कमल रावल | भदौ ८, अछाम | अछामका प्रमुुख जिल्ला अधिकारी शँकर बहादुर बिष्टले सदियौँ देखि आफुुले मान्दै आएका परम्परा संस्कृतिलाई जोगाई राख्नु पर्ने बताउनुु भयो । आफनै भाषा, जातज"/> Sajha Sawal - Nepal's Number 1 News Portal for Labor Migration, Employment Sector and More...

कमल रावल | भदौ ८, अछाम | अछामका प्रमुुख जिल्ला अधिकारी शँकर बहादुर बिष्टले सदियौँ देखि आफुुले मान्दै आएका परम्परा संस्कृतिलाई जोगाई राख्नु पर्ने बताउनुु भयो । आफनै भाषा, जातज"/>

2026-10-14 01:51 PM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

अछाम - ACM

रेडीयो रामारोशनको आयोजनमा तिज बिशेष कार्यक्रम सम्पन्न

कमल रावल | भदौ ८, अछाम | अछामका प्रमुुख जिल्ला अधिकारी शँकर बहादुर बिष्टले सदियौँ देखि आफुुले मान्दै आएका परम्परा संस्कृतिलाई जोगाई राख्नु पर्ने बताउनुु भयो । आफनै भाषा, जातजाती, रितीरिवाज, चलन अनुुसार अघि बढनुु पर्नेमा जोड् दिनुु भयो । रेडीयो रामारोशनले अछामले हरितालीका तिजको अवसरमा आयोजना गरेको रामारोशन तिज लहर बिशेष कार्यक्रममा प्रमुुख अतिथीको आशनबाट बोल्दै प्रजिअ बिष्टले अरुको देखा सिकी भन्दा आफनो गक्षअनुसार महीला दिदि बहीनीले तिज मनाउनुु पर्ने बताउनुु भयो ।

अहीलेको आधुुनिक तिज गित भन्दा आफनै स्थानिय लोक देउडा भाकामा गाउन र नाच्न आग्रह समेत गरे । रेडीयो रामारोशनका स्टेशन म्यानेजर चन्द्र बहादुर थापाको अध्यक्षतामा भएको कार्यक्रमका बिशिष्ट अतिथी मगलसेन नगरपालीकाका नगर उपप्रमुुख सरिता उपाध्यायले कसैको देखासिकी नभई आफुुले सक्ने गरि तिज पर्व लिनुु पर्ने बताउनुु भयो । यतिबेला आधुनिक समय तिर भन्दा पुरा सस्कृतीलाई बचाउन तिर समेत सबै लाग्नुु पर्ने बताउनुु भयो । महीलालाई सशक्त बनाउदै निर्णायक तहमा पुरयाउनका लागी आफनो अभियान जारी रहने बताउनु भयो । कार्यक्रममा मंगलसेन नगर कार्यपालीकाका सदस्य भावना विकले सबै महिलाई आफनो अधिकार लडेर भएपन लिनु पर्ने धारणा राख्नुु भयो ।

मंगलसेन नगरपालीका वडा नम्बर ६ को समन्वय, रेडीयो रामारोशनको आयोजनामा भएको कार्यक्रममा अछामका सहायक प्रमुुख जिल्ला अधिकारी तुुल बहादुर काउचा, जिल्ला प्रहरी कार्यालय अछामका जयानन्द नाथ, मंगलसेन नगरपालीकाका कार्यकारी अधिकृत गणेश प्रसाद जैसि ढुगाना, नेपाल खाद्य संस्थान अछामका प्रमुुख राम बहादुर बम, वडा नम्बर ६ का अध्यक्ष जनकराज भण्डारी, रेडीयो रामारोशनका पुर्व स्टे्शन म्यानेजर टेकराज भण्डारी, सबै महिला, राजनितिज्ञ, समाजसेवि, बुद्धिजिवी, शिक्षक, वालवालिका, दलित अपाग सबैको सहभागिता रहेको थियो ।

रेडीयो रामारोशनका समाचार प्रमुुख कमल रावलको स्वागत मन्तव्यबाट सुरु भएको कार्यक्रमको सन्चालन सहायक स्टेशन म्यानेजर टेक बहादुर थापाले गर्नु भएको थियो । यस्तै अछामका जिल्लाका थुुप्रै स्थानमा आज तिज बिशेष कार्यक्रम सम्पन्न भएका छ । मुख्य ब्यापारिक केन्द्र सहीत नगर, गाउ तथा वडामा तिज बिशेष कार्यक्रम भएका हुुन । उता लैङ्गगिक समानता तथा सामाजिक समाबेशि करण सम्बन्धि समाबेशि तिज बिशेष कार्यक्रम चौरपाटि गाउँ पालिका ५ लुंग्रामा सम्पन्न भएको छ । वडा कार्यालय लुंग्रा, महिला सरोकार मंन्च र ओमन एक्ट आर्थिक सहयोगमा कार्यक्रम गरिएको हो । महिला सरोकार मंन्चका अध्यक्ष हिरा जोशिको अध्यक्षतामा भएको कार्यक्रम का प्रमुख अतिथि वडा अध्यक्ष टेक कबहादुर खड्का, बिशिस्ट अतिथि चौरपाटि गाउँ पालिकाका निमित्त कार्यकारि प्रमुख खगेन्द्र खड्का रहनुु भएको थियो ।

कार्यक्रममा वडा सदस्य देउमल सिह खड्का, रेडियो रामारोशनका बिक्रम परियार बाल संरक्षण समितिका संयोजक पूर्ण बहादुर खड्का, स्वास्थ्य चौकि ईन्चार्ज बिष्णु बम, ओमन एक्टका सामाजिक परिचालक क्षेत्र खड्का लगाएतले शुभकामना मन्तब्य राख्नु भएको थियोे । कार्यक्रममा १० ओटा महिला समुहको  सहभागीता थियोे । सहभागीहरुलाई पुरुस्कार बितरण गरिएको थियोे । मनुषा खड्काको स्वागत मन्तव्यबाट सुरु भएको कार्यक्रमको सञ्चालन सत्य खड्काले गर्नु भएको थियोे ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
भोटेकोशी बाढीमा १ हजार ४५८ जनाको मृत्यु, ४ हजार ७२० जना अझै बेपत्ता दसैँ मनाउन गाउँ फर्किनेको चाप बढ्यो, हालसम्म १ लाख ८७ हजारभन्दा बढी बाहिरिए आदिवासी जनजाति तर्फका खुला र महिला गरी २० केन्द्रीय सदस्य निर्वाचित प्रधानमन्त्री राहत तथा उद्धार कोषमा १७ अर्ब ७५ करोडभन्दा बढी रकम जम्मा हेटौँडामा ट्रकको ठक्करबाट मोटरसाइकल चालकको मृत्यु सुनचाँदीको मूल्य घट्ने क्रम जारी, बुधबार सुन तोलामा २७ सय रुपैयाँ घट्यो राष्ट्रपति पौडेलद्वारा दुई अध्यादेश जारी तारकेश्वरमा दुई राउन्ड हवाई फायर गरेर खैरो हेरोइनसहित एक जना पक्राउ बुधबारपछि पुरानै व्यवस्थामा ग्यास बिक्री, नजिकको डिलरबाटै किन्नुपर्ने खगेन्द्र सुनार प्रकरणमा हर्क साम्पाङको कडा टिप्पणी : मेरो सांसद भए कारबाही गरेर प्रहरीलाई सुम्पिन्थेँ कांग्रेस सहमहामन्त्रीमा खतिवडा र शिवाकोटी निर्वाचित सिमेन्ट बोकेको ट्रक दुर्घटना हुँदा चालकको मृत्यु दसैँ मनाउन दुई दिनमै एक लाख नौ हजारभन्दा बढी यात्रु काठमाडौँबाट बाहिरिए विपद् व्यवस्थापनलाई प्रविधिमैत्री बनाउन मन्त्री श्रेष्ठको जोड विदेश पठाउने भन्दै ८० लाख ठगी गर्ने चार जना पक्राउ मुगुमा खुँडा प्रहारबाट ७५ वर्षीय वृद्धको मृत्यु, आरोपी पक्राउ खगेन्द्र सुनार प्रकरण : पीडित महिला र बच्चाको सुरक्षा गर्न रामकुमारी झाँक्रीको माग धानको भुसले छोपेर लैजाँदै गरेको १५९ किलो गाँजासहित चालक पक्राउ खगेन्द्र सुनारमाथि संसदीय छानबिन गर्न एमाले उपनेता अर्यालको माग खगेन्द्र सुनारमाथि छानबिन तीव्र, रास्वपाको अनुशासन आयोगले माग्यो २४ घण्टे जवाफ