२० मंसिर २०८२, शुक्रबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

अछाम - ACM

तुलसीपुरको बजेट रु एक अर्ब १८ करोड

१३ भाद्र २०७४, मंगलवार ०६:१३

भदौ १३,दाङ। तुलसीपुर उपमहानगरपालिकाले आर्थिक वर्ष २०७४/७५ का लागि रु एक अर्ब १७ करोड ८६ लाख ९६ हजार ३९७ को बजेट सार्वजनिक गरेको छ । 

पूँजीगत विकास, नगर र वडास्तरीय पूर्वाधार विकास र अन्य विकास कार्यक्रमका लागि रु एक अर्ब आठ करोड ६५ लाख ३४ हजार ५६८ र चालु खर्चअन्तर्गत तलब, भत्ता, कार्यालय सञ्चालनका लागि रु नौ करोड ८१ लाख ६१ हजार ८८२ गरेर कुल रु एक अर्ब १७ करोड ८६ लाख ९६ हजार ३९७ को बजेट उपप्रमुख माया आचार्यले कार्यपालिकाको बैठकमा प्रस्तुत गर्नुभएको छ । 

उपमहानगरपालिकाले प्रत्येक वडामा रु एक करोड, बाढी प्रभावित क्षेत्रमा रु तीन करोड, विद्यालय शिक्षा सुधार कार्यक्रमका लागि रु १९ करोड, प्राविधिक शिक्षा सञ्चालन गर्ने कलेजलाई रु १० लाख अनुदान, बसपार्कलाई यो आवभित्र सञ्चालन गर्न रु नौ करोड बजेट विनियोजन गरिएको छ । 

नगर प्रमुख घनश्याम पाण्डेले गत आवमा भन्दा यो वर्षको बजेट चारगुणा बढी रहेको बताउनुभयो । प्रशासनिक खर्च २५ प्रतिशतभन्दा बढी राख्न सकिने प्रावधान भएपनि १० प्रतिशतभन्दा कम रहेकाले विकासतर्फ धेरै बजेट परेको पनि पाण्डेले बताउनुभयो । 

विनियोजन भएको बजेटमा पूर्वाधार विकास, शिक्षा सुधार, स्वास्थ्य र कृषिलाई प्राथमिकता दिइनुका साथै बाढीपीडितका समस्या दीर्घकालीन रुपमा समाधान गर्ने कार्यक्रमलाई पनि समावेश गरिएको छ । रासस 


प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
एनपिएलः लुम्बिनीलाई एक सय ३३ रनको लक्ष्य गौरीघाट पुलमा सवारीसाधन रोक्न सिँढी निर्माण निर्वाचन आयोगका पदाधिकारीसहितको सर्वपक्षीय बैठक बालुवाटारमा सुरु सभापति देउवा र अध्यक्ष ओलीबीच भेटवार्ता एमालेको महाधिवेशनलाई एकताको महाधिवेशन बनाउनुपर्छ: उपाध्यक्ष थापा भेदभावमुक्त समाज निर्माणका लागि निरन्तर लागिरहनुपर्छः प्रधानमन्त्री कार्की भारतलाई इन्धन आपूर्ति जारी राख्ने पुटिनको आश्वासन एनपिएलः जनकपुर टस जितेर ब्याटिङमा प्रधानमन्त्री कार्कीसँग राजदूत तोरुको शिष्टाचार भेट एनपिएलः ‘प्लेअफ’को सम्भावनामा चार टिम, आजको खेल कति महत्वपूर्ण ? इन्डिगो उडान रद्द हुँदा भारतीय विमानस्थलमा अव्यवस्था अमेरिकी व्यापार दबाबपछि भारतले ब्याज दर घटायो सवारी चालक र सहचालकप्रति हेर्ने दृष्टिकोण सकारात्मक हुनुपर्छः मन्त्री गुप्ता मानसिक स्वास्थ्य सुधारका लागि मनोपरामर्शसँगै आध्यात्मिक जीवनशैली उपयोगी हुन्छः स्वास्थ्यमन्त्री गौतम विभिन्न संस्थान र निकायमा सरकारको नौ खर्ब ३० अर्ब लगानी दिल्लीमा मोदी–पुटिन भेट : रणनीतिक साझेदारीको नयाँ चरण प्रधानमन्त्री कार्कीको आह्वानमा आज सर्वपक्षीय बैठक बस्दै अस्ट्रेलियामा चार अर्ब ६० करोड डलरको एआई केन्द्र आज अन्तरराष्ट्रिय स्वयंसेवक दिवस, विश्व माटो दिवस पनि आजै समानुपातिक निर्वाचन प्रणालीतर्फ भाग लिने दलहरूलाई निवेदन दिन आह्वान