2026-06-24 01:46 PM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

कर्णाली प्रदेश

तेस्रो रुुकम कप भलिबल प्रतियोगिताको उपाधि नवलपुरको बौदीकालीलाई

काठमाडौँ । तेस्रो रुुकम कप भलिबल प्रतियोगिताको उपाधि नवलपुरको बौदीकालीले जितेको छ । मुसिकोट नगरपालिका–१ खलङ्गामा सम्पन्न  फाइनल खेलमा बौदीकालीले रुकुम पश्चिमको हाम्रो सरोकार टोलीलाई पराजित गरेको हो ।
बौदीकालीले फाइनलमा हाम्रो सरोकारलाई ३–० को सोझो सेटमा पराजित गरेको हो । बौदीकालीमा राष्ट्रिय स्तरको प्रतियोगिता खेलिसकेका हिमाल सुनारी, सरोज बर्देवा र राजन दर्लामी मगर तथा हाम्रो सरोकारमा धनबहादुर भट्ट, विष्णु बस्नेत र मनोज घिमिरे सम्मिलित थिए । उपाधिसँगै बौदीकालीले रु ५ लाख ११ हजारसहित मेडल र प्रमाण पत्र प्राप्त गरेको आयोजक रुकुम पश्चिम भलिबल प्रशिक्षण केन्द्रका अध्यक्ष तेजविक्रम बुढाले जानकारी दिए ।
यसैगरी उपविजेता नवलपुरको हाम्रो सरोकारले रु २ लाख ६१ हजार, मेडल र प्रमाणपत्र प्राप्त गर्यो । रुकुम पश्चिमको ‘टिम खनाल’ तेस्रो तथा सल्यानको वनगाड कुपिण्डेले सान्त्वना पुरस्कार प्राप्त गरेको छ । दुवै टोलीले क्रमशः रु एक लाख ५१ हजार र रु एक लाख ११ हजार पुरस्कार प्राप्त गरे ।  । प्रतियोगितामा सात टोलीले प्रतिस्पर्धा गरेका थिए ।
महिलातर्फ रुकुम पश्चिमको बाँफिकोट गाउँपालिकाले उपाधि जितेको छ । फाइनल खेलमा रुकुम पूर्वको जनज्योति युवा विकास केन्द्रलाई ३–० को सोझो सेटमा पराजित गर्यो । उसले योसँगै रु एक लाख नगदसहित मेडल र प्रमाण पत्र प्राप्त गरेको छ । उपविजेता जनज्योतिले रु ७५ हजार, तेस्रो भएको रुकुम भलिबल टोलीले रु ५० हजार, मेडल र प्रमाणपत्र प्राप्त गरेका छन् । चौथो भएको रुकुम पूर्वको सीमा भलिबल क्लबले रु २५ हजार पुरस्कार प्राप्त गरेको आयोजक संस्थाले जनाएको छ ।
–––

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
रास्वपा महाधिवेशन: ८० वटा विद्युतीय उपकरणबाट मतदान गरिने सुनको मूल्य तोलामा ३६ सय रुपैयाँले घट्यो विष्णु पौडेल पक्राउविरुद्ध संसद्‌मा सशक्त प्रतिवाद गर्ने एमालेको निर्णय विदेश पठाउने भन्दै ठगी गर्ने तीन जना पक्राउ फरक परिणाम निकाल्ने हो भने केही फरक गर्नैपर्छ: रवि लामिछाने कठिन परिस्थितिलाई अवसर र शक्तिमा बदल्न सक्ने क्षमता एमालेसँग छ: शंकर पोखरेल कुर्सी समातेर मात्रै बस्ने शैलीले पार्टी चल्दैन: गगन थापा रास्वपाकाे बन्दसत्र सुरू एमालेले संसदीय दलको बैठक पार्टी मुख्यालय च्यासलमा सुरू पछिल्लो कार्यतालिका अनुसार पनि सुरू भएन रास्वपा बन्दसत्र कक्षा १२ को नतिजा प्रकाशनमा कुनै त्रुटि भएको छैनः शिक्षा मन्त्रालय रास्वपाको नयाँ नेतृत्व चयनका लागि भोलि मतदान हुने रास्वपाको बन्दसत्र दिउँसो २ बजेदेखि सुरु हुने एमालेले बोलायो संसदीय दल र सचिवालयको बैठक नगरकोटमा एक जना युवकको हत्या, तीन जना पक्राउ सुनचाँदीको मूल्य घट्यो रास्वपाको बन्द सत्र आजका लागि स्थगित एमाले उपाध्यक्ष विष्णु पौडेल पक्राउ रोल्पामा बस दुर्घटना हुँदा १२ जना घाइते गृहमन्त्री सुधन गुरुङविरुद्ध उजुरी दर्ता