ललित बोहरा/भदौ ११, डडेल्धुरा । डडेल्धुरा जिल्लाको अजयमेरु गाउँपालिका स्थित ८ सय वर्ष पुरानो ईतिहासी  जयमेरुकोटका लागी त्यस क्षेत्रका जनप्रतिनीधी बरदान "/> Sajha Sawal - Nepal's Number 1 News Portal for Labor Migration, Employment Sector and More...

ललित बोहरा/भदौ ११, डडेल्धुरा । डडेल्धुरा जिल्लाको अजयमेरु गाउँपालिका स्थित ८ सय वर्ष पुरानो ईतिहासी  जयमेरुकोटका लागी त्यस क्षेत्रका जनप्रतिनीधी बरदान "/>

११ माघ २०८२, शनिबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

डडेलधुरा - DDL

आठ सय वर्ष पुरानो ईतिहास बोकेको अजयमेरुकोटका लागी जनप्रतिनीधी बरदान बन्दै (तस्बिरसहित )

११ भाद्र २०७४, आईतवार ०९:५७


ललित बोहरा/भदौ ११, डडेल्धुरा । डडेल्धुरा जिल्लाको अजयमेरु गाउँपालिका स्थित ८ सय वर्ष पुरानो ईतिहासी  जयमेरुकोटका लागी त्यस क्षेत्रका जनप्रतिनीधी बरदान नै हुने भएका छन् । 

अतिक्रमणको चपेटामा परेको अजमेरुकोट क्षेत्रमा देवल, दरवार रहेको क्षेत्रमा स्थानीय बासिन्दा खेतीगर्न थालेपछि ऐतिहासिक क्षेत्रका बिभीन्न संरचनाहरु हराउन थालेका छन् । 

कोटको देवल भएको क्षेत्रको जमिन अतिक्रमण गर्दा सो क्षेत्रमा अवलोकन गर्न आउने पर्यटकलाई शास्ती हुने गरेको छ । 

दरवार क्षेत्रको जमिन अतिक्रमणका कारण राजा नागी मल्लले डोटी राज्यको संचालनका लागि ८ सय वर्ष पहिले  निर्माण गरेको कोटको मर्मत सम्भार गर्नका लागि समेत समस्या सृजना भएको छ,  भने देवलमा रहेका वहुमुल्य ढुंगाको चोरी हुन थालेको छ । 


यसैगरी कोट क्षेत्रमा रहेका ऐतिहासिक नौँला समेत जिर्ण भईसकेका छन् । पछिल्लो समयमा कोट क्षेत्र अतिक्रमणको चपेटामा पर्दा सयौ वर्ष पुरानो ईतिहास मेटिने  अवस्थामा पुगेको भन्दै चिन्ता व्यक्त गर्न थालिएको छ  ।  कोटमा रहेका वहुमुल्य  ढुंगा चोरेर स्थानिय बासिन्दा निजि घर निर्माणदेखि अन्य स्थानमा प्रयोजन गर्न थालेका छन् । यसैगरी अजयमेरुकोटमा रहेका सिलालेख समेत चोरी भईसकेको स्थानीय बासिन्दाले बताएका छन् ।

यसैगरी अजयमेरुकोटको दरवार क्षेत्रको विकासका लागि गुरुयोजना बनाईने भएको छ । वर्षेनि लाखौ रकम खर्च हुँदा पनि अजयमेरु कोटको मर्मत संभार हुनुको साटो भग्नावशेषमा परिणत हुने अवस्थामा पुगेकाले गुरुयोजना बनाईन थालिएको हो । 

अजयमेरुकोट रहेको क्षेत्र अतिक्रमण हुँदा सयौँ वर्षको ईतिहास मेटिने अवस्थामा पुगेकाले गुरुयोजना बनाएर विकास गर्ने अजयमेरु गाउँपालिका अध्यक्ष उमेशप्रसाद भट्टले बताए । 

राष्ट्रिय सम्पदा सुचिमा राख्नका लागि प्रयाप्त आधार हुँदाहुँदै पनि यो क्षेत्रको उचित प्रचारप्रसार र मर्मत सम्भार नहुँदा सयौं वर्ष ईतिहास बोकेको अजयमेरुकोट ईतिहासमा सीमित हुने भएको छ । 

त्यसैले यस्को गुरुयोजना बनाएर मर्मत सम्भार गर्न सके यो क्षेत्रमा पर्यटक भित्र्याई यहाँका स्थानीय बासिन्दाको आर्थिक स्तरमा वृद्धि हुने थियो । 


प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
कुलमान घिसिङले रास्वपासँग कुनै पदको बार्गेनिङ नगरेको बताए पश्चिमी वायुको प्रभावका कारण काठमाडौँ उपत्यकामा मौसम परिवर्तन प्रधानमन्त्रीले बन्दुक समातेर गोली चलाउँदैन, जेनजी हत्याको आरोप मलाई लगाइयो: केपी ओली चुनावी अभियानको क्रममा तेह्रथुम पुगे बालेन शाह हिमपातले सुदूर पहाडको जनजीवन प्रभावित आज अन्तर्राष्ट्रिय शिक्षा दिवस मनाइँदै देश अझै संकटमा छ, दुर्घटनामा पर्न सक्छ: प्रचण्ड महावीर पुनले पाए त्रिभुज चुनाव चिन्ह मन्त्रिपरिषद् बैठकका निर्णयहरु सार्वजनिक बदलिएको कांग्रेसले देशलाई बदल्छ : सभापति गगन थापा गगन थापालाई प्रधानमन्त्रीको उम्मेदवार बनाउने कांग्रेसको निर्णय हल्लाको पछि नलाग्न आशिका तामाङको आग्रह राष्ट्रिय सभाको बैठक जारी आशिका तामाङले उम्मेदवारी फिर्ता लिन निर्वाचन अधिकृतलाई गरिन् फोन बाबुराम भट्टराईले फिर्ता लिए उम्मेदवारी गगन थापा सभापति बनेपछि पहिलोपटक सानेपामा पुगेर बैठक गर्दै पाथीभरा पुगे बालेन शाह आजदेखि देशभर मौसम फेरबदल कांग्रेसको केन्द्रीय कार्यसमितिको बैठक आज बस्दै सुन मुल्य तोलाको ३ लाख नाघ्यो