरेलले लागुऔषध कारोबारमा युवाको बढी संलग्नता पाइएकाले त्यसतर्फ बेलैमा ध्यान अनुरोध गर्नुभयो । सांसद रञ्जुकुमारी झाले आउँदो बजेटमा बालबालिकाको लागि पोषणभत्ता बढाउनुपर्ने माग गर्नुभयो ।

शून्य समयमा सांसद रणकुमारी बलम्पाकी मगर, रणेन्द्र बराली, योगेन्द्र मण्डल, राजेन्द्रकुमार राई, मनबहादुर गुरुङ र रमा कोइराला पौड्यालले विभिन्न समसामयिक विषय सदनको ध्यानाकर्षण गर्नुभएको थियो ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
टिपरले स्कुटरलाई ठक्कर दिँदा गम्भीर घाइते भएकी स्कुटरमा सवार युवतीको मृत्यु सरकारले नेपाली सेनालाई सस्तो बनाउने काम गर्‍यो : मिराज ढुंगाना ‘ब्लु बस’ महिलालाई छुट्याउन होइन, सुरक्षित बनाउन : मन्त्री बादी राष्ट्रियसभामा सङ्क्रामक पशु रोग नियन्त्रण विधेयक, २०८३ पेस १३.८२ अंकले घट्यो नेप्से, ४ अर्ब ६२ करोडको कारोबार ‘बीमा छ, सेवा छैन’ : स्वास्थ्य बीमाको अवस्थामाथि सांसद देवकोटाको कडा प्रश्न गृहमन्त्री सुधन गुरुङले मागे माफी निर्मला पन्त हत्या प्रकरणबारे गृहमन्त्रीको आग्रह: “यो विषय सदनमा पटक–पटक नउठाउनुस्” दुःख नभएको मानिस हुँदैन, दुःखलाई नै बल बनाएर अघि बढ्नुपर्छ: गृहमन्त्री गुरुङ राप्रपाले ३७ वर्षसम्म राजाको नाममा भोट संकलन गर्‍यो: धवलशमशेर जबरा ग्यासको अभाव र कालोबजारी भए फोन गर्न उद्योग मन्त्रालयको आग्रह आज राष्ट्रियसभाको बैठकमा गृहमन्त्री गुरुङले जवाफ दिने पेट्रोल ट्यांकर दुर्घटनामा परी भएको आगलागी नियन्त्रणमा ग्वार्कोमा बस दुर्घटना हुँदा एक जनाको मृत्यु, १० जना घाइते एकैदिन ८ हजारले बढ्यो सुनको मूल्य, कति पुग्यो ? काठमाडौँसहित ३० जिल्लामा आकस्मिक बाढीको जोखिम साइप्रसमा नेपाली दूतावास स्थापनाका लागि दवाव दिन तीन हजार जनाले गरे प्रत्यक्ष हस्ताक्षर अनावश्यक ग्यास भण्डारण नगर्न निगमको आग्रह, दुई साताभित्र अभाव अन्त्य हुने दाबी आगामी सोमबारदेखि ‘हामी सुन्छौँ’ अभियान सञ्चालन गर्दै रास्वपा फ्री भिसा–फ्री टिकटको नीति १० वर्षदेखि कागजमै सीमित छ: श्रममन्त्री यादव