३० मंसिर २०८२, सोमबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

मुख्य समाचार

भारत सरकारले हामीलाई कुनै प्रकारका भन्सार कर/शुल्क नलगाउने प्रस्ताव गरेको छ :राष्ट्रपति ट्रम्प

२ जेष्ठ २०८२, बिहीबार १५:४७

अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले भारतले अमेरिकाबाट आयात हुने सामानमा सबै प्रकारका भन्सार कर हटाउने प्रस्ताव गरेको दाबी गरेका छन् ।

“भारत सरकारले हामीलाई कुनै शुल्क नलगाउने प्रस्ताव गरेको छ,” ट्रम्पले दोहामा आयोजित एक कार्यक्रम भने । भारत र अमेरिका हाल व्यापार सम्झौता गर्न वार्तामा जुटिरहेका छन् ।

ट्रम्पको भनाइमा भारत सरकारको भनिएको प्रस्तावबारे दिल्लीले अहिलेसम्म कुनै प्रतिक्रिया दिएको छैन । बीबीसीले यसबारे टिप्पणीका लागि भारतको वाणिज्य मन्त्रालयसँग सम्पर्क गरे पनि उक्त प्रस्तावित सम्झौताबारे थप विवरण हालसम्म सार्वजनिक गरिएको छैन । दोहामा व्यवसायीहरूका साथ आयोजित एक कार्यक्रममा बोल्दै ट्रम्पले अमेरिकाको बोइङ जेटलगायत कतारसँग भएका विभिन्न सम्झौताको घोषणा पनि गरे ।

ट्रम्पको उक्त टिप्पणी एप्पल कम्पनीले भारतमा आईफोन उत्पादन गर्ने योजनाबारे कुराकानी गर्दै गर्दा आएको हो ।
उनले एप्पलका सीईओ टिम कुकलाई भनेको उल्लेख गर्दै भने, “मैले टिमलाई भनेँ– तिमीहरूलाई भारतमा कारखाना बनाऊ भन्न चाहन्नँ । भारत त संसारकै सबैभन्दा धेरै कर लगाउने देशमध्ये एक हो ।”

उनले थपे, “भारत हामीसँग यस्तो सम्झौता गर्न खोज्दै छ जसअनुसार उनीहरूले कुनै कर नलगाउने सहमति जनाएका छन् । मैले यो कुरा टिमलाई भनेँ– हामी तिमीलाई साँच्चिकै राम्रो व्यवहार गरिरहेका छौँ, तिमीले चीनमा धेरै कारखाना बनाएको कुरा हामीले वर्षौंदेखि सह्यौँ । अब तिमी भारतमा निर्माण गर्ने कुरा पनि म चाहन्नँ । भारत त्यो आफैँ गर्न सक्छ ।”

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
एनपीएल–२ : लुम्बिनीले जित्यो उपाधि राजनीतिक सङ्क्रमण अन्त्य गर्दै समयमा निर्वाचन सम्पन्न गराउनुपर्छ: महामन्त्री बुर्लाकोटी विगतका गल्तीबाट शिक्षा लिँदै एकीकृत पार्टी बनाउन लागेका छौँ: संयोजक प्रचण्ड एनपिएल ःसुदूरपश्चिमले लुम्बिनीलाई दियो ८६ रनको सामान्य लक्ष्य सुदूरपश्चिमविरुद्ध रोहित पौडेलले लिए ह्याट्रिक विकेट एसिया कप क्रिकेटः नेपाल श्रीलङ्कासँग पराजित केपी शर्मा ओलीले एमाले अजम्बरी रहेको बताए एमाले महाधिवेशनको भव्य उद्घाटन अमेरिकामा मौसमी फ्लु प्रकोप ः अस्पताल भर्ना र मृत्युको सङ्ख्या बढ्दो मेसीलाई हेर्न नपाएपछि कोलकोतामा फ्यानहरुको हङ्गामा ट्रम्पको मध्यस्थता पछि पनि थाइल्यान्ड–कम्बोडिया तनाव कायमै विद्यालयलाई ४२ थान कम्युटर प्रदान थाइल्याण्ड–कम्बोडिया सीमा विवादः हवाई आक्रमण जारी एमाले महाधिवेशनस्थलमा कार्यकर्ताको भीड एनपिएलले नेपाल शान्त, सुन्दर र सक्षम छ भन्ने सन्देश दिएको छ : प्रधानमन्त्री सपना बोकेर गोवा पुगेका सविन नाइटक्लबमै अस्ताए एनपिएल : उपाधिका लागि सुदूरपश्चिम र लुम्बिनी भिड्दै एमालेको ११औँ महाधिवेशन आजदेखि सुरु हुँदै पूर्वराजाको ‘भान्जा’ भन्दै ४८ जनालाई ठगी गर्ने सिंह पक्राउ, यसअघि नै दर्ता भएका थिए सात मुद्दा नवनियुक्त भूमिमन्त्रीद्वारा पदवहाली