२२ मंसिर २०८२, आईतवार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

पत्रकार महिलाको अर्थपूर्ण सहभागितामा अवरोध छः उपसभामुख राना

२९ बैशाख २०८२, सोमबार १३:०९

काठमाडौँ | प्रतिनिधिसभाका उपसभामुख इन्दिरा रानाले सञ्चारमाध्यममा पत्रकार महिलाको अर्थपूर्ण सहभागितामा अझै पनि संरचनागत र सामाजिक अवरोधहरु विद्यमान रहेको बताउनुभएको छ ।

इनिसियटिभ्स अफ मिडिया वुमन (आइएमडब्ल्यु) ले आइतबार साँझ बङ्गलादेशस्थित नेपाली राजदूतावाससँगको सहकार्यमा ढाकास्थित दूतावासमा आयोजना गरेको ‘नेपाल र बङ्गलादेशका पत्रकार महिलाबीच अन्तरक्रिया’ मा उपसभामुख रानाले सञ्चारमाध्यममा पत्रकार महिलाको अर्थपूर्ण सहभागिताका लागि संरचनागत र सामाजिक अवरोध विद्यमान रहेको बताउनुभयो ।

“महिला पत्रकारले अहिले पनि धेरै चूनौतीको सामना गर्नुपरेको छ, ती चुनौतीको सामाना गर्दै अघि बढनुपर्छ”, उहाँले भन्नुभयो, “सबै बाधा, अवरोध, चुनौतीलाई हटाउन संयुक्त प्रयास आवश्यक छ ।” उपसभामुख रानाले विगतको तुलनामा मिडिया क्षेत्र प्रगतिशील हुँदै गइरहेको र अझै थप विकासमा पहल गर्नुपर्ने भनाइ थियो ।

बङ्गलादेशका लागि नेपाली राजदूत घनश्याम भण्डारीले महिला पत्रकारले वञ्चित तथा आवाजविहीन समुदायका विशेष कथाहरु उजागर गर्न खेलेको महत्वपूर्ण भूमिकाको महत्वपूर्ण भएको बताउनुभयो । उहाँले नेपाल र बङ्गलादेशका महिला पत्रकारलाई एकसाथ ल्याएकोमा आइएमडब्ल्युलाई विशेष धन्यवाद व्यक्त गदै यस्ता कार्यक्रमले जनस्तरमा सम्बन्ध प्रगाढ बनाउन सहयोग पु¥याउने विश्वास व्यक्त गर्नुभयो ।

कार्यक्रममा इनिसियटिभ्स अफ मिडिया वुमन (आईएम डब्ल्यु) का अध्यक्ष लक्ष्मी भण्डारीले सञ्चार क्षेत्रमा कार्यरत महिला पत्रकारले गदै आएका प्रयास बारेमा जानकारी गराउनुभयो । उहाँले दुई देशका महिला पत्रकारले दीर्घकालीन मित्रता प्रवद्र्धन गर्न यस्ता कार्यक्रमले थप टेवा पुर्याउने आशा व्यक्त गर्नुभयो । उहाँले नेपाल–बङ्गलादेश महिला पत्रकारले भोग्दै आइरहेका समस्या र चुनौती समान भएको भन्दै छलफलमा विभिन्न विषय उठान गर्नुभएको थियो ।

दक्षिण एशियाकै सबैभन्दा ठूलो महिला समाजिक संस्था ‘ठेंगमरा महिला सबुज्ज सङ्घ (टिएमएसएस)’ की संस्थापक तथा कार्यकारी निर्देशक प्राडा हुस्ने आरा बेगमले नेपाल र बङ्गलादेशका महिला पत्रकारबीच यस किसिमको अन्तरक्रियात्मक छलफल कार्यक्रम पहिलो पटक भएको बताउदै खुसी व्यक्त गर्नुभयो ।

दुई देशबीचको समबन्ध विस्तारमा यस्ता कार्यक्रमले निरन्तरता पाउनुपर्नेमा उहाँको जोड थियो । कार्यक्रममा दुई देशका ५० भन्दा बढी महिला पत्रकारले कार्यक्षेत्रमा देखिएका समस्या र त्यसको समाधानका विषयमा आवाज उठाएका थिए ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
अध्यक्ष ओलीद्वारा नवयुग ई-बुलेटिन शुभारम्भ धादिङको धुनिबेसीमा एकै ठाउँमा सात सवारी दुर्घटना एनपिएलः पोखरा सामू चितवनले दियो सामान्य लक्ष्य नेपाल आँखा अस्पतालद्वारा दूरदराजमा सेवा पुर्‍याउने प्रतिबद्धता अफगानिस्तान–पाकिस्तान सीमामा भएको झडपमा चार जनाको मृत्यु विज्ञानलाई अर्थतन्त्रसँग जोड्नुपर्छः मन्त्री पुन एनपिएलः चितवन र पोखराबीच प्रतिस्पर्धा इन्डोनेसियामा बाढी र वर्षाले हजारौँ प्रभावित, मृतक सङ्ख्या बढ्ने जोखिम टुकुचालाई सफा बनाउन डेढ करोड लिटर क्षमताको प्रशोधन केन्द्र बन्दै एनपिएलः अर्धशतककोे सङ्ख्या ३३ पुग्यो निर्वाचनलक्षित वाचापत्र तयार गर्दै रास्वपा निद्राजन्य विकारको चुनौतीसँग लड्न सचेतना जरुरी छः उपराष्ट्रपति यादव एनपिएलः सुदूरपश्चिमले दियो विराटनगरलाई १४८ रनको लक्ष्य यूक्रेन–अमेरिका वार्ताः शान्ति प्रक्रिया रूसको भूमिकामा केन्द्रित नागरिकको जीवनस्तर उठाउने विकास आजको आवश्यकता होः राष्ट्रपति एनपिएलः सुदूरपश्चिम रोयल्स र विराटनगर किंग्सबीच प्रतिस्पर्धा निर्वाचन आयोगद्वारा राजनीतिक दललाई २० बुँदे निर्देशन काठमाडौँका यी स्थानमा आज काटिदैछ बिजुली एनपिएल : आज दुई खेल हुँदै एनपिएलः लुम्बिनीलाई एक सय ३३ रनको लक्ष्य