2026-09-18 10:16 PM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

प्रधानमन्त्री भन्ने पदको निजी जीवन हुँदैन : हर्कराज राई

2026-08-24

काठमाडौँ | श्रम संस्कृति पार्टीका अध्यक्ष हर्कराज राईले प्रधानमन्त्री बालेन्द्र साहको मुस्ताङ भ्रमणबारे संसदलाई जानकारी गराउन माग गरेका छन् । प्रतिनिधि सभाको सोमवारको बैठकमा बोल्दै उनले प्रधानमन्त्री जस्तो सार्वजनिक पदमा रहेका व्यक्तिको निजी जीवन नहुने टिप्पणी समेत गरे । उनले प्रधानमन्त्री एक्लै नभई सुरक्षा संयन्त्रसहित जाने भएकाले यसलाई पूर्ण रूपमा निजी भ्रमण भन्न नमिल्ने समेत बताए ।

मन्त्रिपरिषद् र संसदलाई समेत सूचना नदिई के खान जानुभएको हो ? अध्यक्ष राईले प्रश्न गरे । उनले फरक प्रसंगमा बोल्दै बलात्कार र हत्याको सम्बन्धमा दोषीलाई कारबाही हुने व्यवस्था थप बलियो बनाउनुपर्ने बताए । उनले कानुनसँग डर सिर्जना हुने वातावरण निर्माण गर्न नसके मुलुकलाई अराजकताले निल्न सक्ने चेतावनी समेत दिए ।

उनले भने, ‘प्रधानमन्त्रीज्यू निजी भ्रमणमा जानुभएको छ भन्ने कुरा आयो । प्रधानमन्त्री भन्ने पदको निजी जीवन हुँदैन । यो कुरा हेक्का राख्नुपर्छ । उहाँ एक्लै जानुभएको होइन । उहाँसँग सुरक्षा संयन्त्र आफैँमा सक्रिय भएर जाने गर्दछ । उहाँ मन्त्रिपरिषद् र संसदलाई समेत सूचना नदिई जानुभएको हो ? के खान जानुभएको हो ? मुस्ताङमा स्याउ पनि फलेको छैन होला अहिले । के चाख्न जानुभएको हो यो कुरा पनि उहाँले भन्नुपर्छ । सदनमा जवाफ दिनुपर्छ ।’

अध्यक्ष राईले मुलुकको विकास निर्माण र सुशासन कायम गर्ने कुरामा सरकारले पर्याप्त ध्यान दिन नसकेको आरोप पनि लगाए ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
मन्त्रिपरिषद् बैठकका ५ निर्णय सार्वजनिक नेप्से परिसूचक २२.८५ अंकले बढ्यो मन्त्रिपरिषद्बाट १३ देशका लागि राजदूत सिफारिस आफ्नो पुस्ताका लागि स्वदेशमै रोजगारी सिर्जना गर्न जेनजी सांसदलाई प्रधानमन्त्रीको आग्रह नेपाल कतै विदेशीहरूको खेलमैदान त बन्ने होइन? : माधवकुमार नेपाल मुर्रा भैँसी ल्याउने कुरा चानचुने थिएन : प्रचण्ड क्यानडा पठाइदिन्छु भन्दै रकम ठगी गरेको अभियोगमा २ जना पक्राउ माथिल्लो त्रिशूली थ्री एको टनेलबाट ६ शव निकालियो हुण्डी कारोबारमा संलग्न भएको आरोपमा दुई जना पक्राउ १५औँ महाधिवेशन नेतृत्व चयन मात्र होइन, आदर्श पुनःस्थापित गर्ने अवसर हो : गगन थापा मन्त्रिपरिषद्को बैठक बस्दै हामी १५औँ महाधिवेशनका लागि अगाडि बढिसक्यौँ : प्रकाशमान सिंह जिउँदो कुकुरलाई सेती नदीमा फाल्ने महिला पक्राउ सुनचाँदीको मूल्य बढ्यो भोटेकोशी बाढीमा मृतकको संख्या १,४१० पुग्यो, ५,१४५ बेपत्ता ९ लाख रुपैयाँ घुससहित नापी अधिकृत पक्राउ एलपी ग्यास प्रतिसिलिण्डर रु दुई हजार ६० मा बिक्री गर्न आग्रह गगन थापाको अपिल: एकताबद्ध भएर १५औँ महाधिवेशनमा सहभागी बनौँ नेप्से परिसूचक ११.९३ अंकले बढ्यो नेपालको राजनीतिक भविष्यको निर्णय गर्ने अधिकार केवल नेपाली जनतामा मात्र छ : आरेन राई