भदौ १२, चितवन । भरतपुर महानगरपालिकाको दुईवटा वडाका विजयी वडाध्यक्षले आज शपथ लिनुभएको छ । 

मुख्य निर्वाचन अधिकृत कविप्रसाद न्यौपानेले वडा नं ४"/> Sajha Sawal - Nepal's Number 1 News Portal for Labor Migration, Employment Sector and More...

भदौ १२, चितवन । भरतपुर महानगरपालिकाको दुईवटा वडाका विजयी वडाध्यक्षले आज शपथ लिनुभएको छ । 

मुख्य निर्वाचन अधिकृत कविप्रसाद न्यौपानेले वडा नं ४"/>

२०८२, १६ चैत्र सोमबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

भरतपुरका दुई वडाध्यक्षले लिए शपथ

२०७४, १२ भाद्र सोमबार ०८:४९


भदौ १२, चितवन । भरतपुर महानगरपालिकाको दुईवटा वडाका विजयी वडाध्यक्षले आज शपथ लिनुभएको छ । 

मुख्य निर्वाचन अधिकृत कविप्रसाद न्यौपानेले वडा नं ४ का वडाध्यक्ष हरिप्रसाद आचार्य र वडा नं ७ का वडाध्यक्ष राजेन्द्रमणि काफ्लेले उहाँहरुलाई शपथ गराउनुभएको हो । 

विजयी दुई वडाध्यक्षविरुद्ध विशेष अदालत पाटनको हेटौंडा इजलासमा परेको रिट निवेदन खारेज भएपछि उहाँहरुलाई काम गर्ने बाटो खुलेको हो । 

निर्वाचनको मतगणनाका क्रममा मतपत्र च्यातिएपछि पुनः निर्वाचनका कारण झण्डै तीन महिना ढिला गरी अन्य पदमा विजयीले शपथ लिए पनि दुई वडाध्यक्षले शपथ लिन पाएका थिएनन् । 

यी दुवै वडामा नेकपा (एमाले)का उम्मेदवार विजयी भए पनि झिनो मतान्तरको हारमा नेपाली काँग्रेसका प्रतिद्वन्द्वीले मत गणनामा त्रुटि भएको आरोपसहित रिट दायर गरेपछि शपथ रोकिएको थियो । 

वडा नं ४ मा हरिप्रसाद आचार्य सात मत र वडा नं ७ मा राजेन्द्रमणि काफ्ले १४ मत अन्तरले विजयी हुनुभएको थियो । 

हेटौँडा इजलासले यही भदौ ८ गते सो रिट खारेज गरेसँगै काम गर्ने बाटो खुलेको हो । रासस 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
मुग्लिन-नागढुंगा सडक आगामी तीन दिन रातिको समयमा बन्द गरिने चैत १९ गते संसद् अधिवेशन बोलाउन सिफारिस गर्ने सरकारको निर्णय महेश बस्नेतविरूद्ध अदालतले दिएन पक्राउ पुर्जी ओलीलाई छाड्न अस्वीकार, सर्वोच्चले दियो कारण देखाउ आदेश सिंहदरबारमा मन्त्रिपरिषद् बैठक सुरु हर्क साम्पाङले दिए साइबर ब्यूरोमा उजुरी ओलीलाई भेट्न शिक्षण अस्पताल पुगिन् पूर्वराष्ट्रपति भण्डारी सेयर बजारमा आज पनि उच्च अंकको गिरावट म आफु घुस खान आएको होइन र कसैलाई खान पनि दिन्नँ: अर्थमन्त्री वाग्ले ओलीको रिहाइ माग गर्दै आज पनि सरकारविरुद्ध एमालेको प्रदर्शन सांसदहरूसँग छलफलमा जुटे प्रधानमन्त्री शाह मङ्गलबार चट्याङ र हावाहुरीसहित भारी वर्षाको सम्भावना पक्राउ परेका पूर्वमन्त्री दीपक खड्का अस्पताल भर्ना रवि लामिछानेको राहदानी मुद्दामा सुनुवाइ हुँदै देउवा पक्षले बोलायो केन्द्रीय समिति बैठक मेची राजमार्गमा पुनः पहिरो, सडक अवरुद्ध ओली र लेखकको बन्दी प्रत्यक्षीकरणको रिटमा आज सुनुवाइ हुँदै सुनचाँदी को मूल्य घट्यो आवेदन दिएको दिनमै श्रम स्वीकृति ओली र लेखकलाई ५ दिन हिरासतमा राखेर अनुसन्धान गर्न अनुमति