भदौ 11,नगरकोट। चाँगुनारायण नगरपालिका–७ वागेश्वरीमा रहेको वाल्मिकीश्वर घाटमा पानीको समस्या समाधान गर्नका लागि समाजवाद अध्ययन केन्द्रले पानी ट्यांकी, पाइप, धारालगायत सहयो"/> Sajha Sawal - Nepal's Number 1 News Portal for Labor Migration, Employment Sector and More... भदौ 11,नगरकोट। चाँगुनारायण नगरपालिका–७ वागेश्वरीमा रहेको वाल्मिकीश्वर घाटमा पानीको समस्या समाधान गर्नका लागि समाजवाद अध्ययन केन्द्रले पानी ट्यांकी, पाइप, धारालगायत सहयो"/>
२१ मंसिर २०८२, शनिबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

अर्थ/विकास

घाटलाई पानी

११ भाद्र २०७४, आईतवार १०:३६

भदौ 11,नगरकोट। चाँगुनारायण नगरपालिका–७ वागेश्वरीमा रहेको वाल्मिकीश्वर घाटमा पानीको समस्या समाधान गर्नका लागि समाजवाद अध्ययन केन्द्रले पानी ट्यांकी, पाइप, धारालगायत सहयोग गरेको छ । 

नगरपालिका–७ र ८ का मानिसको मृत्यु भएपछि पानीको समस्याका कारण दाहसंस्कारमा नै कठिनाइ हुँदै आएको थियो । लगभग एक हजार घरधुरीभन्दा बढीले प्रयोग गर्दैै आएको घाट भए पनि पानीको समस्याका कारण चिता धुन समेत कठिन थियो । 

पानी ट्यांकीको उद्घाटन गर्दै सभासद् रामेश्वरप्रसाद ढुंगेलले स्थानीय समुदायको अग्रसरताले नै समुदायको विकास हुने बताउँदै आफूले खानेपानी व्यवस्थापनमा सक्दो सहयोग पु¥याउने प्रतिबद्धता जनाउनुभयो । 

केन्द्रले हाललाई दुई हजार लिटरको पानी ट्यांकी, पानीका लागि मूलदेखि घाटसम्म खानेपानीको पाइप विस्तार र घाटमा आउनेका लागि नुहाउने धारा गरी रु ५० बराबरको सहयोग गरेकोे केन्द्रका अध्यक्ष दुर्गाप्रसाद फुयाँलले जानकारी दिनुभयो । 

कार्यक्रममा नेपाली काँग्रेस भक्तपुर क्षेत्र नं १ का पूर्व क्षेत्रीय सभापति कृष्णलाल भँडेल, जिल्ला कार्यसमिति सदस्य हरिप्रसाद नेपाल, काँग्रेसका नेता राजाराम खड्का, नगरपालिकाका नगर सभापति यादव अधिकारी, वडा नं ७ का वडाध्यक्ष ज्ञानबहादुर केसी, वडा नं ८ का वडाध्यक्ष परासर सापकोटालगायतले समाज विकासका लागि सबैले साथ दिनुपर्नेमा जोड दिनुभयो । रासस (फाइल फोटो)


प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
एनपिएलः लुम्बिनीलाई एक सय ३३ रनको लक्ष्य गौरीघाट पुलमा सवारीसाधन रोक्न सिँढी निर्माण निर्वाचन आयोगका पदाधिकारीसहितको सर्वपक्षीय बैठक बालुवाटारमा सुरु सभापति देउवा र अध्यक्ष ओलीबीच भेटवार्ता एमालेको महाधिवेशनलाई एकताको महाधिवेशन बनाउनुपर्छ: उपाध्यक्ष थापा भेदभावमुक्त समाज निर्माणका लागि निरन्तर लागिरहनुपर्छः प्रधानमन्त्री कार्की भारतलाई इन्धन आपूर्ति जारी राख्ने पुटिनको आश्वासन एनपिएलः जनकपुर टस जितेर ब्याटिङमा प्रधानमन्त्री कार्कीसँग राजदूत तोरुको शिष्टाचार भेट एनपिएलः ‘प्लेअफ’को सम्भावनामा चार टिम, आजको खेल कति महत्वपूर्ण ? इन्डिगो उडान रद्द हुँदा भारतीय विमानस्थलमा अव्यवस्था अमेरिकी व्यापार दबाबपछि भारतले ब्याज दर घटायो सवारी चालक र सहचालकप्रति हेर्ने दृष्टिकोण सकारात्मक हुनुपर्छः मन्त्री गुप्ता मानसिक स्वास्थ्य सुधारका लागि मनोपरामर्शसँगै आध्यात्मिक जीवनशैली उपयोगी हुन्छः स्वास्थ्यमन्त्री गौतम विभिन्न संस्थान र निकायमा सरकारको नौ खर्ब ३० अर्ब लगानी दिल्लीमा मोदी–पुटिन भेट : रणनीतिक साझेदारीको नयाँ चरण प्रधानमन्त्री कार्कीको आह्वानमा आज सर्वपक्षीय बैठक बस्दै अस्ट्रेलियामा चार अर्ब ६० करोड डलरको एआई केन्द्र आज अन्तरराष्ट्रिय स्वयंसेवक दिवस, विश्व माटो दिवस पनि आजै समानुपातिक निर्वाचन प्रणालीतर्फ भाग लिने दलहरूलाई निवेदन दिन आह्वान