भदौ ९,पोखरा । कानून, न्याय तथा संसदीय व्यवस्थामन्त्री यज्ञबहादुर थापाले कास्की र लमजुङ जिल्लाको सिमानाको विकासका लागि साझेदारीको आवश्यकता रहेको बताउनुभएको छ ।&nb"/> Sajha Sawal - Nepal's Number 1 News Portal for Labor Migration, Employment Sector and More...

भदौ ९,पोखरा । कानून, न्याय तथा संसदीय व्यवस्थामन्त्री यज्ञबहादुर थापाले कास्की र लमजुङ जिल्लाको सिमानाको विकासका लागि साझेदारीको आवश्यकता रहेको बताउनुभएको छ ।&nb"/>

2026-09-08 01:17 PM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

कास्की - KSK

कास्की र लमजुङको विकासमा साझेदारीको आवश्यकता : मन्त्री थापा

भदौ ९,पोखरा । कानून, न्याय तथा संसदीय व्यवस्थामन्त्री यज्ञबहादुर थापाले कास्की र लमजुङ जिल्लाको सिमानाको विकासका लागि साझेदारीको आवश्यकता रहेको बताउनुभएको छ । 

कास्कीसँग सीमा जोडिएको लमजुङको मध्यनेपाल नगरपालिकामा बिहीबार आयोजित जनप्रतिनिधिसँगको भेटघाट कार्यक्रममा उहाँले सिमाना जोडिएका जिल्लाको विकास एकआपसको साझेदारीले मात्र सम्भव हुने बताउनुभयो । 

आसन्न संघीय तथा प्रादेशिक निर्वाचनका लागि क्रियाशील बन्नुपर्ने आजको आवश्यकता भएको बताउँदै उहाँले स्थानीय शासन विधेयक यथाशीघ्र पारित हुने विश्वास व्यक्त गर्नुभयो । बेगनास–भोर्लेटार सडक र सिक्लेस–सिसाघाट (मादी कोरिडोर)लाई उच्च प्राथमिकतामा राखेर काम भइरहेको हुँदा निकट भविष्यमा दुवै योजना सम्पन्न हुनेमा मन्त्री थापा विश्वस्त हुनुहुन्थ्यो । 

कार्यक्रममा मध्यनेपाल नगरपालिकाका प्रमुख रमेश पाण्डे र उपप्रमुख रामकुमार श्रेष्ठले नगरपालिकाको गतिविधिबारे जानकारी गराउनुभएको थियो । 

मन्त्री थापाले बिहीबार नै नेपाली काँग्रेस पोखरा लेखनाथ महानगरपालिका–३१ का कार्यकर्तासँगको भेटघाटमा जनभावना बुझेर काम गर्न कार्यकर्तालाई निर्देशन दिनुभएको छ । कास्की जिल्लाको रुपा गाउँपालिकाको थुम्कीमा बुधबार निधन भएका समाजसेवी एवं राजनीतिज्ञ थमन सिं गुरुङको परिवारलाई भेटी उहाँले समवेदना प्रकट गर्नुभएको थियो । 

सो अवसरमा नेपाली काँग्रेसका केन्द्रीय सदस्य जीवन परियारले गुरुङको सपना साकार पार्न कार्यकर्ता संगठित भएर लाग्नुपर्ने बताउनुभयो । रासस (फाइल फोटो)

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
आज ‘जेनजी’ सहिद दिवस, देशभर सार्वजनिक बिदा जेन–जी आन्दोलनका दोषीलाई उन्मुक्ति नदिन सरकारसँग आङदेम्बेको आग्रह हङङकले नेपाललाई दियो २६२ रनको चुनौतीपूर्ण लक्ष्य सुनचाँदीको मूल्य बढ्यो, सुन प्रतितोला ३ लाख ५ हजार ४ सय रुपैयाँ भोटेकोशी बाढीपीडितका लागि राष्ट्र बैंकले दियो १ करोड ३८ लाख रकम कांग्रेसले बोलायो केन्द्रीय निर्वाचन समितिको बैठक बाढीपीडितको मानव अधिकार संरक्षण गर्न सरकारलाई राष्ट्रिय मानव अधिकार आयोगको आग्रह मृतकको पहिचान सावधानी र संवेदनशीलताका साथ गरिनुपर्छ : राष्ट्रपति पौडेल भोटेकोशी बाढीपीडितका लागि कांग्रेसले प्रधानमन्त्री राहत कोषमा १ करोड दियो म्याग्दीमा ७२ वर्षीया वृद्धाको हत्या, नाति पक्राउ ‘ग्रीन आर्मी’खारेज गर्न सरकारसँग नेकपाको माग एक जना पनि पीडितले सरकार पाइनँ भन्ने अवस्था आउनुहुँदैन : सभामुख अर्याल राष्ट्रपति पौडेलले आज दिउँसो ३ः३० बजे राष्ट्रका नाममा सम्बोधन गर्ने विपत्तिका बेला विद्युत् संरचनाका तार चोरी हुनु दुःखद र गम्भीर विषय हो : ऊर्जामन्त्री श्रेष्ठ भोटेकोशी बाढीको क्षति बुझ्न प्रभावित क्षेत्रमा पुगे राष्ट्रपति पौडेल राजमार्ग अवरुद्ध भएपछि काठमाडौँमा ग्यास संकट बाढीपीडितको अपमानजनक भिडियो पोस्ट गर्ने युवक पक्राउ भोटेकोशी बाढीमा १ हजार ३५६ शव फेला, ४ हजार ७७ जना अझै बेपत्ता ३९ जिल्लामा आकस्मिक बाढीको जोखिम हतारमा गरिएको पुनर्निर्माण अस्थायी हुन्छ : सभामुख अर्याल