२२ मंसिर २०८२, आईतवार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

राजनीति

पुटिन वार्तामा नहुनुमा आफू आश्चर्यचकित नभएको भन्दै ट्रम्पले भने, “यदि म जाँदिनँ भने उहाँ किन जानुहुन्छ?

२ जेष्ठ २०८२, बिहीबार १७:०६

अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले प्रत्यक्ष रूस–युक्रेन वार्ताका लागि टर्की जान सक्ने बताएका छन् । “तपाईंलाई थाहा छ, यदि केही भयो भने, यदि उचित भयो भने म शुक्रबार जानेछु”, ट्रम्पले कतारमा भने, “हामी विश्वलाई मनोवैज्ञानिक रूपमा मद्दत गर्न सक्छौँ । त्यसैले हामीलाई लाग्छ कि हामी रुस/युक्रेनसँग राम्रो गर्न जाँदैछौँ ।”उनले एक दिनअघि रुसी राष्ट्रपति भ्लादिमिर पुटिन आएमा वार्ताका लागि टर्की जाने बताएका थिए ।

युक्रेनी राष्ट्रपति भोलोदिमर जेलेन्स्कीले पुटिनलाई आउन उनी शान्तिका बारेमा गम्भीर रहेको छु भन्ने प्रमाणित गर्न आह्वान गरेको भए पनि रूसले त्यसको सट्टा कनिष्ठ प्रतिनिधिमण्डल पठाउँदैछ ।पुटिन अनुपस्थित हुनुमा आफू आश्चर्यचकित नभएको भन्दै ट्रम्पले भने, “यदि म जाँदिनँ भने उहाँ किन जानुहुन्छ ?” पदभार सम्हालेपछि ट्रम्पले तुरुन्तै युद्ध अन्त्य गर्ने वाचा गरेका थिए तर रूसले युक्रेनले समर्थन गरेको ३० दिनको बिना शर्त युद्धविरामको अमेरिकी प्रस्तावलाई अस्वीकार गरेको थियो ।

युक्रेन र अमेरिकी प्रशासनबीचको सम्बन्ध सुधारिएको भए पनि कतारमा फेरि ट्रम्पले जेलेन्स्कीका बारेमा हेपेर बोलेका थिए । जेलेन्स्कीले पूर्व अमेरिकी राष्ट्रपति जो बाइडेनसँग अर्बौं डलर सैन्य सहायता प्राप्त गर्न नजिकबाट काम गरेका थिए । “मलाई लाग्छ उहाँ सायद इतिहासकै सबैभन्दा महान् सेल्समेन हुनुहुन्छ”, ट्रम्पले जेलेन्स्कीको बारेमा भने । जेलेन्स्कीको फेब्रुअरी २८ मा ह्वाइट हाउसमा ट्रम्प र उपराष्ट्रपति जेडी भान्ससँग तनावपूर्ण भिडन्त भएको थियो ।

आफ्नो प्रशासनले कसरी युक्रेनलाई सैन्य सहायता कटौती गरेको छ भनेर उल्लेख गर्दै ट्रम्पले भने, “यो यति सजिलो थियो, बच्चाबाट क्यान्डी लिनु जस्तै ।” अमेरिकी राष्ट्रपति तीन राष्ट्रको खाडी भ्रमणमा छन् । भ्रमणका क्रममा उनी बिहीबारपछि संयुक्त अरब इमिरेट्स पनि जाँदै छन् । ट्रम्पले यो यात्राले टर्की जान ‘धेरै कठिन’ बनाएको बताए । यद्यपि, उनले विदेशमन्त्री मार्को रुबियो त्यो देशमा गएको बताए । “उहाँले अद्भुत काम गरिरहनुभएको छ । मार्को त्यहाँ हुनुहुन्छ”, उनले भने ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
अध्यक्ष ओलीद्वारा नवयुग ई-बुलेटिन शुभारम्भ धादिङको धुनिबेसीमा एकै ठाउँमा सात सवारी दुर्घटना एनपिएलः पोखरा सामू चितवनले दियो सामान्य लक्ष्य नेपाल आँखा अस्पतालद्वारा दूरदराजमा सेवा पुर्‍याउने प्रतिबद्धता अफगानिस्तान–पाकिस्तान सीमामा भएको झडपमा चार जनाको मृत्यु विज्ञानलाई अर्थतन्त्रसँग जोड्नुपर्छः मन्त्री पुन एनपिएलः चितवन र पोखराबीच प्रतिस्पर्धा इन्डोनेसियामा बाढी र वर्षाले हजारौँ प्रभावित, मृतक सङ्ख्या बढ्ने जोखिम टुकुचालाई सफा बनाउन डेढ करोड लिटर क्षमताको प्रशोधन केन्द्र बन्दै एनपिएलः अर्धशतककोे सङ्ख्या ३३ पुग्यो निर्वाचनलक्षित वाचापत्र तयार गर्दै रास्वपा निद्राजन्य विकारको चुनौतीसँग लड्न सचेतना जरुरी छः उपराष्ट्रपति यादव एनपिएलः सुदूरपश्चिमले दियो विराटनगरलाई १४८ रनको लक्ष्य यूक्रेन–अमेरिका वार्ताः शान्ति प्रक्रिया रूसको भूमिकामा केन्द्रित नागरिकको जीवनस्तर उठाउने विकास आजको आवश्यकता होः राष्ट्रपति एनपिएलः सुदूरपश्चिम रोयल्स र विराटनगर किंग्सबीच प्रतिस्पर्धा निर्वाचन आयोगद्वारा राजनीतिक दललाई २० बुँदे निर्देशन काठमाडौँका यी स्थानमा आज काटिदैछ बिजुली एनपिएल : आज दुई खेल हुँदै एनपिएलः लुम्बिनीलाई एक सय ३३ रनको लक्ष्य