३० मंसिर २०८२, सोमबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

कोशी प्रदेश

झापामा चिनियाँ राजदूतः कृषि तथा साना उद्योग अवलोकनमा व्यस्त

२९ जेष्ठ २०८२, बुधबार ११:३६

काठमाडौँ । नेपालका लागि चीनका राजदूत छन सोङ मङ्गलबारदेखि झापाका विभिन्न भागमा सञ्चालित कृषि तथा साना उद्योगको अवलोकन भ्रमणका साथै सामाजिक एवं शैक्षिक कार्यक्रममा सहभागी हुनुभएको छ ।

राजदूत छनले मङ्गलबार अर्जुनधारा–१० कालीझोडास्थित मुढा बनाउने उद्योग, अर्जुनधारा–२ स्थित टपरी उद्योग बनाउने उद्योगको अवलोकन गर्नुभयो भने आज अर्जुनधारा–६ स्थित गाई फार्म र अर्जुनधारा–१० स्थित माछा फार्मको अवलोकन गर्ने कार्यक्रम रहेको चिनियाँ राजदूतको भ्रमणमा संयोजकको भूमिका निर्वाह गरिरहनुभएका सभामुख देवराज घिमिरेका स्वकीयसचिव केशव ढुङ्गेलले राससलाई जानकारी दिनुभयो । “उहाँहरूले लगानीको सम्भावित क्षेत्रबारे जानकारी लिँदै स्थलगत अवलोकन गरिरहनुभएको छ”, उहाँले भन्नुभयो ।
एक हजार ९०० विद्यार्थीलाई सहयोग

बिर्तामोड र अर्जुनधारा नगरपालिकाका एक हजार ९०० विद्यार्थीलाई चिनियाँ राजदूत छनले शैक्षिक सामग्री प्रदान गर्नुभएको छ । मङ्गलबार अर्जुनधारास्थित शनिश्चरे माविका एक हजार ५०० र बिर्तामोडस्थित दुर्गा माविको चार सय विद्यार्थीलाई विभिन्न १९ प्रकारका शैक्षिक सामग्री प्रदान गर्नुभयो ।

चिनियाँ राजदूतावासको सहयोगमा बिर्तामोड–८ स्थित शुक्रराज आधारभूत विद्यालयमा रू ५० लाखको लागनमा निर्माण भएको चारकोठे दुईतले भवन निर्माण भएको भवनको राजदूत छन र बिर्तामोड नगरपालिकाका प्रमुख पवित्रा प्रसाईँले उद्घाटन गर्नुभएको छ ।

राजदूत छनले शिक्षा सबैभन्दा महत्त्वपूर्ण विषय भएकाले विशेष ध्यान दिनुपर्ने बताउनुहुँदै चीनको विकास शिक्षाकै कारण भएको उल्लेख गर्नुभयो । राजदूत छनले नेपाल र चीनको सम्बन्ध पुरानो रहेका बताउनुहँदै २०७२ सालको भूकम्पपछि नेपालमा विभिन्न स्थानमा १० वटा विद्यालय निर्माण गरेको बताउनुभयो ।

नगरप्रमुख प्रसाईँले बिर्तामोडको विकासका लागि पूर्वाधार, कृषि, शिक्षालगायत क्षेत्रमा चीनबाट प्राप्त सहयोगप्रति धन्यवाद ज्ञापन गर्नुभयो ।
–––

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
एनपीएल–२ : लुम्बिनीले जित्यो उपाधि राजनीतिक सङ्क्रमण अन्त्य गर्दै समयमा निर्वाचन सम्पन्न गराउनुपर्छ: महामन्त्री बुर्लाकोटी विगतका गल्तीबाट शिक्षा लिँदै एकीकृत पार्टी बनाउन लागेका छौँ: संयोजक प्रचण्ड एनपिएल ःसुदूरपश्चिमले लुम्बिनीलाई दियो ८६ रनको सामान्य लक्ष्य सुदूरपश्चिमविरुद्ध रोहित पौडेलले लिए ह्याट्रिक विकेट एसिया कप क्रिकेटः नेपाल श्रीलङ्कासँग पराजित केपी शर्मा ओलीले एमाले अजम्बरी रहेको बताए एमाले महाधिवेशनको भव्य उद्घाटन अमेरिकामा मौसमी फ्लु प्रकोप ः अस्पताल भर्ना र मृत्युको सङ्ख्या बढ्दो मेसीलाई हेर्न नपाएपछि कोलकोतामा फ्यानहरुको हङ्गामा ट्रम्पको मध्यस्थता पछि पनि थाइल्यान्ड–कम्बोडिया तनाव कायमै विद्यालयलाई ४२ थान कम्युटर प्रदान थाइल्याण्ड–कम्बोडिया सीमा विवादः हवाई आक्रमण जारी एमाले महाधिवेशनस्थलमा कार्यकर्ताको भीड एनपिएलले नेपाल शान्त, सुन्दर र सक्षम छ भन्ने सन्देश दिएको छ : प्रधानमन्त्री सपना बोकेर गोवा पुगेका सविन नाइटक्लबमै अस्ताए एनपिएल : उपाधिका लागि सुदूरपश्चिम र लुम्बिनी भिड्दै एमालेको ११औँ महाधिवेशन आजदेखि सुरु हुँदै पूर्वराजाको ‘भान्जा’ भन्दै ४८ जनालाई ठगी गर्ने सिंह पक्राउ, यसअघि नै दर्ता भएका थिए सात मुद्दा नवनियुक्त भूमिमन्त्रीद्वारा पदवहाली