पोखरा–१२, भाद्र । मानवअधिकार पत्रकार संघ(हुर्जा) पश्चिमाञ्चलले आफ्नो सातौँ साधारण सभा तथा तेश्रो अधिवेशनको तयारी पुरा गरेको जनाएको छ । १३ गते (मंगलबार) पोखरामा हुने उक"/> Sajha Sawal - Nepal's Number 1 News Portal for Labor Migration, Employment Sector and More... पोखरा–१२, भाद्र । मानवअधिकार पत्रकार संघ(हुर्जा) पश्चिमाञ्चलले आफ्नो सातौँ साधारण सभा तथा तेश्रो अधिवेशनको तयारी पुरा गरेको जनाएको छ । १३ गते (मंगलबार) पोखरामा हुने उक"/>
११ माघ २०८२, शनिबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

कास्की - KSK

हुर्जाको अधिवेशनको तयारी पुरा, विभिन्न व्यक्ति तथा संस्था सम्मानित हुने

१२ भाद्र २०७४, सोमबार १६:२५

पोखरा–१२, भाद्र । मानवअधिकार पत्रकार संघ(हुर्जा) पश्चिमाञ्चलले आफ्नो सातौँ साधारण सभा तथा तेश्रो अधिवेशनको तयारी पुरा गरेको जनाएको छ । १३ गते (मंगलबार) पोखरामा हुने उक्त सभाले आगामी तीन वर्षका लागि नयाँ कार्यसमिति समेत चयन गर्नेछ ।

कास्कीका प्रमुख जिल्ला अधिकारी तारानाथ अधिकारीको प्रमुख आतिथ्यतामा हुने साधारणसभामा हुर्जा मानवअधिकार पत्रकारिता पुरस्कारबाट पोखराकी पत्रकार स्मिता अधिकारीलाई प्रदान गर्ने कार्यक्रम रहेको महासचिव विरेन्द्र सापकोटाले बताउनुभयो ।

अधिकारको क्षेत्रमा विशेष कलम चलाउने पत्रकारलाई संस्थाले आफ्नो साधारणसभाको अवसरमा सम्मान गर्दै आएको र संस्थाका निवर्तमान अध्यक्ष कृष्ण अञ्जान ज्ञवालीद्धारा स्थापित पुरस्कार यो पटक अधिकारीलाई दिन लागिएको हो । नेपाल पत्रकार महासंघ कास्कीका अध्यक्ष दीपेन्द्र श्रेष्ठको संयोजकत्वमा गठित पुरस्कार छनौट समितिको सिफारिस अनुसार यसपटक अधिकारीलाई पुरस्कृत गर्न लागिएको र पुरस्कार राशिमा पाँच हजार पाँच, दोसल्ला र सम्मानपत्र रहेको छ ।

यसअघि पत्रकार श्यामनाथ कुँवर हुर्जा मानवअधिकार पत्रकारिता पुरस्कारबाट पुरस्कृत भइसक्नुभएको छ । सोही अवसरमा सञ्चार सम्मान पोखराबाट प्रकाशित आदर्श समाज राष्ट्रिय दैनिकलाई र संस्थागत सम्मान लेखनाथमा रहेको परिवर्तन नेपाललाई सम्मानित गरिने कार्यक्रम रहेको कोषाध्यक्ष असफल गौतमले बताउनुभयो ।

सोमबार हुर्जा पश्चिमाञ्चलका अध्यक्ष राजेश पराजुलीको अध्यक्षतामा बसेको बैठकले साधारणसभामा महासचिव विरेन्द्र सापकोटाले प्रस्तुत गर्ने महासचिवको प्रतिवेदन र कोषाध्यक्ष असफल गौतमले प्रतिवेदन गर्ने आर्थिक प्रतिवेदन समेत सर्वसहमत रुपमा पारित गरेको छ ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
स्वच्छ र निष्पक्ष निर्वाचनका लागि सबै जिम्मेवार बनौँ: प्रचण्ड गगन थापाले यसपटक आँट गरेर सर्लाहीबाट उम्मेदवारी दिएको बताए गाजामा नागरिकको हत्या जारी रहने राष्ट्रसंघको चेतावनी कुलमान घिसिङले रास्वपासँग कुनै पदको बार्गेनिङ नगरेको बताए पश्चिमी वायुको प्रभावका कारण काठमाडौँ उपत्यकामा मौसम परिवर्तन प्रधानमन्त्रीले बन्दुक समातेर गोली चलाउँदैन, जेनजी हत्याको आरोप मलाई लगाइयो: केपी ओली चुनावी अभियानको क्रममा तेह्रथुम पुगे बालेन शाह हिमपातले सुदूर पहाडको जनजीवन प्रभावित आज अन्तर्राष्ट्रिय शिक्षा दिवस मनाइँदै देश अझै संकटमा छ, दुर्घटनामा पर्न सक्छ: प्रचण्ड महावीर पुनले पाए त्रिभुज चुनाव चिन्ह मन्त्रिपरिषद् बैठकका निर्णयहरु सार्वजनिक बदलिएको कांग्रेसले देशलाई बदल्छ : सभापति गगन थापा गगन थापालाई प्रधानमन्त्रीको उम्मेदवार बनाउने कांग्रेसको निर्णय हल्लाको पछि नलाग्न आशिका तामाङको आग्रह राष्ट्रिय सभाको बैठक जारी आशिका तामाङले उम्मेदवारी फिर्ता लिन निर्वाचन अधिकृतलाई गरिन् फोन बाबुराम भट्टराईले फिर्ता लिए उम्मेदवारी गगन थापा सभापति बनेपछि पहिलोपटक सानेपामा पुगेर बैठक गर्दै पाथीभरा पुगे बालेन शाह