२०८२, २९ माघ बुधबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

रोशी खोलामा आएको बाढीको क्षतिबारे सरकारको ध्यानाकर्षण

२०८२, ३० बैशाख मंगलवार १२:०१

काठमाडौँ । काभ्रेको बनेपा र पनौती क्षेत्रमा परेको भारी वर्षापछि त्यहाँको रोशी खोलामा आएको बाढीका कारण पुगेको क्षतिबारे संसद्‍मा सांसदहरुले कुरा उठाएका छन्। मंगलबार प्रतिनिधिसभाको आकस्मिक समयमा बोल्दै काभ्रे र सिन्धुलीबाट प्रतिधिनित्व गर्ने सांसदहरुले सरकारको ध्यानाकर्षण गराएका हुन्।

काभ्रेका सांसद सूर्यमान दोङले बाढीका कारण वीपी राजमार्गपूर्णरुपमा अवरुद्ध भएको र सीमानामा धेरै विरामी अलपत्र परेको जानकारी गराए। ‘काभ्रेमा एकजना महिला फेरि बेपत्ता भएको छ, पनौतीदेखि पूर्वी क्षेत्रको यातायात फेरि ठप्प भएको छ,’ उनले भने, ‘यतिबेला सिन्धुली र काभ्रेको सीमानामा ५० औं बिरामी अलपत्र परेका छन्। एम्बुलेन्स लगायतका सवारी साधन ठप्प छन्।’

यसअघि आएको बाढीका कारण वीपी राजमार्ग क्षतिग्रस्त भएकाले आफूले वैकल्पिक राजमार्गका रुपमा तिमाललाई बनाउन आग्रह गरेको भए पनि सरकारले नसुनेको आरोप लगाए। ‘यो सरकारलाई बाढी पहिरो गएको थाहा छैन?,’ सांसद दोङले भने, ‘सरकारलाई यहाँको समस्या थाहा नभएको हो र? मैले त्यतिबेलै भनेको थिएँ रोशीको सडक बनाउन ढिला हुन्छ त्यसैले तिमाललाई वैकल्पिक राजमार्ग व्यवस्थापन गरेर छिटो निर्माण गर्नुपर्छ।’

त्यस्तै बाढीले क्षति गरेको अर्को जिल्ला सिन्धुलीका सांसद लेखनाथ दाहालले सोमबार साँझ रोशी खोलामा आएको बाढीमा एक जना बेपत्ता भएको र हजारौँ यात्रु अलपत्र रहेको जानकारी दिए। ‘पनौती-५ की ३३ वर्षीया रेनुका गिरी बेपत्ता हुनुभएको छ,’ उनले भने, ‘ रोशी खोलामा आएको बाढीले वीपी राजमार्ग अवरुद्ध भएको छ। हजारौँ यात्रु अलपत्र छन्।’

अघिल्लो पटक बाढी आउँदा पनि सरकारले प्रभावकारी उद्धार र राहत वितरणको काम नगरेको भन्दै दाहालले भने, ‘त्यतिबेला पनि सरकारबाट राहत र उद्धाकार लागि प्रभावकारी पहल भएन। पुर्नस्थापना र पुनर्निर्माणमा संघीय सरकारको ध्यान गएको छैन्।’

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
स्थगनमा परेका आयोजनाको रकम फुकुवा हुने क्रम जारी छ: अर्थमन्त्री खनाल राष्ट्रियसभाबाट चलचित्र विधेयक पारित तोकिएको मितिमै निर्वाचन हुन्छः प्रचण्ड बिभागमा श्रम स्वीकृति दिन ढिलासुस्तीसँगै कर्मचारी र विचौलिया बीच ‘सेटिङ’ फेरी सक्रिय निर्वाचन आचारसंहिता उल्लङ्घनमा ५१ स्पष्टीकरण, जवाफ ३० मात्र तामाकोसी बस दुर्घटनापछि क्षतिपूर्तिको माग गर्दै मन्थलीमा प्रदर्शन आयल निगमको टेकु कार्यालयबाट पनि उपभोक्ताले ग्यास खरिद गर्न पाउने भ्रष्टाचार नियन्त्रणको प्राथमिक जिम्मेवारी सरकारकै होः प्रधानमन्त्री कार्की भारत तर्फ लैजादै गरेका तीन बालबालिकालाई उद्धार सुनचाँदीको मूल्यमा सामान्य वृद्धि ५ दिनभित्र सबै राजनीतिक दललाई घोषणापत्र सार्वजनिक गर्न निर्वाचन आयोगको निर्देशन पशुपतिमा महाशिवरात्रिको तयारी तीव्र मधेश यात्रामा निस्किए बालेन्द्र शाह जापानमा भारी हिमपातका कारण ४६ जनाको मृत्यु तामाकोशी नदीमा बस खस्दा ज्यान गुमाउनेको संख्या ९ पुग्यो चुनावी सुरक्षाका लागि सतर्क रहन प्रधानमन्त्री कार्कीको निर्देशन पेस्तोलसहित दुईजना पक्राउ उज्यालो नेपाल जेनजी आन्दोलनपछिको सबैभन्दा नयाँ पार्टी हो: कुलमान घिसिङ सुनको मूल्य बढ्यो वीरगन्जमा सशस्त्र प्रहरीमाथि आक्रमण गर्ने चार पक्राउ