२०८३, १८ जेष्ठ सोमबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

कोशी प्रदेश

हरेक क्षेत्रमा लैङ्गिक समानता कायम हुनुपर्छ :कांग्रेस नेता कोइराला

२०८२, १४ जेष्ठ मंगलवार १५:१६

काठमाडौँ । नेपाली कांग्रेसका नेता डा शेखर कोइरालाले मुलुकका हरेक क्षेत्रमा लेङ्गिक समानता कायम हुनुपर्ने बताउनुभएको छ ।

जिपी कोइराला लेबर फाउण्डेशन नेपालद्वारा आज विराटनगरमा आयोजित ‘लैङ्गिक समानता’ विषयक प्रशिक्षण कार्यक्रममा उहाँले राजनीतिक दलले लैङ्गिक समानतालाई व्यवहारमा उतार्न आफ्नो क्षेत्रबाट काम गर्नुपर्नेमा जोड दिनुभयो ।

नेता कोइरालाले समान कामको समान ज्याला भनिए पनि महिला श्रमिकलाई दिने पारिश्रमिकमा भेदभाव भएकाले त्यसको अन्त्यका लागि ट्रेड युनियनले आवाज उठाउनुपर्ने बताउनुभयो । उहाँले पार्टीको केन्द्रदेखि जिल्ला तहसम्म ट्रेड युनियनको प्रतिनिधित्वि हुनुपर्ने विगतदेखि आफूले माग गरेको चर्चा गर्दै यसबाट श्रमिकलको हकहितमा युनियनले उठाएको माग पूरा हुने विश्वास व्यक्त गर्नुभयो ।

नेकांका केन्द्रीय सदस्यद्वय अमृत अर्याल र रामकृष्ण भट्टराईले आर्थिक उपार्जनमा वृद्धि गरी लैङ्गिक समानता कायम गर्नुपर्ने सुझाव दिनुभयो ।

फाउण्डेशनकी अध्यक्ष सुधा दाहाल, नेकां मोरङका कार्यवाहक सभापति भत्ति माझी, ट्रेड युनियन कांग्रेसका नारायणबाबु कार्की, फाउण्डेशनका मातृका शिवाकोटीले फाउण्डेशनले विस २०६५ देखि महिला श्रमिकको हक अधिकारका क्षेत्रमा कार्य गरिरहेको जानकारी दिनुभयो ।

कार्यक्रम महिला श्रमिकको संरक्षण, वैदेशिक रोजगार प्रशिक्षण, शिप प्रदान र सचेतनाजस्ता कार्यक्रममा जिल्लाका १०० जनाको सहभागिता रहेको छ ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
कृष्ण महरालाई एक लाख रुपैयाँ धरौटीमा रिहा गर्न आदेश प्रतिनिधि सभाको बैठकमा विपक्षी दलको अवरोध जारी प्रधानमन्त्रीको अभिव्यक्तिबारे ताली बजाउने सांसदलाई प्रश्न गरौं: गगन थापा सीमा विवादजस्तो विषयको सन्दर्भमा नेपालका केही स्थापित अडान र कथनहरू छन्, प्रमाणहरू छन्: गगन थापा प्रधानमन्त्रीको अभिव्यक्ति रेकर्डबाट हटाइयोस् : ज्ञानेन्द्र शाही नेकपा एमालेले माग्यो प्रधानमन्त्री शाहको राजीनामा प्रधानमन्त्रीको भनाइलाई लिएर राष्ट्रिय सभामा विरोध प्रतिनिधिसभाको बैठक सुरू सदनमा प्रधानमन्त्रीको अभिव्यक्ति राष्ट्रघाती: श्रम संस्कृति पार्टी रास्वपा सभापति लामिछाने भारत प्रस्थान प्रधानमन्त्रीज्यूले नेपालले भारतको भूमि कहाँ–कहाँ अतिक्रमण गरेको छ त्यसको तथ्य सार्वजनिक गरिदिनुहुन हार्दिक अपिल गर्दछु: आशिका तामाङ सिंहदरबारमा प्रतिपक्षी दलको बैठक बस्दै सुनको मूल्य घट्यो, चाँदीको मूल्य बढ्यो प्रतिनिधि सभा बैठक बस्दै खोलाको पुलमुनि सेतो प्लाष्टिकको बोरामा महिलाको शव फेला भोलि फेरि हामी स्थापित दलहरूले नै यो देश सम्हाल्ने, समाज सम्हाल्ने अवस्था आउँछ: वर्षमान पुन सरकारले गरिबीको समस्या समाधान गर्नुभन्दा गरिबप्रति उदासीन दृष्टिकोण अपनाएको छ: गगन थापा हामी टाउको लुकाएर भाग्नुपर्ने स्थिति छैन : माधवकुमार नेपाल जनतालाई खुशी र देशलाई समृद्ध बनाउने गरी कानून निर्माण गर्नुपर्छ : सभामुख अर्याल वर्तमान आर्थिक नीतिहरूले सर्वसाधारण, व्यवसायी तथा निजी क्षेत्रलाई नकारात्मक असर पुर्‍याउनेछन्: दुर्गा प्रसाईँ