२० मंसिर २०८२, शुक्रबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

अछाम - ACM

डोल्पावासीको चामल दुईवर्षदेखि काठमाडौँमै

१३ भाद्र २०७४, मंगलवार ११:५९

भदौ १३,डोल्पा। डोल्पाको उत्तरी क्षेत्रका बासिन्दाले दुई वर्षदेखि सहुलियतको चामल र नुन खान पाएका छैनन् । 

विगतका वर्षमा सरकारले उपल्लो डोल्पाका शे–फोक्सुन्डो, छार्काताङसोङ र डोल्पो बुद्ध गाउँपालिकाका बासिन्दाका लागि सहुलियतको चामल नुनलगायत खाद्यान्न उपलब्ध गराउँदै आएको थियो । तर केरुङ नाका विवादपछि उपल्लो डोल्पाका बासिन्दाका लागि सरकारले उपलब्ध गराउँदै आएको चामल दुई वर्षदेखि काठमाडाँैमै थन्किएको छ । 

उपल्लो डोल्पाको लागि छुट्याइएको छ हजार ८०० क्वीन्टल चामल र तीन हजार क्वीन्टल नुन काठमाडौँको गोदाममा थन्किएको छ । खाद्यान्न संकटको मार खेपिरहेको उपल्लो डोल्पामा दुई वर्षदेखि अनुदानको चामल र नुन नजाँदा उपल्लो डोल्पावासी मर्कामा परेका छन् । 

केरुङ नाका विवादका कारण माथिल्लो डोल्पामा चामल लैजान नसकिएको ठेकेदार विजय रोेक्काले बताउनुभयो । भन्सार करमा वृद्धि भएकाले व्यापारीसँग कुरा नमिलेपछि समयमै खाद्यान्न ढुवानी हुन नसकेको उहाँको भनाइ छ । माथिल्लो डोल्पामा चामल लैजान एक सय भन्दा धेरै ट्रक आवाश्यकपर्ने भएको र केरुङ नाका जान रसुवाकै नागरिक चालक हुनु पर्ने प्रावधान भएकाले अन्य चालकले जान नपाउने भएपछि ढुवानीमा समस्या भएको रोकायले बताउनुभयो । 

“अबको एक साताभित्र गतवर्ष देखिको सञ्चित चामल र नुन माथिल्लो डोल्पा पुग्छ,” जिल्ला खाद्य प्रमुख हरिप्रसाद जोशीले भन्नुभयो । हरेक वर्ष उपल्लो डोल्पाका तीनवटा गाउँपालिकामा तिब्बत्को नाका हँुदै खाद्यान्न ढुवानी गर्ने गरेको प्रमुख जिल्ला अधिकारी केशवराज आचार्यले बताउनुभयो । विगतका वर्षमा तातोपानी नाकाबाट खाद्यान्न लैजाने गरे पनि भूकम्पले उक्त नाका अवरुद्ध भएपछि केरुङ नाकाबाट ढुवानी गर्ने गरेको साल्ट कर्पोरेसन डोल्पाका प्रमुख प्रकाशबहादुर धामीले जानकारी दिनुभयो । 

भौगोलिक कठिनाइका कारण माथिल्लो डोल्पाका शे–फोक्सुन्डो, छार्काताङसोङ र डोल्पा बुद्ध गाउँपालिकाका बासिन्दाले वर्षमा एक पटक मात्र सरकारी सहुलियतको खाद्यान्न पाउने गर्दछन् । रासस 


प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
एनपिएलः लुम्बिनीलाई एक सय ३३ रनको लक्ष्य गौरीघाट पुलमा सवारीसाधन रोक्न सिँढी निर्माण निर्वाचन आयोगका पदाधिकारीसहितको सर्वपक्षीय बैठक बालुवाटारमा सुरु सभापति देउवा र अध्यक्ष ओलीबीच भेटवार्ता एमालेको महाधिवेशनलाई एकताको महाधिवेशन बनाउनुपर्छ: उपाध्यक्ष थापा भेदभावमुक्त समाज निर्माणका लागि निरन्तर लागिरहनुपर्छः प्रधानमन्त्री कार्की भारतलाई इन्धन आपूर्ति जारी राख्ने पुटिनको आश्वासन एनपिएलः जनकपुर टस जितेर ब्याटिङमा प्रधानमन्त्री कार्कीसँग राजदूत तोरुको शिष्टाचार भेट एनपिएलः ‘प्लेअफ’को सम्भावनामा चार टिम, आजको खेल कति महत्वपूर्ण ? इन्डिगो उडान रद्द हुँदा भारतीय विमानस्थलमा अव्यवस्था अमेरिकी व्यापार दबाबपछि भारतले ब्याज दर घटायो सवारी चालक र सहचालकप्रति हेर्ने दृष्टिकोण सकारात्मक हुनुपर्छः मन्त्री गुप्ता मानसिक स्वास्थ्य सुधारका लागि मनोपरामर्शसँगै आध्यात्मिक जीवनशैली उपयोगी हुन्छः स्वास्थ्यमन्त्री गौतम विभिन्न संस्थान र निकायमा सरकारको नौ खर्ब ३० अर्ब लगानी दिल्लीमा मोदी–पुटिन भेट : रणनीतिक साझेदारीको नयाँ चरण प्रधानमन्त्री कार्कीको आह्वानमा आज सर्वपक्षीय बैठक बस्दै अस्ट्रेलियामा चार अर्ब ६० करोड डलरको एआई केन्द्र आज अन्तरराष्ट्रिय स्वयंसेवक दिवस, विश्व माटो दिवस पनि आजै समानुपातिक निर्वाचन प्रणालीतर्फ भाग लिने दलहरूलाई निवेदन दिन आह्वान