२२ मंसिर २०८२, आईतवार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

‘समतामूलक समाज निर्माण गर्न बुद्धका उपदेश प्रेरणादायी’

२९ बैशाख २०८२, सोमबार १२:०१

काठमाडौँ | नेपाल कम्युनिष्ट पार्टी (एकीकृत समाजवादी) का अध्यक्ष एवं पूर्वप्रधानमन्त्री माधवकुमार नेपालले बुद्धका उपदेश र मार्गदर्शनलाई आत्मसात् गर्दै सामाजिक न्यायसहित समतामूलक समाज निर्माण गर्नुपर्ने बताउनुभएको छ ।

अध्यक्ष नेपालले २५६९औँ बुद्धजयन्तीको अवसरमा आज शुभकामना सन्देश जारी गर्दै आपसी सद्भाव, सहअस्तित्व, सहिष्णुता र पारस्परिक सम्मानको भावनाले शान्तिपूर्ण समाजको विकास हुने बताउनुभयो । उहाँले शान्तिका दूत बुद्धको जन्म र बुद्धत्वको संयोग परेको आजको दिन विभिन्न धार्मिक, सामाजिक तथा सांस्कृतिक समुदायलाई एकताबद्व हुन थप प्रेरित गर्ने विश्वास व्यक्त गर्नुभयो ।

अध्यक्ष नेपालले प्राचीन सभ्यता र समृद्धिको इतिहासबाट राष्ट्रियतालाई थप सुदृढ एवं सबल बनाउन सकिने उल्लेख गर्नुभयो । उहाँले किरात समुदायको उभौली पर्वका अवसरमा पनि देश विदेशमा रहेका सम्पूर्ण नेपालीलाई शुभकामना व्यक्त गर्दै विविधतामा एकता अभिवृद्धि गर्न सांस्कृतिक पर्वको प्रवद्र्धन गर्नुपर्नेमा जोड दिनुभयो ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
अध्यक्ष ओलीद्वारा नवयुग ई-बुलेटिन शुभारम्भ धादिङको धुनिबेसीमा एकै ठाउँमा सात सवारी दुर्घटना एनपिएलः पोखरा सामू चितवनले दियो सामान्य लक्ष्य नेपाल आँखा अस्पतालद्वारा दूरदराजमा सेवा पुर्‍याउने प्रतिबद्धता अफगानिस्तान–पाकिस्तान सीमामा भएको झडपमा चार जनाको मृत्यु विज्ञानलाई अर्थतन्त्रसँग जोड्नुपर्छः मन्त्री पुन एनपिएलः चितवन र पोखराबीच प्रतिस्पर्धा इन्डोनेसियामा बाढी र वर्षाले हजारौँ प्रभावित, मृतक सङ्ख्या बढ्ने जोखिम टुकुचालाई सफा बनाउन डेढ करोड लिटर क्षमताको प्रशोधन केन्द्र बन्दै एनपिएलः अर्धशतककोे सङ्ख्या ३३ पुग्यो निर्वाचनलक्षित वाचापत्र तयार गर्दै रास्वपा निद्राजन्य विकारको चुनौतीसँग लड्न सचेतना जरुरी छः उपराष्ट्रपति यादव एनपिएलः सुदूरपश्चिमले दियो विराटनगरलाई १४८ रनको लक्ष्य यूक्रेन–अमेरिका वार्ताः शान्ति प्रक्रिया रूसको भूमिकामा केन्द्रित नागरिकको जीवनस्तर उठाउने विकास आजको आवश्यकता होः राष्ट्रपति एनपिएलः सुदूरपश्चिम रोयल्स र विराटनगर किंग्सबीच प्रतिस्पर्धा निर्वाचन आयोगद्वारा राजनीतिक दललाई २० बुँदे निर्देशन काठमाडौँका यी स्थानमा आज काटिदैछ बिजुली एनपिएल : आज दुई खेल हुँदै एनपिएलः लुम्बिनीलाई एक सय ३३ रनको लक्ष्य