३० मंसिर २०८२, सोमबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

विपद् पूर्वतयारीलाई प्रभावकारी बनाउन सरकारको ध्यानाकर्षण

१ जेष्ठ २०८२, बुधबार १२:५४

काठमाडाैँ | प्रतिनिधिसभाको आजको बैठकमा सांसदहरूले प्राकृतिक विपद्बाट हुनसक्ने जनधनको क्षति न्यूनीकरण गर्न पूर्वतयारीलाई प्रभावकारी बनाउन सरकारको ध्यानाकर्षण गराउनुभएको छ ।

बैठकको शून्य समयमा सांसद माधव सापकोटाले प्राकृतिक विपद्बाट हुनसक्ने सम्भावित जोखिमको पूर्वानुमान गरेर विपद् प्रतिकार्यसँग सरोकार भएका संस्था र निकायलाई उच्च सतर्कताका साथ खटाउन सरकारसँग आग्रह गर्नुभयो ।

यही वैशाख १ देखि २८ गतेसम्म सात सय ३२ वटा विपद्का घटनाबाट २१ जनाको मृत्यु र रु १७ करोडको क्षति भएको जानकारी दिँदै उहाँले सरकारी निकायका बीचमा समन्वय नहुँदा उद्धार तथा राहत व्यवस्थामा चुनौती थपिएको बताउनुभयो ।

“प्रि–मनसुन सुरु भएको छ, कतिपय राजमार्ग अव्यवस्थित हुँदा यात्रुमा त्रास छ, नागरिकको सडकमा बास भइरहेको छ”, उहाँले भन्नुभयो, “विपद्को उच्च जोखिममा रहेका जिल्लालाई केन्द्रमा राखेर राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणले पूर्वतयारीमा विशेष योजना बनाएर अघि बढ्नुपर्छ ।”

चीनसँगको प्रमुख व्यापारिक नाका तातोपानी जोड्ने खोप्लाङमा सडक भाँसिएकाले आवागमन पूर्णरूपमा अवरुद्ध भएको उल्लेख गर्दै सांसद सापकोटाले स्याउ, लसुनलगायत उपभोग्य वस्तु बोकेर तातोपानी नाका हुँदै नेपाल भित्रिएका ३० वटा कन्टेनर र पाँच सयभन्दा बढी विद्युतीय सवारीसाधन तातोपानी क्षेत्रमा अलपत्र परेका जानकारी दिनुभयो ।

सांसद रुक्मिणी राना बराइलीले प्रि–मनसुनकै अवस्थामा राष्ट्रिय राजमार्गको अवस्था नराम्ररी प्रभावित भएको जनाउँदै वर्षायाम अगावै सडक स्तरोन्नति गर्न माग गर्नुभयो । सांसद भगवती चौधरीले सुनसरीको निर्वाचन क्षेत्र नं ३ मा पर्ने टयाङ्ग्रा खेलासहित नदीले डुबान तथा कटान गरेर जनधनको क्षति गर्दै आएकाले तटबन्ध गरेर नदी नियन्त्रण गर्न आग्रह गर्नुभयो ।

सांसद रमा कोइराला पौडेलले यही वैशाख २९ गते आकस्मिक रूपमा आएको बाढीले बिपी राजमार्गको केही भाग बगाउँदा १४ घण्टा यात्रु अलपत्र परेका उल्लेख गर्दै वैकल्पिक बाटोको व्यवस्था गर्न माग गर्नुभयो ।

सांसद रामहरि खतिवडाले ओखलढुङ्गाको साँघुटार–घोराखोरी–सिलौरीघाट र ढाँडे–रगने–फलाँटे–भूसिङ्गालगायत सडक बजेट अभावमा निर्माण ठप्प हुने अवस्थामा पुगेको जनाउँदै दूधकोशी जलविद्युत् आयोजनासहित अलपत्र सडक निर्माणमा आवश्यक स्रोत सुनिश्चितता गर्न सरकारको ध्यानाकर्षण गराउनुभयो ।

सांसद भीमप्रसाद आचार्यले सुनसरी सदरमुकामबाट भारतको सीमासम्म जाने सडक स्तरोन्नतिको कामलाई तीव्र बनाइ चालु आवभित्र निर्माण सम्पन्न गर्न सरकारको ध्यानाकर्षण गराउनुभयो । सांसद मनबहादुर गुरुङले पृथ्वी राजमार्गमा पर्ने विजयपुर खोलामा पुल निर्माण गर्न आगामी आवको बजेटमा स्रोतको सुनिश्चितताका लागि सरकारसँग माग गर्नुभयो ।

सांसद मेनकाकुमारी पोखरेलले दाङको घोराही–तुलसीपुर चारलेन सडक र टरिगाउँ विमानस्थल स्तरोन्नतिका लागि स्रोत सुनिश्चित गर्न आग्रह गर्नुभयो । सांसद रणेन्द्र बरालीले गण्डकी र बागमती प्रदेशलाई जोड्ने नारायणी नदीमा बन्ने ‘सिग्नेचर’पुलको निर्माणलाई तीव्र दिन माग गर्नुभयो ।

सांसद मनिष झाले वैदेशिक रोजगारीमा रहेका नेपालीले भोग्दै आएका समस्या समाधानका लागि सम्बन्धित मुलुकमा रहेका नेपाली दूतावासलाई सक्रिय बनाउन माग गर्नुभयो । सांसद महेश बस्नेतले हवाई सेवा प्रदायक संस्थाले यात्रुलाई अनावश्यक दुःख दिने र अनुत्तरदायी व्यवहार गरिरहेको जनाउँदै त्यस्ता गतिविधि नियन्त्रण गर्न सरकारको ध्यानाकर्षण गराउनुभयो ।

सांसद मीना तामाङले आकस्मिक, शून्य र विशेष समयमा उठाइएका विषय सम्बोधन गर्न सरकारको ध्यानाकर्षण गराउनुभयो । सांसद मैना कार्कीले द्वन्द्वकालीन घटनाको निरुपण गर्न गठित आयोगमा पीडितको प्रतिनिधित्व नहुनु दुःखद् भएको उल्लेख गर्दै पीडितलाई केन्द्रमा राखेर आयोग गठन गर्न माग गर्नुभयो ।

सांसद रणकुमारी बलम्पाकी मगरले संसद् र संसदीय समितिमा आरोप र प्रत्यारोप मात्र नभई संविधान कार्यान्वयनका लागि बाँकी कानुन बनाउनेतर्फ ध्यान दिन सबैलाई आग्रह गर्नुभयो । सांसद रञ्जुकुमारी झाले तराई मधेसमा बढ्दो गर्मीबाट हुनसक्ने सम्भावित जोखिमलाई ध्यान दिँदै उपचारको उचित प्रबन्ध मिलाउन आग्रह गर्नुभयो ।

सांसद राजेन्द्रकुमार राईले तमोर कोरिडोरअन्तर्गत धनकुटा नगरपालिका र सहिदभूमि गाउँपालिकामा सिँचाइका विभिन्न आयोजना सञ्चालन भइरहेकामा स्रोतको अभावका कारण निर्माण ठप्प भएको जनाउँदै आगामी आवमा आवश्यक बजेट विनियोजन गर्न सरकारको ध्यानाकर्षण गराउनुभयो ।

सांसदहरू सांसद राजेन्द्र बगजाईं, रामकुमार राई, रामकृष्ण यादव, रामशङ्कर यादव, रुपा शोशी चौधरी, रेखा शर्मा, रोशन कार्की, लक्ष्मी तिवारी, लालप्रसाद साँवा लिम्बू, लालवीर चौधरी, लेखनाथ दाहाल र विजुला रायमाझीलगायतले विकास निर्माण, सुशासन प्रवर्द्धन, नेपाल राष्ट्र बैंकको गभर्नर नियुक्तिलगायत समसामयिक विषयमा सरकारको ध्यानाकर्षण गराउनभुयो ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
एनपीएल–२ : लुम्बिनीले जित्यो उपाधि राजनीतिक सङ्क्रमण अन्त्य गर्दै समयमा निर्वाचन सम्पन्न गराउनुपर्छ: महामन्त्री बुर्लाकोटी विगतका गल्तीबाट शिक्षा लिँदै एकीकृत पार्टी बनाउन लागेका छौँ: संयोजक प्रचण्ड एनपिएल ःसुदूरपश्चिमले लुम्बिनीलाई दियो ८६ रनको सामान्य लक्ष्य सुदूरपश्चिमविरुद्ध रोहित पौडेलले लिए ह्याट्रिक विकेट एसिया कप क्रिकेटः नेपाल श्रीलङ्कासँग पराजित केपी शर्मा ओलीले एमाले अजम्बरी रहेको बताए एमाले महाधिवेशनको भव्य उद्घाटन अमेरिकामा मौसमी फ्लु प्रकोप ः अस्पताल भर्ना र मृत्युको सङ्ख्या बढ्दो मेसीलाई हेर्न नपाएपछि कोलकोतामा फ्यानहरुको हङ्गामा ट्रम्पको मध्यस्थता पछि पनि थाइल्यान्ड–कम्बोडिया तनाव कायमै विद्यालयलाई ४२ थान कम्युटर प्रदान थाइल्याण्ड–कम्बोडिया सीमा विवादः हवाई आक्रमण जारी एमाले महाधिवेशनस्थलमा कार्यकर्ताको भीड एनपिएलले नेपाल शान्त, सुन्दर र सक्षम छ भन्ने सन्देश दिएको छ : प्रधानमन्त्री सपना बोकेर गोवा पुगेका सविन नाइटक्लबमै अस्ताए एनपिएल : उपाधिका लागि सुदूरपश्चिम र लुम्बिनी भिड्दै एमालेको ११औँ महाधिवेशन आजदेखि सुरु हुँदै पूर्वराजाको ‘भान्जा’ भन्दै ४८ जनालाई ठगी गर्ने सिंह पक्राउ, यसअघि नै दर्ता भएका थिए सात मुद्दा नवनियुक्त भूमिमन्त्रीद्वारा पदवहाली