११ माघ २०८२, शनिबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

सर्लाही - SLH

सर्लाहीमा बिभिन्न घटनामा परि ४ जनाको मृत्यु

७ भाद्र २०७४, बुधबार १४:५०

भदौ ७, सर्लाही । सर्लाहीमा वर्षाको पानीले बनाएको खाल्डोमा डुबेर एक बालकको मृत्यु भएको छ । 

झिम नदीले बनाएको खाल्डोमा डुबेर साबिक सलेमपुर गाविस-९ का वीरेन्द्र महतोका १० वर्षका छोरा रन्जन महतोको  बुधबार ज्यान गएको हो । पौडी खेल्ने क्रममा डुबेर बालकको ज्यान गएको प्रहरीले जानएको छ । 

यसैगरी सर्लाहीकै हरिपुर नगरपालिका–७ चिताईनमा खाल्डोमा डुबेर एक पुरुषको ज्यान गएको छ । अर्घाखाँची घर भएका ३२ वर्षका दीपक थापाको पाँचकुमारी खोलामा केही दिन अघि भएको भीषण वर्षापछि बनेको खाल्डोमा डुबेर ज्यान गएको गाउँलेहरुले बताएका छन् । 

मगर चिताईनमा रहेको एक चाउमिन उद्योगमा मजदुरको रुपमा काम गर्दै आएका थिए । यस्तै बाढीले बगाएर घाइते भएका सर्लाहीको बागमती नगपालिका–१२ राजघाटका अविशेक परियारको उपचारका क्रममा ज्यान गएको छ । १८ वर्षका अभिशेकको उपचारका क्रममा वीर अस्पतालमा ज्यान गएको आफन्तले जानकारी दिएका छन् । 

यसैगरी विषालु सर्पको टोकाईबाट सर्लाहीको सुन्दरपुरमा एक जनाको ज्यान गएको छ । मंगलबार राती घरमा सुतिरहेका बेला करेत सर्पले डस्दा चक्रघट्टा गाउँपालिकामा पर्ने साविक सुन्दरपुर गाविस –१ का ३९ वर्षका शंकर साह सोनारको ज्यान गएको हो । सोनारको उपचारका क्रममा जिल्ला अस्पताल मलंगवामा ज्यान गएको बताइएको छ ।  

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
आज अन्तर्राष्ट्रिय शिक्षा दिवस मनाइँदै देश अझै संकटमा छ, दुर्घटनामा पर्न सक्छ: प्रचण्ड महावीर पुनले पाए त्रिभुज चुनाव चिन्ह मन्त्रिपरिषद् बैठकका निर्णयहरु सार्वजनिक बदलिएको कांग्रेसले देशलाई बदल्छ : सभापति गगन थापा गगन थापालाई प्रधानमन्त्रीको उम्मेदवार बनाउने कांग्रेसको निर्णय हल्लाको पछि नलाग्न आशिका तामाङको आग्रह राष्ट्रिय सभाको बैठक जारी आशिका तामाङले उम्मेदवारी फिर्ता लिन निर्वाचन अधिकृतलाई गरिन् फोन बाबुराम भट्टराईले फिर्ता लिए उम्मेदवारी गगन थापा सभापति बनेपछि पहिलोपटक सानेपामा पुगेर बैठक गर्दै पाथीभरा पुगे बालेन शाह आजदेखि देशभर मौसम फेरबदल कांग्रेसको केन्द्रीय कार्यसमितिको बैठक आज बस्दै सुन मुल्य तोलाको ३ लाख नाघ्यो आज वसन्तपञ्चमी मनाइँदै करेन्ट लागेर एक जनाको मृत्यु गृहमन्त्री अर्याल बने सरकारको प्रवक्ता उच्चस्तरीय जाँचबुझ आयोगको म्याद २० दिन थप बिहीबार ९ अंकले बढ्यो नेप्से