१८ माघ २०८२, शनिबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

मनोरञ्जन

साउदी अरबमा रोल्पाली सेवा समाजको सातौं वार्षिकोत्सव: राधिका हमाल र अर्जुन सापकोटाको उत्कृष्ट प्रस्तुती

२६ जेष्ठ २०८२, आईतवार १३:३६

साउदी ।  साउदी अरेबिया पुर्बि प्रान्त दम्माममा रोल्पाली सेवा समाजको सातौं वार्षिकोत्सव भव्य रूपमा सम्पन्न भएको छ।
नेपालबाट आमन्त्रित चर्चित लोकदोहोरी गायिका राधिका हमाल र गायक अर्जुन सापकोटाको सांगीतिक प्रस्तुति कार्यक्रमको प्रमुख आकर्षण बन्न सफल भयो।

लोकदोहोरी प्रतिष्ठानकी उपाध्यक्षसमेत रहेकी गायिका हमालले “चञ्चले माया”, “आमा बिना अधुरो छु म…” , ” क्याम्पस पड्न आउने” जस्ता चर्चित गीतमार्फत दर्शक श्रोताको मन जित्नुभयो। यस्तै, पछिल्लो समय निकै लोकप्रिय गायक अर्जुन सापकोटाले “नाति आउँछ भनेर…”, “सुन सरीकी आमा…” लगायतका भावुक गीतहरू प्रस्तुत गर्दै दर्शकहरूलाई देशको माटो र परिवारप्रतिको प्रेमको अनुभूति गराए। प्रवासमा रहेका नेपालीहरूका लागि दुवै कलाकारको प्रस्तुति ऊर्जा र भावनात्मक सम्बन्धको स्रोत बनेको थियो।

कार्यक्रममा प्रमुख अतिथि नेपाली राजदूतावास रियादका महामहिम राजदूत डा. नरेश विक्रम ढकालले “विदेशी भूमिमा पनि नेपाली भाषा, संस्कृति र मौलिक पहिचानलाई जोगाउँदै यस्ता कार्यक्रम गर्नु वास्तवमै सराहनीय छ। रोल्पाली सेवा समाजजस्तो संस्थाले प्रवासमा नेपालीबीच एकता र आत्मबल बढाउन उल्लेखनीय भूमिका खेलेको छ,” भन्नुभयो।

सभाध्यक्ष महेन्द्र घर्ती मगरले “मातृभूमिको लागि विश्वभर छरिएर रहेका रोल्पालीहरू गोलबन्द हौं” भन्ने सन्देश दिँदै सामाजिक एकता र सहयोगको महत्वमाथि जोड दिए।
कार्यक्रममा साउदी अरबका विभिन्न सहरहरूबाट आएका नेपाली श्रमिकहरूको उल्लेखनीय सहभागिता थियो। साथै, स्थानीय कलाकारहरूको दमदार प्रस्तुति र मिडियाकर्मीहरूको उपस्थितिले कार्यक्रमलाई अझ रंगीन बनायो।
सञ्चालन पक्षबाट प्रमुख सल्लाहकार रमेश बुढा मगरले केही कमजोरीहरू भएको स्वीकार गर्दै सहभागीहरूबाट सभ्य सुझावको अपेक्षा राखेका थिए।

सांगीतिक प्रस्तुति, सांस्कृतिक विविधता र आत्मीय सहभागिताबीच सम्पन्न भएको यस कार्यक्रमले प्रवासमा रहेका नेपालीहरूको राष्ट्रिय भावनालाई अझ बलियो बनाएको छ।

कार्यक्रमको समापनमा प्रवास शाखा रोल्पाली सेवा समाजले “जय रोल्पा, जय मातृभूमि” भन्ने नारासहित आगामी दिनमा अझ प्रभावकारी कार्यक्रम गर्ने प्रतिबद्धता व्यक्त गर्‍यो। साथै गायिका हमाल र गायक सापकोटाको साउदी अरेबियाको आभा खमिसमा पनि प्रस्तुति रहको छ ।

कार्यक्रमका तस्विरहरु….

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
हामी देश बनाउने शक्ति हौँ, अरू देश जलाउने पार्टी हुन्: केपी ओली भयरहित वातावरणमा मतदानको सुनिश्चितता होस् : उपराष्ट्रपति यादव सातै प्रदेशका नमुना मतपत्र सार्वजनिक कंगोमा खानी भत्किँदा कम्तीमा २०० जनाको मृत्यु नेपाली बजारमा ग्यास अभाव स्थानीय निर्वाचन अघि महाधिवेशन गर्ने हो : गगन थापा बालेनको घरको गेटमा तोडफोड बालेन शाह सुर्खेत पुगे सहिद राष्ट्रका ऊर्जा र प्रेरणाका स्रोत हुन्ः गृहमन्त्री आर्याल सिराहामा गोली हानी एक जनाको हत्या कांग्रेस देश बदल्ने अठोटसहित निर्वाचनमा होमिएको छ : देवराज चालिसे महाराज गुरुङ बने युवा सङ्घको अध्यक्ष नेकपा एक नम्बर पार्टी बन्ने सम्भावना छ : प्रचण्ड श्रीमतीको हत्या आरोपमा श्रीमान पक्राउ अछाम पुगे बालेन शाह प्रधानमन्त्री कार्कीबाट सहिदप्रति श्रद्धाञ्जली अर्पण नारायणगढ–मुग्लिन सडकखण्डमा बस दुर्घटना हुँदा ४० जना घाइते सहिदका सपना पूरा गर्ने सभापति थापाको संकल्प सुनचाँदीको मुल्य घट्यो, सुन तोलाको ३ लाख १८ हजार ८ सयमा कारोबार राष्ट्रपति पौडेल जापान जाने