2026-06-13

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

इलाम - ILM

पूर्वाञ्चलकै सबैभन्दा ठूलो सौन्दर्य प्रतियोगिता मिस पुर्वाञ्चलको आठौ संस्करण सुरु

 भदौ ७, सुनसरी। पूर्वाञ्चलकै सबैभन्दा ठूलो सौन्दर्य प्रतियोगिताको रुपमा स्थापीत नेपाल आईस नेचुरा मिस पुर्वाञ्चलको आठौ संस्करणको दमकको होटल कामक्ष र धरानको हेल्दी होममा सम्पनन अडिसनबाट २६ जना छनोट गरिएको छ । दमक र धरानमा गरिएको २ वटा अडिसनबाट छानिएका २६जना प्रतियोगी मध्ये १९ देखि २३ जना सम्मलाई एक महिने प्रशिक्षण दिएर फाइनलमा सहभागि गराइने आयोजकले जनाएको छ ।

दमक अडिसनको निर्णयक प्राध्यापक राजेन्द्रजङ थापा र हिमसिखर टेलिभिजनका अध्यक्ष धुब्र न्यौपाने र मिस पुर्वाञ्चल २०१५ कि सेकण्ड रनरअप प्रमिसा बज्रचार्य रहेका थिए भने धरान अडिसनको निर्णयकमा संचारकर्मी सुरेश राई , मिस पुर्वान्चल २०१६ फर्स्ट रनर अप इक्सा मादेन र धरान हेल्दी होमकी संचालिका सुप्रिया माझी रहेका थिए । यसपाली धरानका बिभिन्न कलेजमा मिस पुर्वाञ्चलको पब्सिटीका लागि कलेज क्याम्पिन समेत गरिएको थियो । कलेज क्याम्पिनमा मिस पुर्वान्चल २०१६ फर्स्ट रनर अप इक्सा मादेन र संचारकर्मी सुरेश राई सहभागी थिए । मिस पुर्वान्चलको आठौ सस्करण भदौ ३१ गते धरानमा हुदै छ ।


प्रतियोगिहरुलाई व्यक्तित्व विकास, फेशन, र्याम्प वर्क, सौन्दर्य, पर्यटन, इतिहास, क्याटवर्क लगायतका अन्य विभिन्न विषयहरुमा सम्बन्धित क्षेत्रका विज्ञहरुबाट प्रशिक्षण दिइने छ । कार्यक्रमको कोरीयोग्राफरको भूमिका प्रियारानी लामाले सम्हाल्ने छिन् ।प्रतियोगितालाई पूर्वाञ्चलव्यापी र पर्यटन प्रवद्र्धनमा पनि सहयोग मिल्ने गरी विभिन्न प्याकेजका कार्यक्रमहरु समेत राखिएको सिल्भर इन्टरटेन्मेन्टका प्रबन्ध निर्देशक सौरभ श्रेष्ठले बताए ।

यसपाली पूर्वमा आयोजना भएका बिभिन्न अन्य सौन्दर्य प्रतियोगिताका बिजेताहरुलाई क्राइटेरिया पुगेको खण्डमा बिना अडिसन प्रतिस्प्रधाकालागि सोझै प्रवेश गराइने योजना अनुरुप मिस धरान र मिस दमकको बिजेतालाई बिना अडिसन प्रतियोगितामा सहभागी गराइएको छ । कम्तिमा १२ कक्षा पढ्दै गरेका युवतीहरु सहभागी गराइने नेपाल आईस नेचुरा‘मिस पुर्वाञ्चल’को आठौ संस्करणको लागि अनलाइन बाट नब्बे जना भन्दा बढी को आवेदन आएको आयोजकले जनाएको छ ।

सहभागीहरुलाई रक्तदान, ट्राफिक सेचतना र सरसफाईका कार्यक्रमलाई यस वर्ष पनि निरन्तरता दिइनेछ ।ती कार्यक्रमहरु पूर्वका विभिन्न शहरहरुमा आयोजना गरिनेछ । अन्तिम प्रतिस्पर्धामा विजेताले मिस पूर्वाञ्चल २०१७ को उपाधिसँगै स्कुटी र अध्ययनका लागी युएन कलेजको छात्रवृत्ति र बिदेश भ्रमणको अवसर दिईने आयोजकले जनाएको छ ।

त्यस्तै फस्ट र सेकेण्ड रनर अफलाई क्रमशः ५० हजार र ३० हजार नगद पुरस्कार सँगै छात्रवृत्तिकोपनि व्यवस्था गरिएको आयोजकले जनाएको छ । त्यस्तै मिस ट्यालेन्ट, मिस फोटोजेनिक, मिस चार्मिङ, मिस इन्टलेक्चुअल , मिस पर्सनालिटी, मिस व्यूटिफुल कम्लेक्सन लगायतका विभिन्न विद्यामा समेत प्रतियोगीहरु १२ हजार नगद पुरस्कारको ब्यबस्था गरिएको प्रबन्ध निर्देशक सौरभ श्रेष्ठले जानकारी दिए ।श्रेष्ठका अनुसार प्रायोजक बढेमा पुरस्कार राशिलाइ अझ बढाइनेछ।

सिल्भर इन्टरटेन्टमेन्टको आयोजनामा तथा बराह ज्वेलरी इन्ड्रस्ट्रिजÞ प्रालिको प्रस्तुति तथा नेपालआइस नेचुरा बियरको मुख्य प्रयोजन र एनआइसी एसिया बेंक , चेसुंग वाइन , बायो व्हिस्की र बायो वोड़काको सहप्रायोजन मिस पुर्वाञ्चल २०१७ मा रहेको छ । भएको मिस पूर्वाञ्चलको उपाधि यस अघि २०१० मा सविना सुब्बा, २०११ मा प्रतिभा श्रेष्ठ र २०१२ मा अस्मिता गुरुङ ,२०१३ मा नेहा बजाज,२०१४ मा नेमिता आङबुहाङ, २०१५ मा प्रियङका श्रेष्ठ र २०१६ मा कृतिका गिरीले जितेकी थिए ।


प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
काभ्रे बस दुर्घटना छानबिन गर्न समिति गठन आगामी आर्थिक वर्षमा जलविद्युत् उत्पादन क्षमता पाँच हजार ३३५ मेगावाट पुग्ने पार्टीको अस्तित्व कायम गरेर नै अरूलाई पनि जोड्दै जानेछौँ: कुलमान घिसिङ प्रधानमन्त्री बालेनको अभिव्यक्तिबारे हर्क साम्पाङले मागे रास्वपाको धारणा ट्राफिक कारबाहीमा १७ लाख ८६ हजार राजस्व संकलन जग्गा विवादका क्रममा कुटपिट हुँदा एक वृद्धको मृत्यु मन नपरेको खण्डमा सरकारै ढाल्न पाइने अधिकार यही थलोले राख्छ: अर्थमन्त्री वाग्ले अर्थमन्त्रीको कुरा फेरियो, नयाँ भनिनेहरू नै पुराना हुन्: रामकुमारी झाँक्री बीपी राजमार्गमा बस दुर्घटना अपडेट: मृतकको संख्या ८ पुग्यो, १६ घाइते काभ्रेपलाञ्चोकमा बस दुर्घटना हुँदा ७ जनाको मृत्यु परराष्ट्रमन्त्री शिशिर खनाल आइतबार चीन भ्रमणमा जाँदै बालेन सरकार ६ महिनामै ढाल्न भदौको भन्दा सशक्त आन्दोलन एमालेको अगुवाइमा गर्न आवश्यक छ: महेश बस्नेत नेपाल सरकारको अहिले रक्षा मन्त्री को हुनुहुन्छ, रक्षा मन्त्रीलाई सभामुखले बोलाउनुपर्छ: हर्क साम्पाङ अर्थमन्त्रीबाट समिति र संसदको अवमूल्यन भएको छ धम्काउने कोसिस भएको छ: वर्षामान पुन सुनचाँदीको मूल्य बढ्यो प्रधानमन्त्री बालेनले बोलाए मन्त्रिपरिषद् बैठक विमानस्थलबाट अवैध विदेशी मुद्रासहित दुई जना बंगलादेशी नागरिक पक्राउ मुलुक निर्माणका लागि कहिलेकाहीँ अप्रिय निर्णय पनि गर्नुपर्छ: अर्थमन्त्री वाग्ले बालेन्द्र शाहजस्तो व्यक्ति प्रधानमन्त्री हुनु नेपाली नागरिकका लागि ठुलो दुर्भाग्य हो : सुवेदी ८.१४ अंकले घट्यो नेप्से परिसूचक