३० मंसिर २०८२, सोमबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

उपसभामुखद्वारा बुद्वजयन्ती र उभौलीको शुभकामना

२९ बैशाख २०८२, सोमबार ११:५५

काठमाडौँ | उपसभामुख इन्दिरा रानाले विश्व शान्तिका प्रकाश भनेर सम्मान गरिने गौतम बुद्धको जन्मभूमि नेपाल हुनु नेपालीका लागि गौरवको विषय भएको बताउनुुभएको छ ।

बौद्ध दर्शनका प्रवर्तक एवं विश्व शान्तिका अग्रदूत गौतमबुद्धको २५६९औँ बुद्धजयन्तीको अवसरमा आज शुभकामना व्यक्त गर्दै उहाँले शान्तिदूत बुद्धका प्रेरणादायी उपदेश र मार्गदर्शनको परिपालन गर्न सकेमा धार्मिक, सामाजिक तथा सांस्कृतिक विविधताबीच सहिष्णुता र आपसी सद्भाव कायम गर्दै राष्ट्रिय एकतालाई थप सुदृढ एवं सबल बनाउन सकिने विश्वास व्यक्त गर्नुभयो ।

“गौतम बुद्धले प्रतिपादन गर्नुभएको अहिंसा र शान्तिको सन्देशले व्यक्ति, परिवार, समाज, देश र विश्वको सर्वोत्तम हित तथा प्रगतिका लागि सदैव प्रेरणा दिने विश्वास लिएकी छु”, उपसभामुख रानाको सन्देशमा उल्लेख छ ।

वैशाख शुक्लपक्षको पूर्णिमा तिथिको दिन गौतमबुद्धको त्रिसंयोग अर्थात जन्म, ज्ञान प्राप्ति र महापरिनिर्वाण एकैदिन परेकाले आजको तिथिलाई विश्वभरका बौद्ध धर्मावलम्बीद्धारा गौतम बुद्धप्रति श्रद्धा एवं भक्तिभाव व्यक्त गर्दै बुद्धजयन्ती मनाउने गरिन्छ । यस दिन बुद्धका मन्दिर गुम्बा, विहार, मठ, स्तुपा र चैत्यमा बुद्धको विशेष पूजाअर्चनालगायत विविध कार्यक्रम गरी मनाइन्छ ।

त्यसैगरी उपसभामुख रानाले उभौली पर्वको शुभकामना दिनुभएको छ । उहाँले प्रकृतिपूजक वा धर्तीपूजक अर्थात् नेपालका किरात समुदायभित्रका विभिन्न जातिले मनाउने पर्व साकेला भएको उल्लेख गर्नुभएको छ । आजको दिनदेखि उभौली पर्वलाई ऋतु परिवर्तनको सङ्केत दिने पर्वको रूपमा पनि मनाउने गरिन्छ ।

वैशाख शुक्ल पूर्णिमादेखि एक महिनाभर मनाइने उभौली पर्व वसन्त ऋतुमा पर्दछ । किरात समुदायले धुमधामसँग मनाउने उभौली पर्वलाई पृथ्वीमा ‘कृषियुग’ सुरु भएदेखि नै मनाउँदै आइएको छ । यस पर्वको पहिलो दिन ‘चण्डी’ नाच नाच्ने चलन छ । यही नाचद्वारा प्रकृतिको आराधना गर्ने गरिन्छ ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
एनपीएल–२ : लुम्बिनीले जित्यो उपाधि राजनीतिक सङ्क्रमण अन्त्य गर्दै समयमा निर्वाचन सम्पन्न गराउनुपर्छ: महामन्त्री बुर्लाकोटी विगतका गल्तीबाट शिक्षा लिँदै एकीकृत पार्टी बनाउन लागेका छौँ: संयोजक प्रचण्ड एनपिएल ःसुदूरपश्चिमले लुम्बिनीलाई दियो ८६ रनको सामान्य लक्ष्य सुदूरपश्चिमविरुद्ध रोहित पौडेलले लिए ह्याट्रिक विकेट एसिया कप क्रिकेटः नेपाल श्रीलङ्कासँग पराजित केपी शर्मा ओलीले एमाले अजम्बरी रहेको बताए एमाले महाधिवेशनको भव्य उद्घाटन अमेरिकामा मौसमी फ्लु प्रकोप ः अस्पताल भर्ना र मृत्युको सङ्ख्या बढ्दो मेसीलाई हेर्न नपाएपछि कोलकोतामा फ्यानहरुको हङ्गामा ट्रम्पको मध्यस्थता पछि पनि थाइल्यान्ड–कम्बोडिया तनाव कायमै विद्यालयलाई ४२ थान कम्युटर प्रदान थाइल्याण्ड–कम्बोडिया सीमा विवादः हवाई आक्रमण जारी एमाले महाधिवेशनस्थलमा कार्यकर्ताको भीड एनपिएलले नेपाल शान्त, सुन्दर र सक्षम छ भन्ने सन्देश दिएको छ : प्रधानमन्त्री सपना बोकेर गोवा पुगेका सविन नाइटक्लबमै अस्ताए एनपिएल : उपाधिका लागि सुदूरपश्चिम र लुम्बिनी भिड्दै एमालेको ११औँ महाधिवेशन आजदेखि सुरु हुँदै पूर्वराजाको ‘भान्जा’ भन्दै ४८ जनालाई ठगी गर्ने सिंह पक्राउ, यसअघि नै दर्ता भएका थिए सात मुद्दा नवनियुक्त भूमिमन्त्रीद्वारा पदवहाली