२०८२, १४ चैत्र शनिबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

उपसभामुखद्वारा बुद्वजयन्ती र उभौलीको शुभकामना

२०८२, २९ बैशाख सोमबार ११:५५

काठमाडौँ | उपसभामुख इन्दिरा रानाले विश्व शान्तिका प्रकाश भनेर सम्मान गरिने गौतम बुद्धको जन्मभूमि नेपाल हुनु नेपालीका लागि गौरवको विषय भएको बताउनुुभएको छ ।

बौद्ध दर्शनका प्रवर्तक एवं विश्व शान्तिका अग्रदूत गौतमबुद्धको २५६९औँ बुद्धजयन्तीको अवसरमा आज शुभकामना व्यक्त गर्दै उहाँले शान्तिदूत बुद्धका प्रेरणादायी उपदेश र मार्गदर्शनको परिपालन गर्न सकेमा धार्मिक, सामाजिक तथा सांस्कृतिक विविधताबीच सहिष्णुता र आपसी सद्भाव कायम गर्दै राष्ट्रिय एकतालाई थप सुदृढ एवं सबल बनाउन सकिने विश्वास व्यक्त गर्नुभयो ।

“गौतम बुद्धले प्रतिपादन गर्नुभएको अहिंसा र शान्तिको सन्देशले व्यक्ति, परिवार, समाज, देश र विश्वको सर्वोत्तम हित तथा प्रगतिका लागि सदैव प्रेरणा दिने विश्वास लिएकी छु”, उपसभामुख रानाको सन्देशमा उल्लेख छ ।

वैशाख शुक्लपक्षको पूर्णिमा तिथिको दिन गौतमबुद्धको त्रिसंयोग अर्थात जन्म, ज्ञान प्राप्ति र महापरिनिर्वाण एकैदिन परेकाले आजको तिथिलाई विश्वभरका बौद्ध धर्मावलम्बीद्धारा गौतम बुद्धप्रति श्रद्धा एवं भक्तिभाव व्यक्त गर्दै बुद्धजयन्ती मनाउने गरिन्छ । यस दिन बुद्धका मन्दिर गुम्बा, विहार, मठ, स्तुपा र चैत्यमा बुद्धको विशेष पूजाअर्चनालगायत विविध कार्यक्रम गरी मनाइन्छ ।

त्यसैगरी उपसभामुख रानाले उभौली पर्वको शुभकामना दिनुभएको छ । उहाँले प्रकृतिपूजक वा धर्तीपूजक अर्थात् नेपालका किरात समुदायभित्रका विभिन्न जातिले मनाउने पर्व साकेला भएको उल्लेख गर्नुभएको छ । आजको दिनदेखि उभौली पर्वलाई ऋतु परिवर्तनको सङ्केत दिने पर्वको रूपमा पनि मनाउने गरिन्छ ।

वैशाख शुक्ल पूर्णिमादेखि एक महिनाभर मनाइने उभौली पर्व वसन्त ऋतुमा पर्दछ । किरात समुदायले धुमधामसँग मनाउने उभौली पर्वलाई पृथ्वीमा ‘कृषियुग’ सुरु भएदेखि नै मनाउँदै आइएको छ । यस पर्वको पहिलो दिन ‘चण्डी’ नाच नाच्ने चलन छ । यही नाचद्वारा प्रकृतिको आराधना गर्ने गरिन्छ ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
कारबाही उत्तेजना र आवेगमा आएर होइन, कानूनी प्रक्रिया बमोजिम हुनुपर्छ: कांग्रेस वीरगञ्ज नाका हुँदै २ हजारभन्दा बढी एलपी ग्यासका बुलेट भित्रिए पूर्वप्रधानमन्त्री ओली र पूर्वगृहमन्त्री लेखकको पक्राउ अपरिपक्व निर्णय हो : पूर्वराष्ट्रपति भण्डारी प्रदर्शनमा उत्रिएका एमाले कार्यकर्ता र प्रहरीबीच झडप केपी ओली र रमेश लेखक पक्राउ पर्नु ठूलो कुरा होइन, देश रहन्छ कि रहँदैन भन्ने कुरा चाहिँ ठूलो हो: दुर्गा प्रसाईं काठमाडौँमा वर्षा ओली पक्राउको विरोधमा प्रदर्शन ओली पक्राउको विरोधमा उत्रिए एमालेका कार्यकर्ताहरु पूर्वगृहमन्त्री लेखक २ नं गण महाराजगञ्जमा नवनिर्वाचित सांसदहरुलाई कांग्रेसको अभिमुखिकरण शुरु कानुन कार्यान्वयनमा दह्रोसँग उभिन गृहमन्त्रीको निर्देशन ओलीलाई गरिएको गिरफ्तारी गैरकानुनी र राजनीतिक प्रतिशोधपूर्ण कदम हो: रामकुमारी झाँक्री चार प्रमुख निर्णय गर्दै एमाले सचिवालय बैठक सम्पन्न काठमाडौँबाट रोल्पातर्फ जाँदै गरेको बस दुर्घटना ओली चिकित्सकको निगरानीमा, त्रिवि शिक्षण अस्पताल भर्ना ओली र लेखकको पक्राउ प्रतिशोध होइन, केवल न्यायको सुरुआत हो: गृहमन्त्री गुरुङ एमालेका अध्यक्ष ओलीको स्वास्थ्य परीक्षण गरियो ओली पक्राउ परेपछि सडकमा उत्रे एमाले कार्यकर्ता काठमाडौँलगायत विभिन्न जिल्लामा चट्याङसहित वर्षा पूजापाठ गरेर बालुवाटार प्रवेश गरे प्रधानमन्त्री बालेन शाह