२०८२, २१ चैत्र शनिबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

ओखलढुङ्गा - OKL

खिजीदेम्बामा पाठेघर तथा स्तन क्यान्सर परीक्षण, ६८ मा जटिल समस्या

२०८२, १३ जेष्ठ सोमबार १४:१९

काठमाडौँ । ओखलढुङ्गा जिल्लाको  खिजीदेम्बाका ९ स्थानमा सञ्चालन भएको पाठेघर तथा स्तन क्यान्सको स्क्रिनिङ र आङखस्ने समस्या पहिचान शिविरमा ६ सय ४५ जना महिलाले सेवा लिएका छन् । अस्पतालको पहुँचभन्दा टाढाको जिल्लाकै दुर्गममा पर्ने खिजीदेम्बा गाउँपालिकाका सबै नौ वटै वडामा निःशुल्क शिविर सञ्चालन भएपछि वर्षौँदेखि रोगसँग जुधिरहेका महिला लाभान्वित भएका छन् ।

गाउँपालिकाको चालु आर्थिक वर्षको स्वीकृत कार्यक्रमअन्तर्गत गाउँपालिकाले वडा नं १ देखि ९ सम्मका ३० वर्ष भन्दामाथिका उमेर समूहका महिलाको निःशुल्क पाठेघर र स्तन क्यान्सरसँगसम्बन्धी परीक्षण शिविर आयोजना गरेको थियो । शिविरमा परीक्षण गरिएकामध्ये ६८ जनामा जटिल समस्या देखा परेको स्वास्थ्य शाखा प्रमुख इन्द्र गौतमले जानकारी दिनुभयो ।

गौतमका अनुसार शिविरमा वडा नं १ र २ बाट ९७ जना, वडा नं ३ बाट ९४ जना, वडा नं ४ बाट ५० जना र वडा नं ५ बाट १३० जनाले सेवा लिएका छन् । यस्तै वडा नं ६ बाट १२९ जना, वडा नं ८ बाट ८६ जना र वडा नं ९ बाट ५९ जना गरी जम्मा ६४५ जना महिलाले सेवा लिएका छन् ।

जेठ ५ गतेदेखि जारी शिविर वडा नं ७ मा आज १२ गते जारी छ । परीक्षण गरिएकामध्ये १९ जना पाठेघर खस्ने जटिल समस्या, ३३ जनामा भिआइए शङ्कास्पद अवस्था र १९ जनामा पाठेघरमा मासु पलाएको (सिस्ट) को समस्या देखिएको छ । शिविरमा जटिल समस्या देखिएकालाई गाउँपालिकाले निःशुल्क उपचारको व्यवस्था मिलाउने गाउँपालिका अध्यक्ष गम्बु शेर्पाले बताउनुभयो । पाठेघर तथा स्तन क्यान्सरको प्रारम्भिक पहिचान, जोखिम न्यूनीकरण, सचेतना अभिवृद्धि गर्ने उद्देश्यले शिविर राखिएको उहाँको भनाइ छ ।

स्वास्थ्य क्षेत्रमा पहुँच अभावका कारण पछाडि परेको ग्रामीण क्षेत्रका महिलालाई लक्षित गरेर क्यान्सर जस्तो घातक रोगबाट बचाउन विशेषज्ञ चिकित्सक ल्याएर सञ्चालन गरिएको शिविरबाट सेवा पाउँदा निकै सहज भएको भन्दै स्थानीय महिलाले खुसी व्यक्त गरेका छन् ।

जटिल रोगको स्वास्थ्य परीक्षणकै लागि जिल्ला सदरमुकाम, रामेछापको मन्थली वा राजधानी काठमाडौंँ जानुपर्ने बाध्यता अन्त्य गर्दै गाउँपालिकाले गाउँ गाउँमै शिविर सञ्चालन गरेपछि सहज भएको खिजीदेम्बा–४ की महिला स्वास्थ्य स्वयंसेविका पवित्रा सुवेदीको भनाइ छ । संवेदनशील अङ्कमा हुने समस्या सामान्य हुँदासम्म लुकाउने र जटिल भएपछि उपचार गराउन नसक्दा दिर्घरोगी भएर बाँच्नुपर्ने दुर्गमका नागरिकको बाध्यता छ ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
जिप दुर्घटना हुँदा १३ जना घाइते जुवातास खेलिरहेको अवस्थामा १९ जना पक्राउ स्वास्थ्यकर्मीलाई न्यूनतम पारिश्रमिक दिन मन्त्रालयको निर्देशन मतदाता नामावली भाेलिदेखि सङ्कलन गरिँदै घरको तीन तला माथिबाट खस्दा एक बालिकाको मृत्यु प्रधानमन्त्री शाहलाई अष्ट्रेलियाली विदेशमन्त्रीको बधाई रवि लामिछाने र ज्ञानेन्द्र शाहीबिच भेटवार्ता नेपाली कांग्रेसलाई एकढिक्का बनाउनलाई म अन्त्यसम्म प्रयास गर्नेछु: शेखर कोइराला देशका विभिन्न जिल्लामा आज तीव्र हावाहुरी चल्ने सम्भावना विमानस्थलमा यात्रुलाई दुःख दिने १८ जना पक्राउ काठमाडौँका विभिन्न क्षेत्रबाट १३ जना पक्राउ सरकारले तीव्र गतिमा काम गरिरहेको छ: अर्थमन्त्री वाग्ले गण्डकीका सांसदसँग प्रधानमन्त्री बालेन शाहको छलफल नयाँ शैक्षिकसत्र सुरु भएपछि मात्र भर्ना लिन सर्वाेच्चको आदेश रोजगारीका लागि विभिन्न देशहरू पठाउने भनी ठगी गर्ने चार जना पक्राउ मोबाइल प्रयोग गरी चिट चोर्ने तीन परीक्षार्थी पक्राउ सभामुख पदमा डीपी अर्यालको एकल उम्मेदवारी एमाले सचिवालयको बैठक जारी बस र माइक्रो आपसमा ठोक्किँदा १० घाइते नागरिकका आवाजलाई दमन गर्ने वा नागरिकका मुद्दा बन्देज लगाउने व्यवहार अब हुँदैन: रवि लामिछाने