२९ मंसिर २०८२, आईतवार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

नेपालको लोकतन्त्र नेताका स्वार्थले गर्दा उल्टो बाटोमा गएको:सांसद साह

२८ बैशाख २०८२, आईतवार १३:१९

काठमाडौँ । आमजनता पार्टीका सांसद प्रभु साहले भारतसँगको खुला सिमाना नेपालका निम्ति वरदान सावित हुन सक्ने बताएका छन् ।

प्रतिनिधिसभाको आइतबारको बैठकमा उनले यस्तो दाबी गरेका हुन् । “खुला सिमाना अहिले अभिशाप छ । यो हाम्रो कुकर्मको नतिजा हो,” उनले भने, “यदि हामीले सस्तो गर्न सक्यौँ भने यो खुला सिमाना वरदान हुन सक्छ ।” त्यस्तै, नेपालको लोकतन्त्र नेताका स्वार्थले गर्दा उल्टो बाटोमा गएको साहले आरोप लगाए । “नेपालमा लोकतन्त्र उल्टो बाटो लागेको छ । लोकतन्त्र, जनादेशको विपरीत सरकार बनेको छ,” उनले भने ।

नेपालमा कर आतंक रहेको उनको भनाइ छ । करको दर तथा शीर्षक बढी छ । “इन्डियामा १४ शीर्षकमा कर लिइन्छ । नेपालमा ४६ शीर्षकमा कर लिइन्छ,” उनले भने । नेपाल प्राकृतिक रूपमा धनी भए पनि त्यसको फाइदा लिन नसकेको उनले बताए । जंगलमा ३० अर्बभन्दा बढी लगानी गरिएको, तर त्यसको आम्दानी नभएको उनले बताए । जंगलमा राज्यको लगानी भएको भए पनि नेताका सीमित आसेपासेले फाइदा लिएको उनले बताए । देशमा काठ किन्न महँगो परेको पनि उनले बताए ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
एनपीएल–२ : लुम्बिनीले जित्यो उपाधि राजनीतिक सङ्क्रमण अन्त्य गर्दै समयमा निर्वाचन सम्पन्न गराउनुपर्छ: महामन्त्री बुर्लाकोटी विगतका गल्तीबाट शिक्षा लिँदै एकीकृत पार्टी बनाउन लागेका छौँ: संयोजक प्रचण्ड एनपिएल ःसुदूरपश्चिमले लुम्बिनीलाई दियो ८६ रनको सामान्य लक्ष्य सुदूरपश्चिमविरुद्ध रोहित पौडेलले लिए ह्याट्रिक विकेट एसिया कप क्रिकेटः नेपाल श्रीलङ्कासँग पराजित केपी शर्मा ओलीले एमाले अजम्बरी रहेको बताए एमाले महाधिवेशनको भव्य उद्घाटन अमेरिकामा मौसमी फ्लु प्रकोप ः अस्पताल भर्ना र मृत्युको सङ्ख्या बढ्दो मेसीलाई हेर्न नपाएपछि कोलकोतामा फ्यानहरुको हङ्गामा ट्रम्पको मध्यस्थता पछि पनि थाइल्यान्ड–कम्बोडिया तनाव कायमै विद्यालयलाई ४२ थान कम्युटर प्रदान थाइल्याण्ड–कम्बोडिया सीमा विवादः हवाई आक्रमण जारी एमाले महाधिवेशनस्थलमा कार्यकर्ताको भीड एनपिएलले नेपाल शान्त, सुन्दर र सक्षम छ भन्ने सन्देश दिएको छ : प्रधानमन्त्री सपना बोकेर गोवा पुगेका सविन नाइटक्लबमै अस्ताए एनपिएल : उपाधिका लागि सुदूरपश्चिम र लुम्बिनी भिड्दै एमालेको ११औँ महाधिवेशन आजदेखि सुरु हुँदै पूर्वराजाको ‘भान्जा’ भन्दै ४८ जनालाई ठगी गर्ने सिंह पक्राउ, यसअघि नै दर्ता भएका थिए सात मुद्दा नवनियुक्त भूमिमन्त्रीद्वारा पदवहाली