२०८२, २४ चैत्र मंगलवार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

कैलाली - KLL

बिवादकै बिच जनप्रकाश उच्च मावि जोशीपुरमा नेपाली बिषयको अनुदान कोटामा शिक्षक नियुक्त

२०७४, ३१ श्रावण मंगलवार १६:४९

साउन ३१, कैलाली । जनप्रकाश उच्च मावि जोशीपुरले बिवादकै बिच नेपाली बिषयको अनुदान कोटा मा शिक्षक नियुक्त गरेको छ ।

अनियमित ढङ्गले परिक्षा सञ्चालन गरेकै भन्दै १० जना आवेदक मध्ये ५जनाले परिक्षा बहिस्कार गरेका थिए । ५ जना मध्ये ४ जनाले परिक्षा दिनु भएको थियो भने १ जना अनुपस्थीत हुनु भएको थियो ।परिक्षा दिएका मध्ये बाट निस्पक्ष ढंगले छमताको आधारमा छनौट गर्दा भजनी नगरपालिका ६ का हिक्मत सिंह केसी छनौट हुनु भएको बिद्यालयका प्राध्यापक राजेश कुमार चौधरीले बताउनु भयो ।

२८ गते परिक्षा सञ्चालन भएको मा २८ गतेनै शिक्षकमा केसी छनौट हुनु भएको उहाले बताउनु भयो ।

२९ नियुत्ती पछी शिक्षक केसीले कक्षामा पढाइरहनु भएको छ । आवेदक ५ जनाले बिद्यालय व्यवस्थापन समिती अध्यक्ष र प्राध्यापक ले आर्थिक चलखेल गर्दै परिक्षाको नाटक गरी आफुनिकट आवेदक नियुक्त गर्न खोजेको आरोप लगाउदै परिक्षा बहिस्कार गरेका थिए । यो बिषयले उग्र रुप लिदा समेत बिद्यालयले शिक्षक नियुक्त गरेको छ । 

उता आवेदकहरुले भने आफुहरुले बिरोध जनाउदा पनि कुनै छलफलनै नगरी मनोमानी ढंगले परिक्षा सञ्चालन गरी आर्थिक चल्खेलमा शिक्षक नियुत्त गरिएको भन्दै आपत्ति जनाएका छन् । 

सत्य तथ्य छानबिन हुनु पर्ने माग गर्दै अख्तीयारमा उजुरी समेत  हालेका छन्  ।बिप्लव निकट अखिल क्रान्तीकारी भने संगठानिक रुपमा कार्वाही अगाढी बढाउने बताएको छ ।

कार्वाही स्वरुप भएको क्षतिको जीम्मा बिद्यालय प्रसासनले लिनु पर्ने बिप्लव निकट अखिल क्रान्तीकारी एरिया नम्वर ३ का संयोजक तथा कैलाली जिल्ला कमिटी सदश्य लोकेश जोशी बताउनु भएको छ । -जीवन बिष्टको सहयोगमा 


प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
ट्रकले मोटरसाइकललाई ठक्कर दिँदा २ जनाको मृत्यु पाँच वर्षभित्र हरेक क्षेत्रमा सुधार हुन्छ : मन्त्री पोखरेल राष्ट्रिय सभाका नवनियुक्त उपाध्यक्ष भण्डारीद्वारा पदभार ग्रहण नक्कली परीक्षार्थी पक्राउ प्रतिनिधि सभामा तीन विधेयकसम्बन्धी सन्देश टेबुल मन्त्रिपरिषद् बैठकका महत्वपूर्ण निर्णयहरू सडक सुरक्षा ऐन अघि बढाउन माग दुईवटा मोटरसाइकल एकापसमा ठोक्किएर आगलागी हुँदा तीन विद्यार्थीको जलेर मृत्यु मन्त्रिपरिषद बैठक सुरु वैदेशिक रोजगारीमा पठाइदिने भन्दै ठगी गर्ने दुईजना पक्राउ कर्णाली प्रदेशमा थप ६ दिन सार्वजिनक बिदा दिने निर्णय मन्त्रिपरिषद्को आकस्मिक बैठक बस्दै सुनचाँदीको मूल्य सामान्य बढ्यो बारी जोत्ने क्रममा ट्याक्टर पल्टिँदा चालकको मृत्यु कुनै पनि सदस्यलाई दलगत सहभागिताका आधारमा भेदभाव हुने छैन: डिपी अर्याल ओली र लेखकको बन्दीप्रत्यक्षीकरणको रिटमाथिको सुनुवाइ सकियो नेप्से परिसूचक सोमबार ८३.३३ अङ्कले बढ्यो सामाजिक सुरक्षा पालना गर्न श्रम मन्त्रालयको आग्रह प्रतिनिधिसभाबाट तीनवटा अध्यादेश स्वीकृत राष्ट्रियसभामा आदिवासी जनजाति आयोगको प्रतिवेदन पेस