भदौ १०, काठमाडौँ | के तपाईलाई आज फेसबुक चलाउँदा केहि समस्या भयो ? यदी त्यसो हो भने नआत्तिनुहोस, आज केहीबेर केहि घण्टा अघिदेखि फेसबुकमा समस्या आएको छ ।
आ"/>
आ"/>
भदौ १०, काठमाडौँ | के तपाईलाई आज फेसबुक चलाउँदा केहि समस्या भयो ? यदी त्यसो हो भने नआत्तिनुहोस, आज केहीबेर केहि घण्टा अघिदेखि फेसबुकमा समस्या आएको छ ।
आज बिहानदेखि नै एकाएक कसैको फेसबुक नै नखुल्ने, कसैको स्टाटस नै पोष्ट गर्न नमिल्ने त कतै ब्राउजरमै फेसबुक खोल्दा बिभिन्न Error को समस्या देखियो । मोबाइल मार्फत फेसबुक चलाउने प्रयोगकर्ताहरुले समेत यस बिषयमा गुनाशो गरेका छन् । त्यसो त अर्को सामाजिक संजाल ट्वीटरको वर्ल्ड ट्रेन्डमा #FACEBOOKDOWAN तेश्रो नम्बरमा ट्रेन्ड भएको छ ।
त्यस्तै डेस्कटप तथा ल्यापटप चलाउनेहरु आफ्नो फेसबुकमा एकाएक समस्या आएपछी आत्तिए । धेरै सोसियल मिडिया प्रयोगकर्ताहरुले सहजै फेसबुक लग इन नभएको र आ-आफ्नो वेबसाइट फेसबुक नखुलेको गुनासो गरे । डाउन डीडेकटरले हजारौं फेसबुक प्रयोगकर्ताहरुले शनिबार बिहानदेखि सहजै फेसबुक लग इन गर्न नसकेको गुनाशो गरेका छन् । आज विश्वभरका ४० प्रतिशत भन्दा बढी प्रयोगकर्ताले फेसबुकको समस्याबारे गुनाशो गरेका छन् ।
करिब आठ हजार इन्स्टाग्राम प्रयोगकर्ताले डाउन डीडेकटरलाई रिपोर्ट गरेअनुसार ४४ प्रतिशतले न्युज फिडमा समस्या भोगेका थिए भने २८ प्रतिशतले लग इन समस्या रहेको बताए ।
फेसबुक डाउन भएको बारे फेसबुकले आफ्नो औपचारिक धारणा सार्वजनिक गरिसकेको भने छैन । तर ट्वीटरमा भने फेसबुक डाउन ट्रेन्डीङ भएको छ । फेसबुकमा समस्या देखिएपछी आफ्नो एकाउन्टमा समस्या भएको भन्दै प्रयोगकर्ता आत्तिएका छन् । युरोप, अमेरिका, ब्राजिल, अष्ट्रेलिया, नेपाल, भारत लगायत विश्वका अधिकांश प्रयोगकर्ताले लगइनको समस्या भोगेको डाउन डीडेकटरको रिपोर्टमा उल्लेख छ।
फेसबुकले केहि प्रयोगकर्तालाई भने फेसबुकले मेन्टेनेन्सका लागि फेसबुक डाउन गरेको र केहि समयमै फेसबुकको समस्या समाधान हुने संदेश पठाएको थियो ।