भदौ ११,पोखरा। जिल्ला प्रहरी कार्यालय कास्कीले दुई हप्ताको अवधिमा अवैध जुवा खेलिरहेको अवस्थामा विभिन्न एघार स्थानबाट १३ जना महिलासहित ८२ जनालाई पक्राउ गरेको छ ।&n"/> Sajha Sawal - Nepal's Number 1 News Portal for Labor Migration, Employment Sector and More... भदौ ११,पोखरा। जिल्ला प्रहरी कार्यालय कास्कीले दुई हप्ताको अवधिमा अवैध जुवा खेलिरहेको अवस्थामा विभिन्न एघार स्थानबाट १३ जना महिलासहित ८२ जनालाई पक्राउ गरेको छ ।&n"/>
११ माघ २०८२, शनिबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

कास्की - KSK

जुवा खेल्ने ८२ जनाबाट २० लाख बरामद

११ भाद्र २०७४, आईतवार १२:०३

भदौ ११,पोखरा। जिल्ला प्रहरी कार्यालय कास्कीले दुई हप्ताको अवधिमा अवैध जुवा खेलिरहेको अवस्थामा विभिन्न एघार स्थानबाट १३ जना महिलासहित ८२ जनालाई पक्राउ गरेको छ । 

जिप्रकामा आज आयोजित पत्रकार सम्मेलनमा दिइएको जानकारीअनुसार पोखराको रत्नचोक, महेन्द्रपुल, फूलबारी, शिवचोक, चाउथेचोक, विरौटा, शीतलादेवी, घलेचोक, कालीगण्डकीचोक, भद्रकाली र बेगनासबाट जुवाडे पक्राउ गरिएको हो । 

जिप्रका कास्कीका प्रमुख प्रहरी उपरीक्षक अशोक सिंहले पक्राउ परेकाको साथबाट रु २० लाख ४२ हजार ८१० बरामद गर्नुको साथै उनीहरुविरुद्ध जुवा ऐन अन्तर्गत मुद्दा दायर गरिएको जानकारी दिनुभयो । 

पोखरा लेखनाथ महानगरपालिका–१४ चाउथेबाट शनिबार फेनरागन ७० थान, डाइजापाम ७० थान र बुफ्रिनर्पिmन ७० थान लागुऔषधसहित सोही स्थानका कृष्णबहादुर विक, दिलीप तामाङ र सुनिल विकलाई पक्राउ गरी आवश्यक कारबाही शुरु गरिएको पनि उहाँले जानकारी दिनुभयो । 

उहाँले जिप्रकाबाट अघि सारिएका अपराध नियन्त्रण तथा रोकथाम, अवैध लागुऔषध कारोबार रोकथाम तथा नियन्त्रण, चोरी, तस्करी, कालोबजारी तथा अवैध मदिरा नियन्त्रण, प्रविधिमैत्री प्रहरी सेवा, सुरक्षित एवं अपराधमुक्त जिल्लाको निर्माण जस्ता विभिन्न १५ वटा कार्ययोजनाको पनि सार्वजनिक गर्नुभयो । रासस (फाइल फोटो)


प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
गाजामा नागरिकको हत्या जारी रहने राष्ट्रसंघको चेतावनी कुलमान घिसिङले रास्वपासँग कुनै पदको बार्गेनिङ नगरेको बताए पश्चिमी वायुको प्रभावका कारण काठमाडौँ उपत्यकामा मौसम परिवर्तन प्रधानमन्त्रीले बन्दुक समातेर गोली चलाउँदैन, जेनजी हत्याको आरोप मलाई लगाइयो: केपी ओली चुनावी अभियानको क्रममा तेह्रथुम पुगे बालेन शाह हिमपातले सुदूर पहाडको जनजीवन प्रभावित आज अन्तर्राष्ट्रिय शिक्षा दिवस मनाइँदै देश अझै संकटमा छ, दुर्घटनामा पर्न सक्छ: प्रचण्ड महावीर पुनले पाए त्रिभुज चुनाव चिन्ह मन्त्रिपरिषद् बैठकका निर्णयहरु सार्वजनिक बदलिएको कांग्रेसले देशलाई बदल्छ : सभापति गगन थापा गगन थापालाई प्रधानमन्त्रीको उम्मेदवार बनाउने कांग्रेसको निर्णय हल्लाको पछि नलाग्न आशिका तामाङको आग्रह राष्ट्रिय सभाको बैठक जारी आशिका तामाङले उम्मेदवारी फिर्ता लिन निर्वाचन अधिकृतलाई गरिन् फोन बाबुराम भट्टराईले फिर्ता लिए उम्मेदवारी गगन थापा सभापति बनेपछि पहिलोपटक सानेपामा पुगेर बैठक गर्दै पाथीभरा पुगे बालेन शाह आजदेखि देशभर मौसम फेरबदल कांग्रेसको केन्द्रीय कार्यसमितिको बैठक आज बस्दै