Skip to content
Thursday, July 16, 2026 Nepali Online Media

सर्वोच्च अदालतले डा. विश्व पौडेलविरुद्धको रिट दरपिठ

By साझासवाल 2 मिनेट पढाइ

पढ्न करिब 1 मिनेट लाग्छ
प्रकाशित:

काठमाडौँ । सर्वोच्च अदालतले डा. विश्व पौडेलविरुद्धको रिट दरपिठ गरेको छ । डा. पौडेललाई नेपाल राष्ट्र बैंकको ऐनविपरीत गभर्नर नियुक्त गर्न लागिएको भन्दै अधिवक्ताद्वय प्रतिभा उप्रेती र विशाल थापाले रिट पेश गरेका थिए ।

सो रिटमा डा. पौडेललाई गभर्नर सिफारिस समितिले गभर्नर नियुक्तिका लागि सिफारिस गरेको नदेखिएको, पत्रपत्रिकामा प्रकाशित समाचारको आधार बनाई अनिश्चित विषयमा निवेदन दर्ताको लागि पेश गरेको र सामूहिक हकअधिकार कसरी हनन भएको भन्ने प्रष्ट नखुलाएको लगायतका कारणले रिट दरपिठ भएको बताएको छ ।