साउन ३२, तेह्रथुम । तेह्रथुमको म्याङलुङमा आयोजित जिल्लाकै सर्वाधिक राशीको खुला पुरुष फुटबल प्रतियोगिताको उपाधि मादी फुटबल क्लब, संखुवासभाले चुमेको छ । 

"/> Sajha Sawal - Nepal's Number 1 News Portal for Labor Migration, Employment Sector and More...

साउन ३२, तेह्रथुम । तेह्रथुमको म्याङलुङमा आयोजित जिल्लाकै सर्वाधिक राशीको खुला पुरुष फुटबल प्रतियोगिताको उपाधि मादी फुटबल क्लब, संखुवासभाले चुमेको छ । 

"/>

२०८३, ८ जेष्ठ शुक्रबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

मादी फुटबल क्लबलाई उपाधि

२०७४, ३२ श्रावण बुधबार १४:०३


साउन ३२, तेह्रथुम । तेह्रथुमको म्याङलुङमा आयोजित जिल्लाकै सर्वाधिक राशीको खुला पुरुष फुटबल प्रतियोगिताको उपाधि मादी फुटबल क्लब, संखुवासभाले चुमेको छ । 

आज भएको खेलमा इन्द्रदल गुल्म, म्याङलुङलाई ट्राइबेकरमा ४–३ गोल अन्तरले पराजित गर्दै मादीले उपाधि जितेको हो । 

उपाधिसँगै उसले नगद १ लाख २० हजार सहित ट्रफी मेडल र प्रमाण पत्र हात पारेको छ । हारसँगै उपविजेता बनेको इन्द्रदल गुल्मले नगद ६० हजार रुपैयाँमा चित्त बुझाएको छ । 

म्याङलुङस्थित टुँडिखेल मैदानमा भएको खेलको पहिलो हाफमा मादी फुटबल क्लब संखुवासभाले पेनल्टी गर्ने अवसर पाएपछि जर्सी नं. ८ का राजन जिमीले गोल गरेका थिए । तर त्यतिमात्रै जितको लागि पर्याप्त भएनँ । दोश्रो हाफको अन्तिम ५ मिनेटको समयमा इन्द्रदल गुल्मका जर्सी नं. ११ का महेन्द्र राईले उत्कृष्ट गोल गर्दै खेललाई बराबरीमा ल्याएका थिए । 

थप समयमा समेत दुवै टिमबाट गोल नभएपछि खेल ट्राइबेकरमा धकेलिएको थियो । अन्ततः उत्कृष्ट खेलाडीहरु सम्मिलित मादी फुटबल क्लब नै प्रतियोगिताको विजयी बन्यो । खेल अवधिभर आर्मीको गुल्मका खेलाडीलाई संखुवासभाका खेलाडीले दवावमा राखेका थिए । 

श्रीकृष्ण जन्माष्टमीको अवसरमा म्याङलुङ्ग तम्फुला युवा क्लबले आयोजना गरेको प्रतियोगितामा पुर्वका तेह्रथुमसहित पाँचथर, झापा, मोरङ, सुनसरी, धनकुटा र संखुवासभाका ३८ वटा टिम सहभागी थिए । 


प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
अमेरिकाविरुद्ध नेपालको सहज जित राष्ट्रिय सभाबाट अभौतिक सांस्कृतिक सम्पदा विधेयक पारित सरकारको निर्णयबाट अचम्मित छु: नरबहादुर बिष्ट ढुङ्गा लोड गर्नेक्रममा खानीबाट खसेको ढुङ्गाले च्यापेर टिपर चालकको मृत्यु पहिलाको सरकारले धेरै बोलेर हेप्थ्यो, अहिलेको सरकार नबोलेर हेपिरहेको छ: गगन थापा एमालेको सचिवालय बैठक जारी जेठ १४ गते सार्वजनिक बिदा दुर्गा प्रसाईंको बन्दीप्रत्यक्षीकरणको रिटमाथि सुनुवाइ हुँदै मलेसियामाथि नेपालको लगातर दोस्रो जित सुनको मूल्य घट्दा चाँदीको मूल्य बढ्यो प्रतिनिधिसभाको बैठक जेठ १२ गतेसम्म स्थगित ठमेलबाट नौ विदेशी नागरिक पक्राउ संसदमा विपक्षीको चर्को नाराबाजी संसदमा विपक्षी दलले खोजेपछि प्रधानमन्त्री भेट्न पुगे सभामुख अर्याल प्रतिनिधि सभाको बैठक १५ मिनेटका लागि स्थगित प्रतिनिधिसभामा विपक्षी दलहरूको उठेर विरोध नेपाली जनताले यो सरकारबाट, हामीबाट ठूलो आशा गरेका छन्: सांसद कार्की बरु रकेट बनाउन सजिलो छ, बाँदर आतंक कम गर्ने प्रविधि छैन: महावीर पुन पूर्वन्यायाधीश प्रधानको निधन, आज इजलास सञ्चालन नहुने सुनचाँदीको मुल्य बढ्यो