कमल रावल | भदौ ८, अछाम | अछामका प्रमुुख जिल्ला अधिकारी शँकर बहादुर बिष्टले सदियौँ देखि आफुुले मान्दै आएका परम्परा संस्कृतिलाई जोगाई राख्नु पर्ने बताउनुु भयो । आफनै भाषा, जातज"/> Sajha Sawal - Nepal's Number 1 News Portal for Labor Migration, Employment Sector and More...

कमल रावल | भदौ ८, अछाम | अछामका प्रमुुख जिल्ला अधिकारी शँकर बहादुर बिष्टले सदियौँ देखि आफुुले मान्दै आएका परम्परा संस्कृतिलाई जोगाई राख्नु पर्ने बताउनुु भयो । आफनै भाषा, जातज"/>

२३ मंसिर २०८२, सोमबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

अछाम - ACM

रेडीयो रामारोशनको आयोजनमा तिज बिशेष कार्यक्रम सम्पन्न

८ भाद्र २०७४, बिहीबार १९:२२

कमल रावल | भदौ ८, अछाम | अछामका प्रमुुख जिल्ला अधिकारी शँकर बहादुर बिष्टले सदियौँ देखि आफुुले मान्दै आएका परम्परा संस्कृतिलाई जोगाई राख्नु पर्ने बताउनुु भयो । आफनै भाषा, जातजाती, रितीरिवाज, चलन अनुुसार अघि बढनुु पर्नेमा जोड् दिनुु भयो । रेडीयो रामारोशनले अछामले हरितालीका तिजको अवसरमा आयोजना गरेको रामारोशन तिज लहर बिशेष कार्यक्रममा प्रमुुख अतिथीको आशनबाट बोल्दै प्रजिअ बिष्टले अरुको देखा सिकी भन्दा आफनो गक्षअनुसार महीला दिदि बहीनीले तिज मनाउनुु पर्ने बताउनुु भयो ।

अहीलेको आधुुनिक तिज गित भन्दा आफनै स्थानिय लोक देउडा भाकामा गाउन र नाच्न आग्रह समेत गरे । रेडीयो रामारोशनका स्टेशन म्यानेजर चन्द्र बहादुर थापाको अध्यक्षतामा भएको कार्यक्रमका बिशिष्ट अतिथी मगलसेन नगरपालीकाका नगर उपप्रमुुख सरिता उपाध्यायले कसैको देखासिकी नभई आफुुले सक्ने गरि तिज पर्व लिनुु पर्ने बताउनुु भयो । यतिबेला आधुनिक समय तिर भन्दा पुरा सस्कृतीलाई बचाउन तिर समेत सबै लाग्नुु पर्ने बताउनुु भयो । महीलालाई सशक्त बनाउदै निर्णायक तहमा पुरयाउनका लागी आफनो अभियान जारी रहने बताउनु भयो । कार्यक्रममा मंगलसेन नगर कार्यपालीकाका सदस्य भावना विकले सबै महिलाई आफनो अधिकार लडेर भएपन लिनु पर्ने धारणा राख्नुु भयो ।

मंगलसेन नगरपालीका वडा नम्बर ६ को समन्वय, रेडीयो रामारोशनको आयोजनामा भएको कार्यक्रममा अछामका सहायक प्रमुुख जिल्ला अधिकारी तुुल बहादुर काउचा, जिल्ला प्रहरी कार्यालय अछामका जयानन्द नाथ, मंगलसेन नगरपालीकाका कार्यकारी अधिकृत गणेश प्रसाद जैसि ढुगाना, नेपाल खाद्य संस्थान अछामका प्रमुुख राम बहादुर बम, वडा नम्बर ६ का अध्यक्ष जनकराज भण्डारी, रेडीयो रामारोशनका पुर्व स्टे्शन म्यानेजर टेकराज भण्डारी, सबै महिला, राजनितिज्ञ, समाजसेवि, बुद्धिजिवी, शिक्षक, वालवालिका, दलित अपाग सबैको सहभागिता रहेको थियो ।

रेडीयो रामारोशनका समाचार प्रमुुख कमल रावलको स्वागत मन्तव्यबाट सुरु भएको कार्यक्रमको सन्चालन सहायक स्टेशन म्यानेजर टेक बहादुर थापाले गर्नु भएको थियो । यस्तै अछामका जिल्लाका थुुप्रै स्थानमा आज तिज बिशेष कार्यक्रम सम्पन्न भएका छ । मुख्य ब्यापारिक केन्द्र सहीत नगर, गाउ तथा वडामा तिज बिशेष कार्यक्रम भएका हुुन । उता लैङ्गगिक समानता तथा सामाजिक समाबेशि करण सम्बन्धि समाबेशि तिज बिशेष कार्यक्रम चौरपाटि गाउँ पालिका ५ लुंग्रामा सम्पन्न भएको छ । वडा कार्यालय लुंग्रा, महिला सरोकार मंन्च र ओमन एक्ट आर्थिक सहयोगमा कार्यक्रम गरिएको हो । महिला सरोकार मंन्चका अध्यक्ष हिरा जोशिको अध्यक्षतामा भएको कार्यक्रम का प्रमुख अतिथि वडा अध्यक्ष टेक कबहादुर खड्का, बिशिस्ट अतिथि चौरपाटि गाउँ पालिकाका निमित्त कार्यकारि प्रमुख खगेन्द्र खड्का रहनुु भएको थियो ।

कार्यक्रममा वडा सदस्य देउमल सिह खड्का, रेडियो रामारोशनका बिक्रम परियार बाल संरक्षण समितिका संयोजक पूर्ण बहादुर खड्का, स्वास्थ्य चौकि ईन्चार्ज बिष्णु बम, ओमन एक्टका सामाजिक परिचालक क्षेत्र खड्का लगाएतले शुभकामना मन्तब्य राख्नु भएको थियोे । कार्यक्रममा १० ओटा महिला समुहको  सहभागीता थियोे । सहभागीहरुलाई पुरुस्कार बितरण गरिएको थियोे । मनुषा खड्काको स्वागत मन्तव्यबाट सुरु भएको कार्यक्रमको सञ्चालन सत्य खड्काले गर्नु भएको थियोे ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
मङ्सिर २६ सम्म मतदाता नामावलीमा दाबी विरोध गर्न सकिने समानुपातिक निर्वाचन प्रणालीका लागि एमालेद्वारा दल दर्ता राष्ट्रिय वाणिज्य बैङ्कको ‘विजनेस मिट’ सम्पन्न नारायणी अस्पतालको भवन निर्माण सङ्घीय सरकारको प्राथमिकतामा छ : स्वास्थ्य मन्त्री गौतम जिल्ला प्रशासनमा जेनजी सुशासन योद्धाको नामावली राख्न गृहको परिपत्र एनपिएलमा यस्तो छ खेलाडीको प्रदर्शन भूमिहीन सुकुम्वासी समस्या समाधानको पहल गरिदिन आग्रह सुडानमा नागरिक बस्तीमा आक्रमण, बालबालिकासहित ११४ को मृत्यु गत हप्तादेखि पुँजीबजार निरन्तर ओरालो एमालेमा नेतृत्व हस्तान्तरण र पुस्तान्तरणमा जोड पोर्चुगल पठाइदिने भन्दै ठगी गर्ने महर पक्राउ मानवअधिकारको रक्षा गर्दै लोकतन्त्रलाई संस्थागत गराउन लागि प्रतिबद्ध छौँ : गृहमन्त्री अर्याल अण्डाको मूल्य हालसम्मकै उच्च मुग्लिन–मलेखु सडकको तीन ठाउँको भित्तो काटिँदै मानव जीवन बचाउन विश्वले ध्यान दिनुपर्ने : संयुक्त राष्ट्र गोवाको क्लबमा भएको आगलागीमा, चार नेपालीसहित २५ जनाको मृत्यु चार महिने छोराको हत्या अभियोगमा नेपाल प्रहरीका असई पक्राउ सञ्चारमन्त्री खरेलद्वारा एनसेल कार्यालय अवलोकन पृथ्वीराजमार्गको नागढुङ्गा–मलेखु खण्ड एक साताको लागि आंशिक बन्द हुने सुनको मूल्य बढ्यो