२० मंसिर २०८२, शुक्रबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

बैदेशिक रोजगार

मलेसिया रोजगारमा सिण्डिकेट स्वीकार्य छैन: नेपाल वैदेशिक रोजगार संघ (भिडियो सहित)

२ जेष्ठ २०८२, बिहीबार ०७:५२

काठमाडौं । मलेसियाको रोजगारीमा सिन्डिकेट खडा गर्न लागेको बिरुद्ध नेपाल वैदेशिक रोजगार व्यवसायी संघले आज काठमाडौँमा व्यावसायीहरुको भेला आयोजना गरेको छ । सिन्डिकेटधारी पक्षले सेटिङ मिलाएर सिन्डिकेट लगाउने अन्तिम कसरत गरिरहेको बिषयमा ब्यापक विषय बाहिर आएपछि नेपाल वैदेशिक रोजगार व्यवसायीसंघले त्यसको बिरुद्ध हस्ताक्षर अभियाननै सुरु गरेको हो ।

कार्यक्रममा नेपाल वैदेशिक रोजगार व्यवसायी संघका अध्यक्ष भुवनसिंह गुरुङले मलेसियामा जबरजस्ती सिण्डिकेट लाद्न खोजिएकोप्रति गम्भीर आपत्ति जनाए ।हात मा कालो पट्टि बाँधेर सुरु भएको उक्त बिरोध कार्यक्रममा बोल्दै व्यवसायीहरुले सिण्डिकेट कुनै हालतमा स्वीकार्य नहुने धारणा राखे ।

कार्यक्रममा अध्यक्ष गुरुङले सीमित म्यानपावर कम्पनीहरूलाई मात्र मलेसियामा कामदार पठाउने अनुमति दिने प्रयास भइरहेको उल्लेख गर्दै, यस्तो सिण्डिकेट प्रणालीले श्रम बजारमा असमान प्रतिस्पर्धा सिर्जना गर्ने बताए । उनले भने, “हामी जबरजस्ती सिण्डिकेट लाद्नेलाई रोक्न तयार छौं ।” उनले अगाडी भने ‘तपाईसँग कुनै तथ्य भए हामीलाई पठाउनुस् हामी बोल्नुपर्ने ठाउँमा गएर बोल्छौ ।’

संघले आयोजना गरेको कार्यक्रममा बक्ताहरुले मलेसिया मेडिकलमा सिन्डिकेट लगाउने मुख्य माफियानै हाल मलेसिया रोजगारमा सिन्डिकेट लगाउन प्रयास गरिरहेका मुख्य माफिया रहेको खुलाशा गरेका छन् । सिन्डिकेट लगाउन बंगलादेशी नागरिक अमिन र नेपालका एजेन्ट कैलाश खड्का मिलेर सिण्डिकेटको योजना बनाएको आरोप व्यवसायीको छ ।

पूर्व अध्यक्ष रोहन गुरुङले पनि व्यवसायीहरूलाई सिण्डिकेटविरुद्ध एकजुट हुन आग्रह गर्दै, यस्तो प्रवृत्तिले अन्य देशमा पनि असर पार्ने खतरा रहेको चेतावनी दिए ।

स्वास्थ्य परीक्षणको सन्दर्भमा समेत पहिलेजस्तै सिण्डिकेट मोडल दोहोरिन खोजिएको संघले ध्यानाकर्षण गरेको छ । हाल ३६ वटा स्वास्थ्य संस्थामार्फत मात्र मलेसिया जाने श्रमिकको परीक्षण हुने व्यवस्थाको पनि संघले विरोध गरेको छ ।

संघले श्रम मन्त्रालय, परराष्ट्र मन्त्रालय तथा मलेसियास्थित सम्बन्धित निकायहरूको गम्भीर ध्यानाकर्षण गराउँदै सिण्डिकेटका कुनै पनि स्वरूपलाई मान्यता नदिने चेतावनी दिएको छ । साथै, यसले आम व्यवसायीमा अन्योल र चिन्ता बढाएको भन्दै संघले आन्तरिक अनुसन्धान थालेको जनाएको छ ।

व्यवसायहरुका अनुसार नेपाली र मलेसियन गिरोहबीच अरबौं रुपैयाँको सिण्डिकेट डिल भएको आशंका छ, जसअन्तर्गत नेपालबाट एक अर्ब रुपैयाँ संकलन भइसकेको छ । यस्ता गैरकानुनी गतिविधिका विरुद्ध कडा कारबाही गरिने संघले जनाएको छ ।

संघले आगामी शुक्रबारसम्म सिन्डिकेटको बिपक्षमा रहेको स्वीकार गरेर संघलाई प्रतिबद्धता व्यक्त गर्न सबै व्यावसायीहरुलाई सर्कुलर समेत जारी गरेको छ | संघको आजको कार्यक्रम मार्फत २०० भन्दा बढी म्यानपावर व्यावसायीले सिन्डिकेट बिरुद्ध प्रतिबद्दता सहित हस्ताक्षर गरेका छन् ।

भिडियो हेर्नुहोस् 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
एनपिएलः लुम्बिनीलाई एक सय ३३ रनको लक्ष्य गौरीघाट पुलमा सवारीसाधन रोक्न सिँढी निर्माण निर्वाचन आयोगका पदाधिकारीसहितको सर्वपक्षीय बैठक बालुवाटारमा सुरु सभापति देउवा र अध्यक्ष ओलीबीच भेटवार्ता एमालेको महाधिवेशनलाई एकताको महाधिवेशन बनाउनुपर्छ: उपाध्यक्ष थापा भेदभावमुक्त समाज निर्माणका लागि निरन्तर लागिरहनुपर्छः प्रधानमन्त्री कार्की भारतलाई इन्धन आपूर्ति जारी राख्ने पुटिनको आश्वासन एनपिएलः जनकपुर टस जितेर ब्याटिङमा प्रधानमन्त्री कार्कीसँग राजदूत तोरुको शिष्टाचार भेट एनपिएलः ‘प्लेअफ’को सम्भावनामा चार टिम, आजको खेल कति महत्वपूर्ण ? इन्डिगो उडान रद्द हुँदा भारतीय विमानस्थलमा अव्यवस्था अमेरिकी व्यापार दबाबपछि भारतले ब्याज दर घटायो सवारी चालक र सहचालकप्रति हेर्ने दृष्टिकोण सकारात्मक हुनुपर्छः मन्त्री गुप्ता मानसिक स्वास्थ्य सुधारका लागि मनोपरामर्शसँगै आध्यात्मिक जीवनशैली उपयोगी हुन्छः स्वास्थ्यमन्त्री गौतम विभिन्न संस्थान र निकायमा सरकारको नौ खर्ब ३० अर्ब लगानी दिल्लीमा मोदी–पुटिन भेट : रणनीतिक साझेदारीको नयाँ चरण प्रधानमन्त्री कार्कीको आह्वानमा आज सर्वपक्षीय बैठक बस्दै अस्ट्रेलियामा चार अर्ब ६० करोड डलरको एआई केन्द्र आज अन्तरराष्ट्रिय स्वयंसेवक दिवस, विश्व माटो दिवस पनि आजै समानुपातिक निर्वाचन प्रणालीतर्फ भाग लिने दलहरूलाई निवेदन दिन आह्वान