2026-10-19 06:02 PM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

प्रधानमन्त्री भन्ने पदको निजी जीवन हुँदैन : हर्कराज राई

2026-08-24

काठमाडौँ | श्रम संस्कृति पार्टीका अध्यक्ष हर्कराज राईले प्रधानमन्त्री बालेन्द्र साहको मुस्ताङ भ्रमणबारे संसदलाई जानकारी गराउन माग गरेका छन् । प्रतिनिधि सभाको सोमवारको बैठकमा बोल्दै उनले प्रधानमन्त्री जस्तो सार्वजनिक पदमा रहेका व्यक्तिको निजी जीवन नहुने टिप्पणी समेत गरे । उनले प्रधानमन्त्री एक्लै नभई सुरक्षा संयन्त्रसहित जाने भएकाले यसलाई पूर्ण रूपमा निजी भ्रमण भन्न नमिल्ने समेत बताए ।

मन्त्रिपरिषद् र संसदलाई समेत सूचना नदिई के खान जानुभएको हो ? अध्यक्ष राईले प्रश्न गरे । उनले फरक प्रसंगमा बोल्दै बलात्कार र हत्याको सम्बन्धमा दोषीलाई कारबाही हुने व्यवस्था थप बलियो बनाउनुपर्ने बताए । उनले कानुनसँग डर सिर्जना हुने वातावरण निर्माण गर्न नसके मुलुकलाई अराजकताले निल्न सक्ने चेतावनी समेत दिए ।

उनले भने, ‘प्रधानमन्त्रीज्यू निजी भ्रमणमा जानुभएको छ भन्ने कुरा आयो । प्रधानमन्त्री भन्ने पदको निजी जीवन हुँदैन । यो कुरा हेक्का राख्नुपर्छ । उहाँ एक्लै जानुभएको होइन । उहाँसँग सुरक्षा संयन्त्र आफैँमा सक्रिय भएर जाने गर्दछ । उहाँ मन्त्रिपरिषद् र संसदलाई समेत सूचना नदिई जानुभएको हो ? के खान जानुभएको हो ? मुस्ताङमा स्याउ पनि फलेको छैन होला अहिले । के चाख्न जानुभएको हो यो कुरा पनि उहाँले भन्नुपर्छ । सदनमा जवाफ दिनुपर्छ ।’

अध्यक्ष राईले मुलुकको विकास निर्माण र सुशासन कायम गर्ने कुरामा सरकारले पर्याप्त ध्यान दिन नसकेको आरोप पनि लगाए ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
युरोपका ६ देशमा प्रदर्शन चर्कियो, फ्रान्समा १८ सय पक्राउ, इटालीमा विद्यालय कब्जा दसैँमा काठमाडौँ उपत्यकाभित्र सशस्त्र प्रहरीको निःशुल्क बस सेवा कांग्रेसका ३५ वर्ष मुनिका ७ युवा केन्द्रीय सदस्यमा निर्वाचित मलेसिया जाने श्रमिकसँग अतिरिक्त शुल्क असुलेको आरोपमा चार जना पक्राउ बाढीले बगाएको आरुघाट पुलको मर्मत सुरु, दसैँअघि सञ्चालन गर्ने लक्ष्य कर्णालीमा नुहाउने क्रममा १२ वर्षीया बालिका बेपत्ता रोजगारीको मूल्य काम गरेको समयले होइन, आम्दानीले निर्धारण गर्छ : ओली खगेन्द्र सुनारको अडिओ प्रकरणमा रास्वपाले गठन गर्‍यो छानबिन समिति संसद् आरोप–प्रत्यारोपमा केन्द्रित हुँदा जनसरोकारका मुद्दा कमजोर बने : खुश्बु ओली भदौमा मात्रै भित्रियो २ खर्ब २१ अर्ब रुपैयाँ रेमिट्यान्स पोखरामा मोटरसाइकलको ठक्करबाट पैदलयात्रीसहित दुई जनाको मृत्यु देउवा पक्षको महाधिवेशनमा केन्द्रीय नेतादेखि सांसदसम्म स्वतः प्रतिनिधि हुने व्यवस्था काठमाडौँको रानीपोखरीमा पुरुषको शव फेला पढाउने भन्दै भारत लैजाँदै गरिएका २५ बालबालिका सीमाबाटै फर्काइए दसैँ मनाउन काठमाडौँ छाड्नेको संख्या साढे २ लाख नाघ्यो विरोध प्रदर्शनमा सहभागी भएपछि इमरान खानलाई भारत छोड्न आदेश कांग्रेस महाधिवेशन : केन्द्रीय कार्यसमितिको सम्पूर्ण नतिजा आज रातिसम्म आउने नवरात्रको पाँचौँ दिन आज स्कन्दमाताको पूजा आराधना गरिँदै दुई तिहाइ बहुमत हुँदैमा सरकारका सबै निर्णय सही हुँदैनन् : अमरेश सिंह सुनचाँदीको मूल्यमा गिरावट, सुन तोलाको २ लाख ८८ हजार ४०० रुपैयाँ