पोखरा, १२ भदौ । एक कार्यक्रमका वक्ताहरूले मगर भाषा लोप हुन थालेकोमा चिन्ता व्यक्त गरेका छन् । मगर भाषा प्रतिष्ठान, कास्की शाखाको सातौं वार्षिकोत्सव तथा स्थापना दिवसका अवसरमा सोम"/> Sajha Sawal - Nepal's Number 1 News Portal for Labor Migration, Employment Sector and More... पोखरा, १२ भदौ । एक कार्यक्रमका वक्ताहरूले मगर भाषा लोप हुन थालेकोमा चिन्ता व्यक्त गरेका छन् । मगर भाषा प्रतिष्ठान, कास्की शाखाको सातौं वार्षिकोत्सव तथा स्थापना दिवसका अवसरमा सोम"/>
2026-09-19 04:14 PM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

कास्की - KSK

मगर भाषा लोप हुन थालेकोमा चिन्ता

पोखरा, १२ भदौ । एक कार्यक्रमका वक्ताहरूले मगर भाषा लोप हुन थालेकोमा चिन्ता व्यक्त गरेका छन् । मगर भाषा प्रतिष्ठान, कास्की शाखाको सातौं वार्षिकोत्सव तथा स्थापना दिवसका अवसरमा सोमबार पोखरामा आयोजित कार्यक्रममा बोल्ने वक्ताहरूले जनसंख्याको अनुपातमा मगर भाषाका वक्ता कम हुँदै जान थालेकोमा चिन्ता व्यक्त गरे ।

कार्यक्रममा बोल्दै नेपाल मगर संघ कास्कीका अध्यक्ष पूर्णबहादुर रानामगरले नेपालमा मगर जातिको जनसंख्या धेरै भएपनि मगर भाषाका वक्ताको संख्या क्रमशः घट्दै जान थालेकोप्रति चिन्ता व्यक्त गर्नुभयो । नेपालको संविधानले मातृभाषालाई संवैधानिक मान्यता दिएपनि कार्यान्वयनमा राज्यपक्ष उदासीन देखिएको भन्दै भाषिक अधिकारका लागि रगत समेत बगाउनु परेको स्मरण गर्नुभयो । मातृभाषाको संरक्षणका लागि गम्भीर भएर सोंच्ने बेला आएको उहाँको भनाइ थियो ।

कार्यक्रममा लोकोत्तर लोकवादी विचार अभियानका संयोजक धनप्रसाद तामाङ, नेपाल मगर महिला संघ कास्कीकी अध्यक्ष फूलकुमारी थापामगर, राष्ट्रिय मौलिक कौरा संरक्षण समिति, नेपालका अध्यक्ष हर्क आलेमगर, नेपाल मगर पत्रकार संघका कार्यवाहक अध्यक्ष एमबी आस्था मगरलगायतले मातृभाषाको संरक्षण र विकासका लागि राज्य पक्ष एवं सरोकारवाला जागरुक हुनुपर्ने आवश्यकता औंल्याउनुभएको थियो ।

मगर भाषा प्रतिष्ठान, कास्की शाखाका अध्यक्ष रूद्रबहादुर हितानमगरको अध्यक्षतामा भएको कार्यक्रमको सञ्चालन सचिव रूद्रबहादुर श्रीसमगर र उपाध्यक्ष यामबहादुर थापामगरले स्वागत गर्नुभएको थियो ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
परराष्ट्रमन्त्री खनाल आइतबार न्यूयोर्क प्रस्थान गर्ने माथिल्लो त्रिशूली १ मा थप ११ जनाको शव फेला, खोजी कार्य जारी १५औँ महाधिवेशन नेतृत्व छान्ने मात्र होइन, कांग्रेस बदल्ने ऐतिहासिक अवसर : नैनसिंह महर करेन्ट लागेर एक युवकको मृत्यु नयाँ पुस्ताको आकांक्षा सम्बोधन गर्ने कांग्रेस बनाउँछौँ : गगन थापा जंगली च्याउको तरकारी खाँदा प्यूठानमा ९ जना बिरामी संविधानको पूर्ण कार्यान्वयनलाई राष्ट्रिय संकल्प बनाउनुपर्छ : राष्ट्रपति पौडेल मैले तरबार पनि बोक्न पर्दैन, कलम बोके पुग्छ : केपी ओली संविधान राम्रो भएर मात्र हुँदैन, चलाउने हात इमानदार हुनुपर्छ : प्रधानमन्त्री शाह संविधानमा नै लेखिएको व्यवस्थाले संविधानको गम्भीर समीक्षा मागेको छ: रवि लामिछाने मन्त्रिपरिषद् बैठकका ५ निर्णय सार्वजनिक नेप्से परिसूचक २२.८५ अंकले बढ्यो मन्त्रिपरिषद्बाट १३ देशका लागि राजदूत सिफारिस आफ्नो पुस्ताका लागि स्वदेशमै रोजगारी सिर्जना गर्न जेनजी सांसदलाई प्रधानमन्त्रीको आग्रह नेपाल कतै विदेशीहरूको खेलमैदान त बन्ने होइन? : माधवकुमार नेपाल मुर्रा भैँसी ल्याउने कुरा चानचुने थिएन : प्रचण्ड क्यानडा पठाइदिन्छु भन्दै रकम ठगी गरेको अभियोगमा २ जना पक्राउ माथिल्लो त्रिशूली थ्री एको टनेलबाट ६ शव निकालियो हुण्डी कारोबारमा संलग्न भएको आरोपमा दुई जना पक्राउ १५औँ महाधिवेशन नेतृत्व चयन मात्र होइन, आदर्श पुनःस्थापित गर्ने अवसर हो : गगन थापा