2026-10-19 09:45 PM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

सामाजिक सञ्जालमा बालबालिकाका लागि उमेर हद तोक्न पद्मा अर्यालको आग्रह

2026-08-24

काठमाडौँ | नेकपा एमालेकी संसदीय दलकी उपनेता पद्मा अर्यालले बालबालिकालाई सामाजिक सञ्जाल प्रयोग सीमामा तोक्न प्रस्ताव गरेकी छन्। प्रतिनिधि सभाको बैठकमा बोल्दै बालबालिकालाई सामाजिक सञ्जाल प्रयोगको निम्ति अस्ट्रेलियाले उमेरको हद तोकेको उदाहरण दिँदै नेपालले ढिला गर्न नहुने बताइन्।

उनले भनिन्, ‘आज प्रविधिका माध्यमबाट, सामाजिक सञ्जालका माध्यमबाट हाम्रो समाजलाई विकृत बनाउने काम भएको छ। समाज धेरै अराजक बनेको छ। एउटै परिवारमा आमा–बाउसित छोरा–छोरी सँगै बसेर टिकटक हेर्ने स्थिति छैन। फेसबुक हेर्ने स्थिति छैन। यस्तो खालको अवस्था बनिरहेको छ। श्रीमतीको, श्रीमान्को झगडा हेरेर हामी रोमाञ्चित भएजस्तो गरिरहेका छौँ। आज धेरै श्रीमान्–श्रीमतीको सम्बन्धविच्छेद भएको छ। परिवार खण्डित भएको छ। समाज बिथोलिएको छ।’

उनले आज बालबच्चाको मौलिकता हराएको उनको बुझाइ छ। उनले थपिन्, ‘काम गर्ने जाँगर मरेको छ। कोठाभित्र बस्ने बानी परेको छ। साँच्चै भविष्य के हुन्छ भन्ने प्रश्न उठिरहेको छ। अस्ट्रेलियाले बालबालिकालाई सामाजिक सञ्जाल प्रयोगको निम्ति अस्ट्रेलियाले उमेर हद लगायो। अरू कयौँ मुलुकहरूले पनि छुट्टै खालको मापदण्ड बनाएर अगाडि बढिरहेका छन्, सीमा तोकेका छन्। अब हामीलाई पनि ढिला भएको छ।’

उनले सामाजिक सञ्जाल प्रयोगमा बालबच्चाको निम्ति मापदण्ड र वर्गीकरण निर्धारण गर्न सरकारलाई आग्रह गरिन्।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
युरोपका ६ देशमा प्रदर्शन चर्कियो, फ्रान्समा १८ सय पक्राउ, इटालीमा विद्यालय कब्जा दसैँमा काठमाडौँ उपत्यकाभित्र सशस्त्र प्रहरीको निःशुल्क बस सेवा कांग्रेसका ३५ वर्ष मुनिका ७ युवा केन्द्रीय सदस्यमा निर्वाचित मलेसिया जाने श्रमिकसँग अतिरिक्त शुल्क असुलेको आरोपमा चार जना पक्राउ बाढीले बगाएको आरुघाट पुलको मर्मत सुरु, दसैँअघि सञ्चालन गर्ने लक्ष्य कर्णालीमा नुहाउने क्रममा १२ वर्षीया बालिका बेपत्ता रोजगारीको मूल्य काम गरेको समयले होइन, आम्दानीले निर्धारण गर्छ : ओली खगेन्द्र सुनारको अडिओ प्रकरणमा रास्वपाले गठन गर्‍यो छानबिन समिति संसद् आरोप–प्रत्यारोपमा केन्द्रित हुँदा जनसरोकारका मुद्दा कमजोर बने : खुश्बु ओली भदौमा मात्रै भित्रियो २ खर्ब २१ अर्ब रुपैयाँ रेमिट्यान्स पोखरामा मोटरसाइकलको ठक्करबाट पैदलयात्रीसहित दुई जनाको मृत्यु देउवा पक्षको महाधिवेशनमा केन्द्रीय नेतादेखि सांसदसम्म स्वतः प्रतिनिधि हुने व्यवस्था काठमाडौँको रानीपोखरीमा पुरुषको शव फेला पढाउने भन्दै भारत लैजाँदै गरिएका २५ बालबालिका सीमाबाटै फर्काइए दसैँ मनाउन काठमाडौँ छाड्नेको संख्या साढे २ लाख नाघ्यो विरोध प्रदर्शनमा सहभागी भएपछि इमरान खानलाई भारत छोड्न आदेश कांग्रेस महाधिवेशन : केन्द्रीय कार्यसमितिको सम्पूर्ण नतिजा आज रातिसम्म आउने नवरात्रको पाँचौँ दिन आज स्कन्दमाताको पूजा आराधना गरिँदै दुई तिहाइ बहुमत हुँदैमा सरकारका सबै निर्णय सही हुँदैनन् : अमरेश सिंह सुनचाँदीको मूल्यमा गिरावट, सुन तोलाको २ लाख ८८ हजार ४०० रुपैयाँ