2026-09-18 10:17 PM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

घरेलु श्रमलाई औपचारिकरण गर्ने दिशामा सरकार अघि बढ्दैछ : श्रममन्त्री यादव

2026-08-25

काठमाडौँ | युवा, श्रम तथा रोजगारमन्त्री रामजी यादवले सरकारले घरेलु श्रमलाई नियमन गर्दै औपचारिकरण गर्ने दिशामा काम अघि बढाइरहेको बताउनुभएको छ । मंगलबार सिंहदरबारमा बसेको प्रतिनिधि सभाको उद्योग तथा वाणिज्य र श्रम तथा उपभोक्ता हित समितिको बैठकमा मन्त्री यादवले घरेलु श्रमलाई नियमन र औपचारिकरण गर्ने विषयमा नेपाल दक्षिण एसियामै अग्रणी बन्ने दिशामा अघि बढिरहेको बताउनुभयो । उहाँले घरेलु श्रमलाई औपचारिक बनाउने विषयमा कुनै एक पक्षको धारणा मात्रै सुनेर निर्णय गर्न नहुने बताउँदै श्रमिक, रोजगारदाता तथा सरोकारवाला सबै पक्षसँग व्यापक छलफल आवश्यक रहेको उल्लेख गर्नुभयो ।

घरेलु श्रमिकको अनुगमन तथा सुरक्षाका लागि प्रभावकारी संयन्त्र निर्माण गर्नु चुनौतीपूर्ण रहेको उहाँको भनाइ थियो । सरकारले प्रत्येक घरमा पुगेर श्रमिकको अवस्था अनुगमन गर्नसक्ने संयन्त्र तत्काल उपलब्ध नभएकाले घरेलु श्रमलाई औपचारिकरण गर्ने प्रक्रियामा थप गृहकार्य आवश्यक रहेको मन्त्री यादवले बताउनुभयो । “हामी दक्षिण एसियामै पहिलोपटक डोमेस्टिक वर्कलाई रेगुलेसन र फर्मलाइजेसन गरेर जाने देश बन्ने दिशामा छौँ,” उहाँले भन्नुभयो, “यस विषयमा व्यापक छलफल हुनुपर्छ । एक पक्षको कुरा सुनेर मात्र निर्णय गर्नुभन्दा सर्वपक्षीय छलफल आवश्यक छ ।”

मन्त्री यादवले घरेलु श्रमिकको सुरक्षालाई समेत प्राथमिकतामा राखेर कानुनी तथा संस्थागत व्यवस्था गर्नुपर्ने बताउनुभयो । सरकारले घरघरमा पुगेर श्रमिकको अवस्थाबारे अनुगमन गर्ने संयन्त्र निर्माण गर्न सहज नभएको भन्दै औपचारिकरणको प्रक्रियामा केही समय लाग्न सक्ने उहाँले स्पष्ट पार्नुभयो । त्यस्तै, मन्त्री यादवले श्रमिकको न्यूनतम पारिश्रमिक तत्काल पुनरावलोकन गर्न नसकिने स्पष्ट पार्नुभयो । श्रम ऐन, २०७४ मा न्यूनतम पारिश्रमिक प्रत्येक दुई वर्षमा एकपटक निर्धारण गर्न सकिने व्यवस्था रहेकाले तत्काल नयाँ पारिश्रमिक तोक्न नसकिने उहाँको भनाइ थियो । उहाँका अनुसार आगामी वैशाखदेखि असारसम्म नयाँ न्यूनतम पारिश्रमिक निर्धारण गर्ने विषयमा छलफल गर्न सकिनेछ । ऐन संशोधन गरेर न्यूनतम पारिश्रमिक वार्षिक रूपमा निर्धारण गर्ने व्यवस्था आवश्यक भए त्यस विषयमा सरोकारवालासँग छलफल गर्न सकिने उहाँले बताउनुभयो ।

सरकारी प्रतिष्ठानले समेत श्रमसम्बन्धी कानुन पूर्ण रूपमा कार्यान्वयन नगरेको विषयमा मन्त्री यादवले श्रम ऐन निर्माणकै क्रममा सरकारी प्रतिष्ठानलाई पनि कारबाही गर्नसक्ने स्पष्ट व्यवस्था राख्नुपर्ने आवश्यकता रहेको बताउनुभयो । हालको कानुनी व्यवस्थाका कारण सरकारी प्रतिष्ठानलाई कारबाही गर्न कठिनाइ रहेको उहाँको भनाइ थियो । मन्त्री यादवले सरकारले आउटसोर्सिङ कम्पनीलाई सीमित र व्यवस्थित गर्न खोजिरहेको पनि बताउनुभयो । मुलुकमा रोजगारी सिर्जना गर्न आउटसोर्सिङ कम्पनीहरूको भूमिका महत्वपूर्ण रहेको भन्दै उहाँले सरकारले मात्रै रोजगारी सिर्जना गर्न नसक्ने उल्लेख गर्नुभयो । “मुलुकमा रोजगारी सिर्जना गर्न आउटसोर्सिङ कम्पनीहरू महत्वपूर्ण छन् । सरकार एक्लैले रोजगारी दिन सक्दैन,” उहाँले भन्नुभयो, “आउटसोर्सिङ कम्पनीमार्फत रोजगारी सिर्जना गर्ने भएकाले तिनलाई व्यवस्थित बनाउने विषयमा सरकार प्रतिबद्ध छ ।”

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
मन्त्रिपरिषद् बैठकका ५ निर्णय सार्वजनिक नेप्से परिसूचक २२.८५ अंकले बढ्यो मन्त्रिपरिषद्बाट १३ देशका लागि राजदूत सिफारिस आफ्नो पुस्ताका लागि स्वदेशमै रोजगारी सिर्जना गर्न जेनजी सांसदलाई प्रधानमन्त्रीको आग्रह नेपाल कतै विदेशीहरूको खेलमैदान त बन्ने होइन? : माधवकुमार नेपाल मुर्रा भैँसी ल्याउने कुरा चानचुने थिएन : प्रचण्ड क्यानडा पठाइदिन्छु भन्दै रकम ठगी गरेको अभियोगमा २ जना पक्राउ माथिल्लो त्रिशूली थ्री एको टनेलबाट ६ शव निकालियो हुण्डी कारोबारमा संलग्न भएको आरोपमा दुई जना पक्राउ १५औँ महाधिवेशन नेतृत्व चयन मात्र होइन, आदर्श पुनःस्थापित गर्ने अवसर हो : गगन थापा मन्त्रिपरिषद्को बैठक बस्दै हामी १५औँ महाधिवेशनका लागि अगाडि बढिसक्यौँ : प्रकाशमान सिंह जिउँदो कुकुरलाई सेती नदीमा फाल्ने महिला पक्राउ सुनचाँदीको मूल्य बढ्यो भोटेकोशी बाढीमा मृतकको संख्या १,४१० पुग्यो, ५,१४५ बेपत्ता ९ लाख रुपैयाँ घुससहित नापी अधिकृत पक्राउ एलपी ग्यास प्रतिसिलिण्डर रु दुई हजार ६० मा बिक्री गर्न आग्रह गगन थापाको अपिल: एकताबद्ध भएर १५औँ महाधिवेशनमा सहभागी बनौँ नेप्से परिसूचक ११.९३ अंकले बढ्यो नेपालको राजनीतिक भविष्यको निर्णय गर्ने अधिकार केवल नेपाली जनतामा मात्र छ : आरेन राई