2026-09-18 10:18 PM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

गलत सूचना होइन, सत्य कुराको मात्र प्रचार गरौँ : ज्ञानेन्द्र शाही

2026-08-25

काठमाडौँ | राष्ट्रिय प्रजातन्त्र पार्टीका प्रवक्ता ज्ञानेन्द्र शाहीले बागमती प्रदेशसभाका राप्रपा सांसदहरू पदमुक्त नभएको स्पष्ट पारेका छन्। सामाजिक सञ्जालमार्फत आफ्नो धारणा सार्वजनिक गर्दै प्रवक्ता शाहीले पार्टीका तर्फबाट सांसदहरूलाई कारबाही गर्न बागमती प्रदेशसभा सचिवालयमा निवेदन मात्र दर्ता गरिएको तर निवेदन बुझाएकै आधारमा सांसद पद स्वतः समाप्त नहुने दाबी गरेका हुन् ।

प्रवक्ता शाहीका अनुसार प्रदेशसभाका सभामुखबाट औपचारिक निर्णय नभएसम्म वा कानुनी प्रक्रिया पूरा गरी सम्बन्धित निकायले पदमुक्त भएको घोषणा नगर्दासम्म सांसदहरू पदमुक्त भएको भनी प्रचारप्रसार गरिनु गलत हो। कारबाहीको प्रक्रिया अघि बढाउनु र पदमुक्त नै हुनु फरक विषय भएको उनको तर्क छ। पार्टीका जिम्मेवार नेता तथा आधिकारिक व्यक्तिहरूले नै तथ्य र कानुन नबुझी गलत सूचना फैलाइरहेको भन्दै प्रवक्ता शाहीले असन्तुष्टि व्यक्त गरेका छन्। यस्ता गैरजिम्मेवार र असत्य प्रचारले पार्टी संगठनलाई नै कमजोर बनाउने उनको भनाइ छ।

बागमती प्रदेशका सम्बन्धित सांसदहरू जनताबाट निर्वाचित भएर आएकाले उनीहरूको पदको मुख्य आधार नै जनताको मत रहेको उनले उल्लेख गरे। ‘भावनामा बगेर धारणा बनाउनुभन्दा तथ्य र कानुनका आधारमा प्रस्तुत हुन आग्रह गर्दै शाहीले भनेका छन्, ‘गलत सूचना होइन, सत्य कुराको मात्र प्रचार गरौँ’

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
मन्त्रिपरिषद् बैठकका ५ निर्णय सार्वजनिक नेप्से परिसूचक २२.८५ अंकले बढ्यो मन्त्रिपरिषद्बाट १३ देशका लागि राजदूत सिफारिस आफ्नो पुस्ताका लागि स्वदेशमै रोजगारी सिर्जना गर्न जेनजी सांसदलाई प्रधानमन्त्रीको आग्रह नेपाल कतै विदेशीहरूको खेलमैदान त बन्ने होइन? : माधवकुमार नेपाल मुर्रा भैँसी ल्याउने कुरा चानचुने थिएन : प्रचण्ड क्यानडा पठाइदिन्छु भन्दै रकम ठगी गरेको अभियोगमा २ जना पक्राउ माथिल्लो त्रिशूली थ्री एको टनेलबाट ६ शव निकालियो हुण्डी कारोबारमा संलग्न भएको आरोपमा दुई जना पक्राउ १५औँ महाधिवेशन नेतृत्व चयन मात्र होइन, आदर्श पुनःस्थापित गर्ने अवसर हो : गगन थापा मन्त्रिपरिषद्को बैठक बस्दै हामी १५औँ महाधिवेशनका लागि अगाडि बढिसक्यौँ : प्रकाशमान सिंह जिउँदो कुकुरलाई सेती नदीमा फाल्ने महिला पक्राउ सुनचाँदीको मूल्य बढ्यो भोटेकोशी बाढीमा मृतकको संख्या १,४१० पुग्यो, ५,१४५ बेपत्ता ९ लाख रुपैयाँ घुससहित नापी अधिकृत पक्राउ एलपी ग्यास प्रतिसिलिण्डर रु दुई हजार ६० मा बिक्री गर्न आग्रह गगन थापाको अपिल: एकताबद्ध भएर १५औँ महाधिवेशनमा सहभागी बनौँ नेप्से परिसूचक ११.९३ अंकले बढ्यो नेपालको राजनीतिक भविष्यको निर्णय गर्ने अधिकार केवल नेपाली जनतामा मात्र छ : आरेन राई