२९ मंसिर २०८२, आईतवार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

पाकिस्ताननि दूतावासमा आयोजित भेलामा पूर्व नेपालीसेना र पूर्वप्रधानसेनापतिको सहभागीता

२५ बैशाख २०८२, बिहीबार १७:२१

काठमाडौँ । काठमाडौंस्थित पाकिस्तानको दूतावासमा पाकिस्तानी सशस्त्र बलका विभिन्न संस्थामा सैन्य तालिम लिएका नेपाली सेनामा पूर्वछात्रको भेला आयोजना गरिएको छ । बिहीबार आयोजित भेलामा पूर्वप्रधानसेनापति गौरव शमशेर राणा प्रमुख अतिथि थिए । पूर्वप्रधानसेनापति राजेन्द्र क्षेत्री विशेष अतिथि थिए ।

नेपाल भ्रमणमा रहेको राष्ट्रिय रक्षा विश्वविद्यालय (एनडीयू), पाकिस्तानको प्रतिनिधिमण्डल पनि भेलामा सहभागी थियो ।

भेलामा पाकिस्तानी दूतावासका सैनिक सहचारी कर्णेल मुहम्मद अली अल्वीले नेपाल र पाकिस्तानी सैनिकबीचको सम्बन्ध र प्रशिक्षणबारे प्रकाश पारेका थिए । उनले नेपाली सेनाको क्षमता अभिवृद्धिमा पाकिस्तानी सशस्त्र बलले निरन्तर सघाउने बताए ।

पूर्वप्रधानसेनापति राणाले पाकिस्तानी संस्थामार्फत नेपाली सेनाको क्षमता अभिवृद्धिजस्ता कार्यक्रमले समग्र संस्था र संलग्न व्यक्ति दुवैका लागि ठूलो महत्त्व राख्ने बताए ।

नेपालका लागि पाकिस्तानका राजदूत अबरार एच. हाशमीले आपसी हित र विश्वासका आधारमा नेपाल र पाकिस्तानबीच मजबुत सम्बन्ध रहेको बताए । उनले दुई देशबीचको विद्यमान सैन्य सम्बन्ध निरन्तर बढ्दै जाने र नयाँ उचाइमा पुग्ने विश्वास व्यक्त गरे ।

 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
एनपीएल–२ : लुम्बिनीले जित्यो उपाधि राजनीतिक सङ्क्रमण अन्त्य गर्दै समयमा निर्वाचन सम्पन्न गराउनुपर्छ: महामन्त्री बुर्लाकोटी विगतका गल्तीबाट शिक्षा लिँदै एकीकृत पार्टी बनाउन लागेका छौँ: संयोजक प्रचण्ड एनपिएल ःसुदूरपश्चिमले लुम्बिनीलाई दियो ८६ रनको सामान्य लक्ष्य सुदूरपश्चिमविरुद्ध रोहित पौडेलले लिए ह्याट्रिक विकेट एसिया कप क्रिकेटः नेपाल श्रीलङ्कासँग पराजित केपी शर्मा ओलीले एमाले अजम्बरी रहेको बताए एमाले महाधिवेशनको भव्य उद्घाटन अमेरिकामा मौसमी फ्लु प्रकोप ः अस्पताल भर्ना र मृत्युको सङ्ख्या बढ्दो मेसीलाई हेर्न नपाएपछि कोलकोतामा फ्यानहरुको हङ्गामा ट्रम्पको मध्यस्थता पछि पनि थाइल्यान्ड–कम्बोडिया तनाव कायमै विद्यालयलाई ४२ थान कम्युटर प्रदान थाइल्याण्ड–कम्बोडिया सीमा विवादः हवाई आक्रमण जारी एमाले महाधिवेशनस्थलमा कार्यकर्ताको भीड एनपिएलले नेपाल शान्त, सुन्दर र सक्षम छ भन्ने सन्देश दिएको छ : प्रधानमन्त्री सपना बोकेर गोवा पुगेका सविन नाइटक्लबमै अस्ताए एनपिएल : उपाधिका लागि सुदूरपश्चिम र लुम्बिनी भिड्दै एमालेको ११औँ महाधिवेशन आजदेखि सुरु हुँदै पूर्वराजाको ‘भान्जा’ भन्दै ४८ जनालाई ठगी गर्ने सिंह पक्राउ, यसअघि नै दर्ता भएका थिए सात मुद्दा नवनियुक्त भूमिमन्त्रीद्वारा पदवहाली