2026-10-19 09:41 PM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

गलत सूचना होइन, सत्य कुराको मात्र प्रचार गरौँ : ज्ञानेन्द्र शाही

2026-08-25

काठमाडौँ | राष्ट्रिय प्रजातन्त्र पार्टीका प्रवक्ता ज्ञानेन्द्र शाहीले बागमती प्रदेशसभाका राप्रपा सांसदहरू पदमुक्त नभएको स्पष्ट पारेका छन्। सामाजिक सञ्जालमार्फत आफ्नो धारणा सार्वजनिक गर्दै प्रवक्ता शाहीले पार्टीका तर्फबाट सांसदहरूलाई कारबाही गर्न बागमती प्रदेशसभा सचिवालयमा निवेदन मात्र दर्ता गरिएको तर निवेदन बुझाएकै आधारमा सांसद पद स्वतः समाप्त नहुने दाबी गरेका हुन् ।

प्रवक्ता शाहीका अनुसार प्रदेशसभाका सभामुखबाट औपचारिक निर्णय नभएसम्म वा कानुनी प्रक्रिया पूरा गरी सम्बन्धित निकायले पदमुक्त भएको घोषणा नगर्दासम्म सांसदहरू पदमुक्त भएको भनी प्रचारप्रसार गरिनु गलत हो। कारबाहीको प्रक्रिया अघि बढाउनु र पदमुक्त नै हुनु फरक विषय भएको उनको तर्क छ। पार्टीका जिम्मेवार नेता तथा आधिकारिक व्यक्तिहरूले नै तथ्य र कानुन नबुझी गलत सूचना फैलाइरहेको भन्दै प्रवक्ता शाहीले असन्तुष्टि व्यक्त गरेका छन्। यस्ता गैरजिम्मेवार र असत्य प्रचारले पार्टी संगठनलाई नै कमजोर बनाउने उनको भनाइ छ।

बागमती प्रदेशका सम्बन्धित सांसदहरू जनताबाट निर्वाचित भएर आएकाले उनीहरूको पदको मुख्य आधार नै जनताको मत रहेको उनले उल्लेख गरे। ‘भावनामा बगेर धारणा बनाउनुभन्दा तथ्य र कानुनका आधारमा प्रस्तुत हुन आग्रह गर्दै शाहीले भनेका छन्, ‘गलत सूचना होइन, सत्य कुराको मात्र प्रचार गरौँ’

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
युरोपका ६ देशमा प्रदर्शन चर्कियो, फ्रान्समा १८ सय पक्राउ, इटालीमा विद्यालय कब्जा दसैँमा काठमाडौँ उपत्यकाभित्र सशस्त्र प्रहरीको निःशुल्क बस सेवा कांग्रेसका ३५ वर्ष मुनिका ७ युवा केन्द्रीय सदस्यमा निर्वाचित मलेसिया जाने श्रमिकसँग अतिरिक्त शुल्क असुलेको आरोपमा चार जना पक्राउ बाढीले बगाएको आरुघाट पुलको मर्मत सुरु, दसैँअघि सञ्चालन गर्ने लक्ष्य कर्णालीमा नुहाउने क्रममा १२ वर्षीया बालिका बेपत्ता रोजगारीको मूल्य काम गरेको समयले होइन, आम्दानीले निर्धारण गर्छ : ओली खगेन्द्र सुनारको अडिओ प्रकरणमा रास्वपाले गठन गर्‍यो छानबिन समिति संसद् आरोप–प्रत्यारोपमा केन्द्रित हुँदा जनसरोकारका मुद्दा कमजोर बने : खुश्बु ओली भदौमा मात्रै भित्रियो २ खर्ब २१ अर्ब रुपैयाँ रेमिट्यान्स पोखरामा मोटरसाइकलको ठक्करबाट पैदलयात्रीसहित दुई जनाको मृत्यु देउवा पक्षको महाधिवेशनमा केन्द्रीय नेतादेखि सांसदसम्म स्वतः प्रतिनिधि हुने व्यवस्था काठमाडौँको रानीपोखरीमा पुरुषको शव फेला पढाउने भन्दै भारत लैजाँदै गरिएका २५ बालबालिका सीमाबाटै फर्काइए दसैँ मनाउन काठमाडौँ छाड्नेको संख्या साढे २ लाख नाघ्यो विरोध प्रदर्शनमा सहभागी भएपछि इमरान खानलाई भारत छोड्न आदेश कांग्रेस महाधिवेशन : केन्द्रीय कार्यसमितिको सम्पूर्ण नतिजा आज रातिसम्म आउने नवरात्रको पाँचौँ दिन आज स्कन्दमाताको पूजा आराधना गरिँदै दुई तिहाइ बहुमत हुँदैमा सरकारका सबै निर्णय सही हुँदैनन् : अमरेश सिंह सुनचाँदीको मूल्यमा गिरावट, सुन तोलाको २ लाख ८८ हजार ४०० रुपैयाँ