2026-08-07 12:49 AM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

२२ वर्षदेखि निर्माणाधीन पुष्पलाल राजमार्ग किन बनेन ?:सांसद केसी

काठमाडौँ । राष्ट्रिय जनमोर्चाका अध्यक्ष चित्रबहादुर केसीले पुष्पलाल राजमार्ग निर्माण प्रक्रिया छिटोभन्दा छिटो सक्न सरकारसँग माग गरेका छन् । प्रतिनिधि सभाको मंगलबारको बैठकको विशेष समयमा बोल्दै उनले पुष्पलाल राजमार्ग विगत २२ वर्षदेखि निर्माणको प्रक्रियामा भए पनि अहिलेसम्म सम्पन्न हुन नसक्नु विडम्बनापूर्ण रहेको बताएका हुन् ।

सांसद केसीले हिउँदमा धुलो र वर्षामा हिलोले स्थानीय जनताको बालीनाली र स्वास्थ्यमा गम्भीर असर पारेको भन्दै उक्त सडक तत्काल सम्पन्न हुने गरी ठेक्का आह्वान गर्न सरकारसँग आग्रह गरे । उनले भने, ‘मैले पटक पटक सरकारको ध्यानाकर्षण गराए र सम्बन्धित निकायमा जुम्ली हात गरे । मतदाताको चेतना के छ भने सांसदले आँटेपछि हुन्छ । हाम्रो सांसदले नगरेर हो । गाउँघरका जाली फटाहाले जनतासित त्यही कुरा गर्छ । म यही स्थानबाट बारम्बार भनेको छु बाटोको बिजोग भो । यो बाटो सांसद आउँदै छ भनेपछि ठाउँ ठाउँमा जनता जम्मा भएर बस्छन् । मैले अर्कै बाटोबाट हिँड्नुपर्ने अवस्था छ । यो के भएको हो ?’

उनले अबको बजेटले पुष्पलाल राजमार्ग तुरुन्त निर्माण हुने वातावरण बनाउनेमा आफू आशावादी रहेको बताए । उनले थपे, ‘स्वयं सत्ताधारी साथीहरू सम्माननीय प्रधानमन्त्रीले समेत बाटोको भ्रमण गरेको सुनेको छु । एउटा ठेकेदार हटाएर अर्को ठेकेदार आउँदा पनि काम नगर्ने किन ? फेरि पनि भन्छु मैले पत्याई नपत्याई सरकारले गर्ला भन्ने कम आशा छ । अब कमसेकम मतदातालाई सुनाउनकै लागि भए पनि सरकारले के कारणले त्यो बाटो बनेन त्यसबारेमा केही बोलोस् । अबको बजेटले सडक तुरुन्त निर्माण हुने वातावरण बनाओस् ।’

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
टिपरले स्कुटरलाई ठक्कर दिँदा गम्भीर घाइते भएकी स्कुटरमा सवार युवतीको मृत्यु सरकारले नेपाली सेनालाई सस्तो बनाउने काम गर्‍यो : मिराज ढुंगाना ‘ब्लु बस’ महिलालाई छुट्याउन होइन, सुरक्षित बनाउन : मन्त्री बादी राष्ट्रियसभामा सङ्क्रामक पशु रोग नियन्त्रण विधेयक, २०८३ पेस १३.८२ अंकले घट्यो नेप्से, ४ अर्ब ६२ करोडको कारोबार ‘बीमा छ, सेवा छैन’ : स्वास्थ्य बीमाको अवस्थामाथि सांसद देवकोटाको कडा प्रश्न गृहमन्त्री सुधन गुरुङले मागे माफी निर्मला पन्त हत्या प्रकरणबारे गृहमन्त्रीको आग्रह: “यो विषय सदनमा पटक–पटक नउठाउनुस्” दुःख नभएको मानिस हुँदैन, दुःखलाई नै बल बनाएर अघि बढ्नुपर्छ: गृहमन्त्री गुरुङ राप्रपाले ३७ वर्षसम्म राजाको नाममा भोट संकलन गर्‍यो: धवलशमशेर जबरा ग्यासको अभाव र कालोबजारी भए फोन गर्न उद्योग मन्त्रालयको आग्रह आज राष्ट्रियसभाको बैठकमा गृहमन्त्री गुरुङले जवाफ दिने पेट्रोल ट्यांकर दुर्घटनामा परी भएको आगलागी नियन्त्रणमा ग्वार्कोमा बस दुर्घटना हुँदा एक जनाको मृत्यु, १० जना घाइते एकैदिन ८ हजारले बढ्यो सुनको मूल्य, कति पुग्यो ? काठमाडौँसहित ३० जिल्लामा आकस्मिक बाढीको जोखिम साइप्रसमा नेपाली दूतावास स्थापनाका लागि दवाव दिन तीन हजार जनाले गरे प्रत्यक्ष हस्ताक्षर अनावश्यक ग्यास भण्डारण नगर्न निगमको आग्रह, दुई साताभित्र अभाव अन्त्य हुने दाबी आगामी सोमबारदेखि ‘हामी सुन्छौँ’ अभियान सञ्चालन गर्दै रास्वपा फ्री भिसा–फ्री टिकटको नीति १० वर्षदेखि कागजमै सीमित छ: श्रममन्त्री यादव