सास | प्रविधिको विकास सँगै कम्प्युटर मानिसका लागि पहिलो आवश्यक बनेको छ । कम्प्युटर बिना संसार असम्भव जस्तै भइसकेको छ । कम्प्युटरको माध्यमबाट संसारका कुनै पनि कुनामा "/>
सास | प्रविधिको विकास सँगै कम्प्युटर मानिसका लागि पहिलो आवश्यक बनेको छ । कम्प्युटर बिना संसार असम्भव जस्तै भइसकेको छ । कम्प्युटरको माध्यमबाट संसारका कुनै पनि कुनामा भएका घटना सम्बन्धी सूचना क्षण भरमै प्रवाह गर्न सम्भव भएको छ ।
आज कम्प्युटरलाई प्रभावकारी बनाउन यसमा जडान गरिएका टुल्सहरूको महत्वपूर्ण भूमिका हुन्छ । त्यसैले समयअनुसार कम्प्युटरमा प्रयोग गरिने टुल्सका नयाँ र प्रभावकारी भर्सनहरू आइरहने गर्छ । त्यसैको एउटा उदाहरण हो, बेरेर राख्न मिल्ने कीबोर्डको विकास ।
बेरेर राख्न सकिने कीबोर्ड निकै स्मार्ट शैलीमा निर्माण गरिएको छ । यसलाई ‘सुङ्वु फोल्डेबल सिलिकन कीबोर्ड’ नाम दिइएको छ । यो कीबोर्ड ट्याब्लेट, स्मार्टफोन र नोटबुक चलाउन निकै उपयोगी साबित भएको छ ।
सुङ्वु फोल्डेबल सिलिकन नाम दिइएको यो कीबोर्ड नरम, धूलोरहित, हल्का, फ्लेक्जिबल र वाटरफ्रुफ पनि छ । टाइप गर्दा आवाज नआउने भएकाले चलाउँदा शान्त महसुस हुन्छ ।
यसको अर्को सजिलो पक्ष भनेको जब काम सकिन्छ, यसलाई बेरेर आवश्यकताअनुसार झोला वा कुनै सानो स्पेसमा राखेर बोक्न सनिन्छ । कालो खैरो रङमा उपलब्ध यो कीबोर्ड नरम, धूलोरहित, हल्का, फ्लेक्जिबल र वाटरफ्रुफ पनि छ ।
यसलाई उच्च गुणस्तरको नरम सिलिकनबाट तयार गरिएको छ । यो कीबोर्डमा टाइप गर्दा शान्त महसुस हुन्छ । –एजेन्सी