2026-09-18 10:18 PM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

बालेनलाई सुदन किरातीको कटाक्ष– ‘देशको चाबी दिएँ, ड्राइभर एम्बुलेन्सको परेछ’

2026-08-25

काठमाडौँ | श्रम संस्कृति पार्टीका वरिष्ठ नेता सुदन किरातीले प्रधानमन्त्री बालेन्द्र शाहको कार्यशैलीमाथि कटाक्ष गर्दै उनलाई ट्राफिक नियम नमान्ने एम्बुलेन्स चालकसँग तुलना गरेका छन्। इलाम नगरपालिका-५ बरबोटेमा आयोजित पार्टीको जनहातेमालो कार्यक्रमलाई सम्बोधन गर्दै उनले जनताले अमूल्य मत दिएर देशको चाबी सुम्पे पनि प्रधानमन्त्रीले स्वेच्छाचारी ढंगले राज्य चलाउन खोजेको आरोप लगाए।

प्रधानमन्त्री बालेन्द्र शाहले नियम-कानुनको धज्जी उडाएको बताउँदै नेता किरातीले भने, ‘नागरिकले देशकै चाबी बालेनको हातमा दिए। तर, ड्राइभर चाहिँ एम्बुलेन्सको परेछ। न ट्राफिक लाइट हेर्ने, न अर्काको लेनको ख्याल गर्ने, जहाँ पायो त्यहीँ छिर्ने र जता मन लाग्यो त्यतै पार्किङ गर्ने काम भइरहेको छ।’

सार्वभौम नागरिकले चुनेको नेतृत्वले देशको प्रचलित विधि र कानुनको अनिवार्य पालना गर्नुपर्ने उनले बताए। पछिल्लो समय प्रधानमन्त्री बालेनले मुस्ताङ र पोखरा भ्रमणका क्रममा समेत ट्राफिक नियम उल्लंघन गरेको भन्दै आलोचना भइरहेको सन्दर्भ उल्लेख गर्दै किरातीले अब देशको बागडोर श्रम संस्कृति पार्टीले सम्हाल्नुपर्ने दाबी गरे। आउने प्रदेश तथा स्थानीय निर्वाचनमा जनताले यो गाडीको चाबी श्रम संस्कृति पार्टीलाई दिने वातावरण बनाउनुपर्ने भन्दै उनले सरकार शासक नभई जनताको सच्चा सेवक हुनुपर्ने धारणा राखे।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
मन्त्रिपरिषद् बैठकका ५ निर्णय सार्वजनिक नेप्से परिसूचक २२.८५ अंकले बढ्यो मन्त्रिपरिषद्बाट १३ देशका लागि राजदूत सिफारिस आफ्नो पुस्ताका लागि स्वदेशमै रोजगारी सिर्जना गर्न जेनजी सांसदलाई प्रधानमन्त्रीको आग्रह नेपाल कतै विदेशीहरूको खेलमैदान त बन्ने होइन? : माधवकुमार नेपाल मुर्रा भैँसी ल्याउने कुरा चानचुने थिएन : प्रचण्ड क्यानडा पठाइदिन्छु भन्दै रकम ठगी गरेको अभियोगमा २ जना पक्राउ माथिल्लो त्रिशूली थ्री एको टनेलबाट ६ शव निकालियो हुण्डी कारोबारमा संलग्न भएको आरोपमा दुई जना पक्राउ १५औँ महाधिवेशन नेतृत्व चयन मात्र होइन, आदर्श पुनःस्थापित गर्ने अवसर हो : गगन थापा मन्त्रिपरिषद्को बैठक बस्दै हामी १५औँ महाधिवेशनका लागि अगाडि बढिसक्यौँ : प्रकाशमान सिंह जिउँदो कुकुरलाई सेती नदीमा फाल्ने महिला पक्राउ सुनचाँदीको मूल्य बढ्यो भोटेकोशी बाढीमा मृतकको संख्या १,४१० पुग्यो, ५,१४५ बेपत्ता ९ लाख रुपैयाँ घुससहित नापी अधिकृत पक्राउ एलपी ग्यास प्रतिसिलिण्डर रु दुई हजार ६० मा बिक्री गर्न आग्रह गगन थापाको अपिल: एकताबद्ध भएर १५औँ महाधिवेशनमा सहभागी बनौँ नेप्से परिसूचक ११.९३ अंकले बढ्यो नेपालको राजनीतिक भविष्यको निर्णय गर्ने अधिकार केवल नेपाली जनतामा मात्र छ : आरेन राई