१ मंसिर २०८१, शनिबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

बेरोजगार हुनुहुन्छ ? अब सरकारी वेबसाइटबाटै यसरि खोज्नुहोस् जागिर

१० भाद्र २०७४, शनिबार ०५:४०

भदौ १०, काठमाडौं ।  के तपाई बेरोजगार हुनुहुन्छ ? त्यस्तो हो भने तपाईले आफ्ना लागि उपयुक्त रोजगारको अवसर सरकारी वेबसाइटमै गएर खोज्न सक्नुहुन्छ । 

कोरिया अन्तर्राष्ट्रिय सहयोग नियोग (कोइका)को सहयोगमा अन्तर्राष्ट्रिय श्रम संगठन (आईएलओ) नेपालले श्रम तथा रोजगार मन्त्रालयसँगको सहकार्यमा आजदेखि सो वेबसाइट(www.jobkhoj.gov.np) सन्चालनमा ल्याएको हो ।

निजी क्षेत्रबाट रोजगारीसम्बन्धी विभिन्न वेबसाइट सन्चालनमा रहेपनि सरकारीस्तरबाट निजी क्षेत्रको रोजगारीलाई केन्द्रमा राख्दै खोलिएको पहिलो वेबसाइट हो । श्रम मन्त्रालयअन्तर्गत देशका १४ ठाउँमा रहेका रोजगार सूचना केन्द्रले समेत यसका लागि सहजकर्ताको भूमिका खेल्नेछ ।

वेबसाइटमा बिभिन्न पदहरुमा कामका लागि मागसहितको विवरण राखिएको हुन्छ, त्यो हेरेर आफूलाई उपयुक्त पदमा आवेदन दिन सकिनेछ । रोजगारको खोजीमा रहेकाहरुले आफूले चाहेको काम, सिकेको सीप, शैक्षिक योग्यतालगायतका विवरणसहितको व्यक्तिगत विवरण पठाउन सक्नेछन् ।

त्यस्तै, रोजगारदाताले आफूले चाहेको कामदार, पदलगायतका विवरण पठाउन सक्नेछ । श्रम तथा रोजगार मन्त्री फरमुल्लाह मंसुरले आज एक कार्यक्रमबीच सो वेबसाइटको शुभारम्भ गर्दै यसले रोजगारदाता र रोजगारी खोज्नेहरुका लागि समन्वयको काम गर्ने विश्वास व्यक्त गरे ।

उनले विविध क्षेत्रमा नेपालभित्रै रोजगारीको अवसर रहेपनि विदेशिनै पर्छ भन्ने मानसिकताले समस्या ल्याएको टिप्पणी गरे । सरकारले सातै प्रदेशमा सीपमूलक तालीम दिने तयारी सुरु गरिसकेकोले यसले रोजगारीको अवसर सिर्जना गर्ने उनको भनाई छ ।

श्रम तथा रोजगार मन्त्रालयका सचिव लक्ष्मणप्रसाद मैनालीले वेबसाइटमार्फत बढीभन्दा बढी रोजगारदाता र रोजगारीको खोजीमा रहेकाहरुले सेवा पाउन भन्ने आफूहरुको ध्येय रहेको बताउँदै आवश्यकताअनुसार वेबसाइटको परिमार्जन गरिने बताए ।

‘आइएलओ’ नेपालका देशीय निर्देशक रिचार्ड हवार्डले वेबसाइटले रोजगारीको अवसर र सूचना देशभर पुर्‍याउने तथा निजी क्षेत्र र कामदारका लागि पुलको काम गर्ने आशा व्यक्त गरे । कार्यक्रममा रोजगारदाता र मजदुर संगठनका प्रतिनिधिहरुले वेबसाइट सन्चालनमा आएकोमा खुशी व्यक्त गर्दै यसको निरन्तरता र प्रभावकारितामा ध्यान दिन सुझाव दिएका छन् । रासस 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
टी–२० क्रिकेटमा भारतले दक्षिण अफ्रिकालाई १३५ रनले हरायो कति छ आज तरकारी र फलफूलको मूल्य ? रोनाल्डोको उत्कृष्ट प्रदर्शनमा पोर्चुगल नेसन्स लिगको क्वाटरफाइनलमा पनौतीको त्रिवेणी घाटमा रहेको ब्रमायणी मन्दिर र इन्द्रेश्वर महादेव मन्दिर (फोटो फिचर) मिसन– २०२६ अन्तर्गत खेलाडीको विशेष प्रशिक्षण आजदेखि एनपीएलका लागि पोखराले छान्यो पहिलो आइकनिक प्लेयर हस्तकलाका सामानहरु उत्पादन गर्न बनेको विधेयक कार्यान्यनका लागि जोड दिइरहेका छौं: सभापति श्रेष्ठ शनिबारको विदेशी मुद्राको विनिमय दर कति ? मौसम : पहाडी भू–भागका एक/दुई स्थानमा वर्षाको सम्भावना राजनीतिक दलहरुले आत्मसाथ गरेको समाजवादप्रति आक्रोश छ : प्रचण्ड निर्वाचन आयोगको प्रवक्तामा नीता पोखरेल अर्याल एनपीएलका खेल स्टार स्पोर्ट्सबाट प्रत्यक्ष प्रसारण हुने, सिद्धार्थ बैंक टाइटल स्पोन्सर आफ्नै पार्टीका मन्त्री तामाङ विरुद्द महामन्त्री शर्माले उठाए प्रश्न अजरवैजानमा आवश्यक भन्दा बढी कर्मचारी पठाएकोमा प्रधानमन्त्रीको आपत्ति रविलाई ल्याउँदा कास्की प्रहरी कार्यालय बाहिरबाट ७ जना पक्राउ प्रधानमन्त्री पद छाड्दा कम्फर्टेवल र रिल्याक्स अनुभव गरेको छु : अध्यक्ष प्रचण्ड मंसिर ७ गते काठमाडौंमा एमालेको जनजागरण सभा शंखरापुरमा सवारी दुर्घटना: झाँक्री प्रकाश भुजेलको लाइसेन्स भेटियो विश्वकपमा पुगेको यू–१९ महिला टोलीलाई एनपीएलका ८ फ्रेन्चाइजको संयुक्त १० लाख पुरस्कार अधिकांश बैंकले घटाए ब्याजदर : कुन बैंकमा पैसा राख्दा कति पाइन्छ ब्याज?