२०८३, १५ जेष्ठ शुक्रबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

मुख्य समाचार

युक्रेनलाई प्रत्यक्ष वार्ताको प्रस्ताव गरेर आफै वार्तामा नजाने भए पुटिन

२०८२, २ जेष्ठ बिहीबार ११:४६

काठमाडौँ । युक्रेनलाई प्रत्यक्ष वार्ताको प्रस्ताव गरेका रूसी राष्ट्रपति भ्लादिमिर पुटिन आफै भने वार्तामा नजाने भएका छन्। पुटिनले तेस्रो पक्षको मध्यस्थतामा भन्दा प्रत्यक्ष वार्ताबाट समस्या समाधान गर्ने युक्रेनी राष्ट्रपति भोलोदिमिर जेलेन्स्कीलाई प्रस्ताव गरेका थिए।उनले बिहीबार टर्कीको इस्तानबुलमा वार्तामा बस्ने प्रस्ताव गरेका थिए।

युक्रेनलाई प्रत्यक्ष वार्ता गरेर पुटिन आफै भने इस्तानबुल नजाने भएको क्रेमिलिनलाई उद्धृत गर्दै अन्तर्राष्ट्रिय सञ्चारमाध्यमहरूले लेखेका छन्। इस्तानबुल जाने वार्ता टोलीमा राष्ट्रपति पुटिनको नाम नरहेको अमेरिकी मिडिया सिएनएनले जनाएको छ। क्रेमलिनले तयार पारेको सूचीमा वार्ता टोलीको नेतृत्व पुटिनका मुख्यमध्येका सहयोगी तथा देशका सुप्रिम काउन्सिल ब्युरोका सदस्य भ्लादिमिर मेडिन्स्कीले गर्ने भनिएको छ।

युक्रेनबाट राष्ट्रपति भोलोदिमर जेलेन्स्की नेतृत्वकै प्रतिनिधिमण्डल जाने सम्भावना उच्च थियो भनेर अन्तर्राष्ट्रिय सञ्चारमाध्यमहरूले जनाएका छन्। पुटिनले वार्ताको प्रस्ताव गरेपछि अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले जेलेन्स्कीलाई उक्त प्रस्ताव स्वीकार गर्न आग्रह गरेका थिए। सोही अनुसार जेलेन्स्कीले इस्तानबुलमा बिहीबार वार्ता गर्ने पुटिनको प्रस्तावलाई स्वीकार गरेका थिए। वार्तामा दीगो शान्ति स्थापना र युद्धका मुख्य कारण पहिल्याएर त्यसको समाधान खोज्ने भनिएको थियो।

मंगलबार जेलेन्स्कीले वार्तामा युद्धविराम बाहेकका विषयमा छलफल नहुने बताएका थिए। लगत्तै पुटिनले पनि नयाँ युद्धविरामबारे छलफल हुनसक्ने भनेका थिए। तर युद्धको मुख्य कारण प्राथमिकतामा रहने भनेका थिए। पुटिन आफै वार्तामा नजाने भएपछि इस्तानबुलका प्रस्तावित वार्ता नै अनिश्चित बनेको सिएनएनले जनाएको छ। जेलेन्स्कीले आफू इस्तानबुल आउन तयार भएको तर रुसबाट पुटिन आफै सहभागी हुनुपर्ने बताएका थिए। उनले रूसका अरू प्रतिनिधिहरूलाई नभेट्ने पनि बताएका थिए। ‘रूसको सबै कुरा पुटिनमा निर्भर रहन्छ,’ उनले भनेका थिए।

खाडी मुलुकको भ्रमणमा रहेका ट्रम्पले युक्रेन र रूसको वार्तामा दबाब दिँदै परिस्थितिवश आफू सहभागी हुन नसकेको भनेका छन्। उनले आफ्नो उपस्थितिमा जेलेन्स्की र पुटिन दुवै खुशी हुने दाबी गरेका छन्। जेलेन्स्कीले वार्तामा ट्रम्प उपस्थित भए युक्रेन कृतज्ञ हुने भनेर ट्रम्पको भनाइमा सहमति जनाए। तर प्रस्ताव गरे आफै वार्तामा नजाने भएपछि पुटिनको झुलाउने रणनीति पुनः एकपटक देखिएको बताए। यसले उनी शान्तिको पक्षमा नरहेको देखिएको पनि सिएनएनले लेखेको छ।

 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
आगामी वर्षको बजेट २१ खर्ब २४ अर्ब कर्मचारीको तलबमा २१ प्रतिशत बृद्धि शिक्षा क्षेत्रका लागि सरकारले छुट्यायो २१८ अर्ब बजेट स्वीकृत परियोजनाको अध्ययन तथा अनुसन्धानका लागि लगानी भिसा उपलब्ध गराइनेछ: अर्थमन्त्री वाग्ले सिद्धार्थ राजमार्गलाई अन्तर्राष्ट्रिय स्तरको बनाइने डिजिटल भुक्तानी गर्दा १० प्रतिशत भ्याट छुट दिने गरिब र गरिबी फरक कुरा हो : गगन थापा सिंहदरबारमा मन्त्रिपरिषद् बैठक सुरु ग्रामीण अर्थतन्त्रको पुनर्जीवनलाई सरकारले उच्च प्राथमिकतामा राखेको छ : कृषिमन्त्री चौधरी जनतालाई केन्द्र विन्दुमा राखेर गरिने अभ्यासले मात्र गणतन्त्रलाई थप सुदृढ र परिपक्व बनाउँछ: यामलाल कँडेल मानव अधिकार आयोगको प्रारम्भिक प्रतिवेदन सार्वजनिक भएको छ, यो अत्यन्तै महत्वको छ: राजेन्द्र लिङ्देन संविधान, लोकतन्त्र र गणतन्त्रको रक्षा हामी सबैको पहिलो जिम्मेवारी हो: प्रचण्ड राष्ट्रपति पौडेलले गरे गणतन्त्र दिवसमा विशेष सम्बोधन सुनचाँदीको मूल्यमा वृद्धि कांग्रेसले संसद्‌मा पार्टीको भूमिका थप प्रभावकारी बनाउने स्वदेशमै उच्च शिक्षा अध्ययन गर्ने विद्यार्थी बढे यो सरकारसँग जनता निराश हुन थालिसके : कांग्रेस एक खर्ब ८१ अर्बको पेट्रोलियम पदार्थ आयात मोटरसाइकल दुर्घटनामा युवकको मृत्यु कांग्रेस संसदीय दलको बैठक सुरु