२२ मंसिर २०८२, आईतवार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

अर्थ/विकास

सैनामैना नगरपालिकाको बजेट ५४ करोड

८ भाद्र २०७४, बिहीबार ०४:४२

भदौ ८, रुपन्देही । सैनामैना नगरपालिकाले आव २०७४/०७५ का लागि रु ५४ करोड ६७ लाखको बजेट पारित गरेको छ । 

नगरपालिका घोषणा भएपछिको पहिलो नगरसभामार्फत वार्षिक बजेट प्रस्तुत गर्दै प्रमुख चित्रबहादुर कार्कीले ‘सुखी सैनामैनाबासी र समृद्ध सैनामैना नगरपालिका’ भन्ने नारा साकार पार्ने गरी बजेट निर्माण गरिएको बताउनुभयो । 

सडक पूर्वाधार निर्माण प्राथमिकता दिँदै नगर क्षेत्रको गुरुयोजना बनाउने र मुख्य सडक कालेपत्रे तथा स्तारोन्नति गर्न रु छ करोड ७३ लाख ४१ हजार विनियोजन गरिएको छ । बजेटमा प्राविधिक शिक्षालाई जोड दिइएको छ । विद्यालयका प्राचार्यसँग कार्यसम्पादन सम्झौता गर्ने नीति बनाउन अध्ययन सुरु गरिने बजेटमा उल्लेख छ । शिक्षा क्षेत्रमा रु नौ करोड ८६ लाख ६९ हजार विनियोजन गरिएको छ । 

यस्तै, कृषि तथा पशुपालनतर्फ रु एक करोड ३५ लाख ७७ हजार विनियोजन गरिएको छ । कृषि कार्यक्रमअन्र्तगत निर्वाहमुखी कृषि प्राणीलीलाई क्रमशः विस्थापित गरी व्यावसायिक कृषि प्रणलीको विकास, दुग्ध उत्पादनमा आत्मनिर्भर, सहकारीलाई कृषि उत्पादनतर्फ प्रोत्साहन गर्न अनुदानको व्यवस्था गरिने बजेटमा उल्लेख गरिएको छ । 

स्वास्थ्य संस्थाको सवलीकरणका लागि रु १ करोड ७९ लाख विनियोजन गरिएको छ । पर्रोहा स्वास्थ्य चौकीलाई १५ शय्याको अस्पतालमा स्तरोन्नती गर्न आवश्यक व्यवस्था मिलाइने बजेटमा उल्लेख छ । रासस 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
अध्यक्ष ओलीद्वारा नवयुग ई-बुलेटिन शुभारम्भ धादिङको धुनिबेसीमा एकै ठाउँमा सात सवारी दुर्घटना एनपिएलः पोखरा सामू चितवनले दियो सामान्य लक्ष्य नेपाल आँखा अस्पतालद्वारा दूरदराजमा सेवा पुर्‍याउने प्रतिबद्धता अफगानिस्तान–पाकिस्तान सीमामा भएको झडपमा चार जनाको मृत्यु विज्ञानलाई अर्थतन्त्रसँग जोड्नुपर्छः मन्त्री पुन एनपिएलः चितवन र पोखराबीच प्रतिस्पर्धा इन्डोनेसियामा बाढी र वर्षाले हजारौँ प्रभावित, मृतक सङ्ख्या बढ्ने जोखिम टुकुचालाई सफा बनाउन डेढ करोड लिटर क्षमताको प्रशोधन केन्द्र बन्दै एनपिएलः अर्धशतककोे सङ्ख्या ३३ पुग्यो निर्वाचनलक्षित वाचापत्र तयार गर्दै रास्वपा निद्राजन्य विकारको चुनौतीसँग लड्न सचेतना जरुरी छः उपराष्ट्रपति यादव एनपिएलः सुदूरपश्चिमले दियो विराटनगरलाई १४८ रनको लक्ष्य यूक्रेन–अमेरिका वार्ताः शान्ति प्रक्रिया रूसको भूमिकामा केन्द्रित नागरिकको जीवनस्तर उठाउने विकास आजको आवश्यकता होः राष्ट्रपति एनपिएलः सुदूरपश्चिम रोयल्स र विराटनगर किंग्सबीच प्रतिस्पर्धा निर्वाचन आयोगद्वारा राजनीतिक दललाई २० बुँदे निर्देशन काठमाडौँका यी स्थानमा आज काटिदैछ बिजुली एनपिएल : आज दुई खेल हुँदै एनपिएलः लुम्बिनीलाई एक सय ३३ रनको लक्ष्य